Advertisement

हाम्रो बारेमा

ररास्ट्रपतिका छोरा जर्मनको जङ्गलमा नाङै फेला

ररास्ट्रपतिका छोरा जर्मनको जङ्गलमा नाङै फेला

अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औं अधिवेशनमा भाग लिन जेठ ३० गते स्विट्जरल्याण्ड पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल असार १ गतेदेखि त्यताबाटै जर्मनीको औपचारिक भ्रमणमा जानुभयो । राष्ट्रप्रमुखको हैसियतमा सन् १९८६ मा राजा वीरेन्द्रले गरेको जर्मन भ्रमणपछि राष्ट्रपति पौडेल ३८ वर्षपछि त्यहाँ पुग्नुभएको हो । त्यहाँको बसाई, भेटघाट र खानपान सबै राम्रा भए । तर, भ्रमणका सम्पूर्ण तालिकालाई बिर्साउने गरी उहाँ फर्किने दिन बर्लिन विमानस्थलमा छोरा चिन्तन पौडेलले देखाएको अस्वाभाविक गतिविधि देखेर नेपाली त लज्जित भए नै, जर्मन सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पनि जिब्रो टोक्ने अवस्थामा पुगे । राति राजदूत रामकाजी खड्काको निवासमै बसेका राष्ट्रपतिपुत्र चिन्तनले त्यहाँ राति के खाए वा के–के भयो भन्ने कुरा त अहिलेसम्म बाहिर आएको छैन । तर, अघिल्लो दिनसम्म राम्रो व्यवहार, बोलिसहित पेश भएका उनी बुबा रामचन्द्रसहित...
कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
२०८१ असार २१ गते शुक्रबारकैलाली जिल्ला को मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल स्कुल ले लगातार तेस्रो पटक एसईइ परिक्षामा घोडाघोडी नगरपालिका प्रथम हुँदै स्वर्णिम इतिहास कोर्न सफल भएको छ । बिधालय मा पठनपाठन गराउने शिक्षाक शिक्षिका र बिधालयमा अध्यनरत बिद्यार्थी को मेहनत र अभिबाभकको साथ सहयोगले आफुहरु यो इतिहास ३ पटक घोडाघोडी नगरपालिका प्रथम हुँदै इतिहास रच्न सफल भएको बिधालयका प्रीन्सिपल फाउन्डर युवराज बमले बताएका छन् । उनले सर्वोत्कृष्ट नतिजा सहित विद्यालयको नाम नगरपालिका मै उच्च स्थानमा राख्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद सहित आगामी दिनमा उत्तरोत्तर प्रगतिको अशेष शुभकामना व्यक्त गर्नु भएको छ । अनुशासित, संस्कारवान र परिश्रमी विद्यार्थी तथा लगनशील शिक्षकहरुको थलोको रुपमा आफ्नो पहिचान स्थापित गरेको यो विद्यालय...
गृहमन्त्री लामिछानेलाई ‘मार्गप्रशस्त’ गर्न एक न्यायाधीशको आदेश, अर्काले भने ‘निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू’

गृहमन्त्री लामिछानेलाई ‘मार्गप्रशस्त’ गर्न एक न्यायाधीशको आदेश, अर्काले भने ‘निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू’

दैनिक, मुख्य समाचार, समाचार
सहकारीमा भएको अनियमिततामा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका एक न्यायाधीशले उनले निष्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउन गृह मन्त्रालयबाट हट्नुपर्ने आदेश दिएकी छन्। त्यस्तै, अर्की न्यायाधीशले सहकारी ठगीको जाहेरीमा निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू/दिलाउनू भनी लामिछानेका नाममा आदेश गरेकी छन्। यसरी दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा तीन जना न्यायाधीश संलग्न सर्वोच्चको बेन्चले हेर्नेछ। विभिन्न सहकारीको अनियमिततामा रवि लामिछाने विरूद्धका जाहेरीमा निष्पक्ष छानबिन गर्न दिनू भन्ने राय न्यायाधीश सपना मल्ल प्रधानले दिएकी हुन्। 'सहकारी ठगीजस्तो मुद्दामा पीडितको न्यायको हक, कानुनको सर्वोच्चता, मानव अधिकारको मूल्य मान्यता र दण्डहीनताको अवस्थाप्रति अदालत सधैं गम्भीर हुन्छ,' मल्लको आदेशमा भनिएको छ, 'आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई सह...
धनगढीको सिपी अस्पतालले असार २२ गते शनिबार रक्तदान कार्यक्रम गर्ने

