Advertisement

थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Advertisement

धनगढी : पहिलो पटक हुन लागेको थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको उपस्थितिमा १९ विधाका मनोनयन सार्वजनिक गरिएको हो ।

१२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जानकारी दिएको छ । प्रत्येक विधामा बढिमा पाँच जना सम्म मनोनयनमा परेका छन् । केहीमा २ जना पनि रहेका छन् ।

मङ्गलवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै मनोनयनमा परेकाहरूको बारेमा जानकारी दिइएको छ । मंगलबारबाट भोटिङ सुरु भएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।

उनले नेपालमै पहिलो पटक थारु कलासंस्कृती संरक्षण गर्नका लागि थारु राष्ट्रिय म्युजिक अवार्डको आयोजना गर्न लागिएको बताए । चैत्र २४ गते शनिवार धनगढीमा एक भव्य कार्यक्रमका बिचमा अवार्ड वितरण गरिने समेत उनले जानकारी दिए ।

राष्ट्रिय थारु कलाकार मञ्च सुप प्रदेश सचिव स्वरूप चौधरीले थारु राष्ट्रिय म्युजिक अवार्डले थारु संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले थारु भाषा कला संस्कृतिको संरक्षण गर्नुपर्ने बेला आएको बताए ।

थारु संस्कृति बचाउन सरकारी लगानी आवश्यक रहेको भन्दै उनले यस्ता कार्यक्रमहरू सरकारले सहयोग गर्ने प्रतिबद्धता बताए । उनले थारु राष्ट्रिय म्युजिक अवार्डका मनोनयनमा परेकाहरूलाई शुभकामना पनि दिए । अर्थमन्त्री चौधरीले मनोनयनमा परेकाहरूलाई मनोनयन पत्र पनि प्रदान गरेका थिए ।

अवार्डको १९ विधाका मनोनयनमा परेको सुचि यस्तो छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज