लुक्लामा एकै दिन १७७ उडान, भित्रिए ११५५ पर्यटक
सोलुखुम्बु —एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ सय पर्यटक भित्रिएका छन् । प्रतिकूल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा बसिरहेका पर्यटक हवाईमार्गमार्फत लुक्ला आइपुगेका हुन् ।
सोमबार मन्थली र काठमाडौंबाट तारा, समिट र सीता एयर गरी ३ कम्पनीका ४७ जहाजले उडान गरेका छन् । विभिन्न कम्पनीका हेलिकोप्टरले पनि १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला ल्याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले बताए ।
सोमबार बिहानैदेखि मौसम अनुकूल भएसँगै उडान गरिएको पन्थीले जनाए । ‘एक सातापछि बिहानै मौसम खुलेपछि दिउँसो साढे २ बजेसम्म लगातार उडान भयो,’ उनले भने, ‘धेरैपछि लुक्लामा उडानको चाप बढेको छ, अब विमानस्थल नियमित लयमा फर्किएको छ ।’
तारा एयरका १६, सीता एयरका १५ र समिट एयरका १६ गरी ४७ उडान भएको उनको भनाइ छ । जहाजमार्फत ५ सय ७५ विदेश...