धनगढीको सिपी अस्पतालले असार २२ गते शनिबार रक्तदान कार्यक्रम गर्ने

समाचार
धनगढी । धनगढीको सिपी अस्पतालले रक्तदान कार्यक्रम गर्ने भएको छ । असार २२ गते शनिवार चटकपुर स्थित अस्पताल प्रांगणमा विहान ७ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ । पछिल्लो समय धनगढीमा रगतको अभाव देखिएकाले अस्पतालको पहलमा रक्तदान कार्यक्रम गरि केही राहत पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको अस्पताल प्रशासन प्रमुख हेम जोशीले बताए । विभिन्न संघ सस्थाँ हरु नेपाल फर्मास्युटिकल्स एसोसियसन , NMSRA , मिडिया पार्टनर कामना टेलिभिजन को सहकार्यमा आयोजना गरिने रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, लगायत अन्य इच्छुक व्यक्तिहरुले रक्तदान गर्ने अपेक्षा गरिएको छ । साथै अस्पतालले उक्त कार्यक्रममा उपस्थित भई रक्तदान जस्तो पवित्र दान गर्न सम्पुर्ण मा अनुरोध गरेको छ । सिपी अस्पतालले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ । अस्पतालले सुदूरपश्च...
बझाङ प्रहरीकाे नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

बझाङ प्रहरीकाे नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ : समुदाय साझेदारी कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय बझाङले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जिल्ला समन्वय समितिकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । जनसमुदाय र प्रहरी विचकाे साझेदारी र प्रहरीले याे ३ महिनामा गरेका कामहरुकाे पन्तका प्रतिफल बारे जानकारी गराउनु भएको थियाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भरतबहादुर शाहले अहिलेसम्म प्रहरीले नागरिककाे विचमा खेलेको भुमिका र बालविवाह बहुविवाह महिला हिँसा सम्वन्धि सञ्चालन गरेको कार्यक्रम बारे जानकारी गराउनु भएको हाे ।प्रस्तुति गरिएकोमा हाल सम्म बझाङ जिल्लामा प्रहरीनागरिक सुनुवाइ कार्यक्रम प्रहरीले ३२ ठाउँमा काम गर्नु पर्ने भएको छ भने जम्मा प्रहरी सँख्या ३८३ दर्वन्दी रहेकोमा हाल सम्म जिल्ला ३६३ जना मात्र उपस्थिति रहेको बताउनु भयाे । समुदाय साझेदारी कार्यक्रम शान्तिपूर्...
बेनी–जोमसोम सडकमा १४ पहिरो, यातायात प्रभावित

बेनी–जोमसोम सडकमा १४ पहिरो, यातायात प्रभावित

दैनिक, मुख्य समाचार, समाचार
म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ। सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो। सडक अवरूद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौंसम्म जाममा पर्ने गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। ‘रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्,’ बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा ६ घन्टा बैसरीको लाममा फसेका उनले भने, ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्...
बृक्षाराेपण कार्यक्रम सम्पन्न

बृक्षाराेपण कार्यक्रम सम्पन्न

बझाङ, मुख्य समाचार
बझाङमा "वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाज र सब-डिभिजन बन कार्यालय बागथालाको सहकार्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएकाे छ । आज वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित सहयोग समाज द्वारा साझेदारी संचालित पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजनाको अन्तर्गत भु- संरक्षण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हाे । केदारस्यु गाउँपालिका वडा नम्बर २ को कोटिगाउ र ओखडगाउमा भेटिभर घाँस र अन्य बनस्पती बिरुवा रोपण गरिएको पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजनाका फिल्ड अधिकृत रमेश मालिले बताउनु भयाे । साथै उहाँले कार्यक्रमको मुख्य उद्देश भु-क्षय, पहिरो नियन्त्रण गर्ने , जलवायू परिवर्तनलाई न्यूनीकरण गर्ने, उत्पादन समुहको आम्दानी वृद्धि गर्ने, साथै कृषी खेतिबालिमा लाग्ने किरा नियन्त्रण गर्नु का साथै माटोको उर्वरतामा वृद्धि गर्नु हो । भेटिवर बिरुवा एक फाईदा अनेक भएकाले गत बर्ष प...
एमालेका ८ मन्त्रीले दिए राजीनामा

एमालेका ८ मन्त्रीले दिए राजीनामा

दैनिक, मुख्य समाचार, समाचार
बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिएका हुन्। बुधबार अपराह्न नेकपा एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। Laxmi bankनयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो। Ncellयसअघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको थियो। ...
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

दैनिक, मुख्य समाचार, समाचार
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ । उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ (५) मा विपरीत उक्त आर्थिक वर्षमा रु ७३ लाख १३ हजार तीन सय भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम घरभाडाबापत रु एक लाख ९६ हजार ५६०, बैठक भत्ता रु ४० हजार, राहत वितरण रु एक लाख ३५ हजार, इन्धनमा रु ३५ हजार, कार्यालय सामान खरिदमा रु एक लाख, अनुगमन भत्ता रु दुई लाख, विद्युतीय सामग्री खरिदमा रु तीन लाख ९० हजार खर्च भएको यसैबिच, सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ । सबैका लागि दिगो ख...
पानी परेसँगै अवरुद्ध हुन थाले बझाङका ग्रामीण सडक

पानी परेसँगै अवरुद्ध हुन थाले बझाङका ग्रामीण सडक

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ, असार १७ : केही दिनदेखि लगातार पानी पर्न थाले सँगै बझाङका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।वर्षाले जिल्लाका सबैजसो ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको जीप व्यवसायीको भनाइ छ । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पानी परेसँगै तमैलबाट खप्तडछान्नासम्म जाने कच्ची मार्गमा समेत पहिरो खस्न थालेपछि यातायात सञ्चालनमा कठिनाइ भएको स्थानीय सुस्मिता खातिले बताइन् । त्यस्तै जिल्लाको मुख्य सडक जयपृथ्वी राजमार्गका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको छ । आइतबार मात्रै जयपृथ्वी राजमार्ग अन्तर्गत छविसपाथिभेरा - १ को जालेबगरमा पहिरो खसेर सडक अवरुद्ध भएको थियोे ।त्यसैगरी, जिल्ला सदरमुकाम देखि जिल्लाका विभिन्न गाउँबस्ती जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यात...
भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई आह्वान गर्ने एमालेको निर्णय

भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई आह्वान गर्ने एमालेको निर्णय

दैनिक, मुख्य समाचार, समाचार
नेकपा एमालेले सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आह्वान गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। यस्तै एमाले र नेपाली कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने समेत बैठकले निर्णय गरेको छ।...
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला हुनसक्ने

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला हुनसक्ने

दैनिक, मुख्य समाचार, समाचार
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। । त्यसपछि नपुगेको जवाफी बहस सकेर फैसला सुनाउने छ। सर्वोच्चले आजै बहस सकेर फैसला सुनाउने सम्भावना रहेको देखिन्छ। सर्वोच्चले सहकारीका विषयमा लामिछानेका बारेमा गर्ने व्याख्याले उनेका आगामी दिनबारे निर्णय दिने छ। गत शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज