नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
असोज १९ धनगढि , आज नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको आयोजनामा देव तालिम केन्द्र धनगढीको सभा हलमा एक कार्यक्रमका बीच नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न भयो।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका पूर्व अध्यक्ष तथा NMSRA नेपालका केन्द्रीय उपाध्यक्ष श्री मिन शाह ज्यू रहनुभएको थियो भने विशिष्ट अतिथि हरूमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका संस्थापक अध्यक्ष सँगै PEAN धनगढीका अध्यक्ष सन्तोष वर्णवाल ज्यू र नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका निवर्तमान अध्यक्ष दिनेशराज भट्ट ज्यू रहनुभएको थियो भने अतिथि हरूमा PEAN नेपालगञ्ज...












