Advertisement

थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Advertisement

धनगढी : पहिलो पटक हुन लागेको थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको उपस्थितिमा १९ विधाका मनोनयन सार्वजनिक गरिएको हो ।

१२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जानकारी दिएको छ । प्रत्येक विधामा बढिमा पाँच जना सम्म मनोनयनमा परेका छन् । केहीमा २ जना पनि रहेका छन् ।

मङ्गलवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै मनोनयनमा परेकाहरूको बारेमा जानकारी दिइएको छ । मंगलबारबाट भोटिङ सुरु भएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।

उनले नेपालमै पहिलो पटक थारु कलासंस्कृती संरक्षण गर्नका लागि थारु राष्ट्रिय म्युजिक अवार्डको आयोजना गर्न लागिएको बताए । चैत्र २४ गते शनिवार धनगढीमा एक भव्य कार्यक्रमका बिचमा अवार्ड वितरण गरिने समेत उनले जानकारी दिए ।

राष्ट्रिय थारु कलाकार मञ्च सुप प्रदेश सचिव स्वरूप चौधरीले थारु राष्ट्रिय म्युजिक अवार्डले थारु संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले थारु भाषा कला संस्कृतिको संरक्षण गर्नुपर्ने बेला आएको बताए ।

थारु संस्कृति बचाउन सरकारी लगानी आवश्यक रहेको भन्दै उनले यस्ता कार्यक्रमहरू सरकारले सहयोग गर्ने प्रतिबद्धता बताए । उनले थारु राष्ट्रिय म्युजिक अवार्डका मनोनयनमा परेकाहरूलाई शुभकामना पनि दिए । अर्थमन्त्री चौधरीले मनोनयनमा परेकाहरूलाई मनोनयन पत्र पनि प्रदान गरेका थिए ।

अवार्डको १९ विधाका मनोनयनमा परेको सुचि यस्तो छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज