Advertisement

हाम्रो बारेमा

कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

समाचार
  कैलाली, पुस २० जिल्लाको विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएको अन्दाजी रु. ४ लाख ११ हजार ७५० बराबरको अवैध मालसामान प्रहरीले बरामद गरी भन्सार कार्यालय पठाएको छ। फुलबारीमा मोबाइल ग्लास, साडी र प्याज बरामद वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ७ स्थित फुलबारी बसपार्कबाट अन्दाजी रु. २ लाख ६७ हजार ७०० मूल्य बराबरका विभिन्न मोबाइलका ग्लास, साडी र प्याज बरामद गरेको छ। टिकापुरमा सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद त्यसैगरी, प्रहरी चौकी सत्तीबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले टिकापुर नगरपालिका वडा नं. ७, डाँडाबोझीबाट अन्दाजी रु. १ लाख ३५ हजार ५०० मूल्य बराबरका सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद गरेको छ। बिशालनगरबाट युरिया मल, चिनी र पानिपुरी फेला त्यसैगरी, अस्थ...
तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत - कैलाली जिल्ला घोडाघोडि नगरपालिका वाडा न :३ घर भयका हाल भारतको तेलङ्गाना राज्यको हैदराबाद मा काम गर्दै आउनु भयका पदम बहादुर बिष्ट की १४ बर्षिया छोरी अरुणा बिष्ट एकाएक सम्पर्क बिहिन भयकि छिन । आफन्तका अनुसार २९ डिसेम्बर २०२४ आइतबार बेलुकि ४ बजे देखि सम्पर्क बिहिन भयकी हुन। आफन्तहरुले हैदराबाद को बिभिन्न ठाउमा खोजि कार्य गर्दा पनि आजसम्म अत्तोपतो नलागेकाले परिवार र आफन्तले खोजिकार्यमा सहयोग गरिदिन सम्पूर्ण भारतमा रहेका नेपालीहरु लाई आग्रह गरेका छन। सुशिल बिष्ट सम्पर्क न : 7899306485 बेंगलोर रतन बिष्ट सम्पर्क न : 7095975630 हैदराबाद...
बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो। राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भइ सय मिटर तल खसेको थियोे यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे । दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ब...
बझाङमा जिप दुर्घटना, एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

बझाङमा जिप दुर्घटना, एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा भएको जिप दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू सबैको परिचय पनि खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भैसकेको छ। मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, ६ वर्षीया छोरी आकृति धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्। से १ ज ८४३ नम्बरको जीप बिहीबार साँझ तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा धमेनामा दुर्घटना भएको हो। जीप करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएकोमा घाइते आकृतिलाई उपचारका ल...
सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प: देशभर जोखिमको संकेत

सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प: देशभर जोखिमको संकेत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपालमा पछिल्लो समय लगातार भूकम्पका झट्काहरूले जनजीवनमा त्रास सिर्जना गरेको छ। बिहीबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहीबार दिउँसो १ बजेर २ मिनेटमा आएको यस भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको माझिटार क्षेत्र रहेको थियो। भूकम्पको झट्का सिन्धुपाल्चोकसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। पछिल्लो समयका अन्य भूकम्पहरू नेपालमा पछिल्लो एक महिनाको अवधिमा धेरै स्थानहरूमा भूकम्प गएका छन्: पुस १६ गते: बैतडी केन्द्रबिन्दु, ४.६ म्याग्निच्युड पुस ११ गते: जाजरकोट केन्द्रबिन्दु, ४.२ म्याग्निच्युड पुस ९ गते: दार्चुला केन्द्रबिन्दु, ४ म्याग्निच्युड पुस ५ गते: बाजुरा केन्द्रबिन्दु, ५.२ म्याग्निच्युड पुस ३ गते: बझाङ केन्द्रबिन्दु, ४.१ म्याग्निच्युड लगातार भूकम्प गइरहेकाले स्थानीयहरू त्...
बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा

बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन्। हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध हुने सम्भावना बढेको हुँदा स्थिति झन् जटिल बन्ने देखिएको छ। धुली गाउँकी मोतिमा रोकायाले गत वर्ष मंसिरमा खरिद गरेको नुनले पुससम्म मात्र धानेको बताइन्। अहिले नुन अभाव भएपछि छिमेकीबाट मागेर काम चलाउनु परेको छ। भेडाच्याङ्ग्रा र अन्य पशुचौपायाका लागि पनि नुन आवश्यक हुने भएकाले समस्या झन् गम्भीर बनेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले साउनमा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरिसकेको थियो। भदौमा ठेकेदारलाई सम्झौता गर्न आग्रह गरे पनि सम्झौता प्रक्रिया टुंगो लाग्न नसकेको ढुवानीकर्ता देउती बज्यै कन्ट्रक्सनले जनाएको छ। “कर्पोरेसनले सम्झौता गर्न बोलाए पनि विभिन्न बहाना गरेर टारिरहेको छ,” कम्पनीका टोपन...
सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ। मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो। प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन। नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञापन, सरुवा र बढुवाको बाटो खुलेको छ।...
स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन पेश, रवि लामिछानेसहित ४४ जना प्रतिवादी

स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन पेश, रवि लामिछानेसहित ४४ जना प्रतिवादी

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
कैलाली : काठमाण्डौको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारेको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । आरोपितहरूसँग सोधपुछ र बयान, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयलगायतको अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । अनुसन्धानबाट पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ । पछि थप खुलेमा पूरक अभियोजन लैजानेगरी प्रतिवेदन बुझाइएको हो । प्रहरीले बुझाएको प्रतिवेदनमा अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । एक अर्ब १९ करोड ४९ लाख रुपै...
फरक क्षमता भएकि किमा कुमारी रोकायालाई सहयोग

फरक क्षमता भएकि किमा कुमारी रोकायालाई सहयोग

समाचार
बझाँङ को खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ बास्काटियाकी फरक क्षमता भएकि किमा कुमारी रोकायालाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ। कामना टेलिभिजनद्वारा संकलित आर्थिक सहयोगसहित खाद्यान्न सामग्री किमालाई हस्तान्तरण गरिएको हो। एक विशेष कार्यक्रममा दाल, चामल, साबुन, सोडा, नुन, ब्ल्याङ्केट, विस्तरा, लुगाकपडा लगायतका सामग्री प्रदान गरिएका थिए। यो सहयोग १५ हजार रुपैयाँ बराबरको थियो, जसमा समाधान समाजसेवा टाइगर टोली ब्याङ्गरोलका सोनु साउद र गोपाल खड्काको नेतृत्वमा रोहित फेन्सी पसल र शान्ति रूपा फेन्सी पसलको आर्थिक योगदान रहेको थियो। खप्तड छान्ना गाउँपालिकाको भवनमा आयोजित कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष ईश्वर रोकायाले सामग्री हस्तान्तरण गर्नुभयो। कामना टेलिभिजनका पत्रकार उत्तमकुमार थापाको टोलीले सामग्री किमाकै हातमा पु¥याएको थियो। किमा कुमारी रोकायाको कम्मरमुनिको भाग नचल्ने र दुवै ...
बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

समाचार
  काठमाडौं - भाइरल बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो। अस्पताल स्रोतका अनुसार सचिनको निधन बिहान १० बजे भएको हो। सचिन परियारले सानै उमेरमा धेरै गीत गाएर चर्चा कमाएका थिए। उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीत गाएका थिए, जुन निकै लोकप्रिय बनेका थिए। संगीत क्षेत्रमा मात्र नभई अभिनयमा पनि सचिनले आफ्नो प्रतिभा देखाएका थिए। अभिनेता राजेश हमालसँग म्युजिक भिडियोमा अभिनय गर्नेदेखि हास्य टेलीश्रृंखला ‘मेरी बास्सै’मा अभिनयसम्म गरेका थिए। सानै उमेरदेखि भाइरल बनेका बालगायकको असमयिक निधनले संगीत र मनोरञ्जन क्षेत्रलाई ठूलो क्षति पुगेको छ। प्रशंसक र शुभचिन्तकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। के भएको थियो सचिनलाई ? उपचारका संलग्न चिकित्सकहरूका ...
बेलडाँडी गाँउपालिका र सिपि अष्पताल को आयोजनामा स्वास्थ्य शिविर हुने

बेलडाँडी गाँउपालिका र सिपि अष्पताल को आयोजनामा स्वास्थ्य शिविर हुने

समाचार
बेलडाँडीमा निशुल्क स्वास्थ्य शिविर हुने धनगढी – सि.पि अस्पताल धनगढी र बेलडाँडी गाउँपालिका, कंचनपुरको संयुक्त आयोजनामा यही पौष २० गते, शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म बेलडाँडी गाउँपालिकाको कार्यालयमा सञ्चालन हुने शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको चेकजाँच, उपचार, र परामर्श सेवा प्रदान गर्नेछन्। शिविरमा रगत जाँच, भिडिओ एक्सरेलगायतका सेवा समेत उपलब्ध हुने जनाइएको छ। गरिब तथा विपन्न परिवारका बिरामीहरूलाई लक्षित गरी आयोजना गरिएको यो शिविरले आर्थिक अभावका कारण उपचार गर्न नसक्नेहरूलाई रोग पहिचान र उपचार सेवा प्रदान गर्नेछ। सि.पि अस्पतालका प्रशासन प्रमुख हेम जोशीका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत यो शिविर आयोजना गरिएको हो। “गरिब तथा विपन्न परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न हरेक वर्ष यस किसिमका कार्यक्रम गर्दै आइर...
देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने भीम रावलको घोषणा

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने भीम रावलको घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली : नेकपा (एमाले) बाट निकालिएका नेता डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । नेता रावलले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो । देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको उहाँले बताउनुभयो । यही पुस १० गते बसेको नेकपा एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । नेता रावलले एमाले अध्यक्ष ओलीले निरङ्कुश र अन्यायपूर्ण किसिमले आफ्नो पार्टी सदस्यता खाइदिएको आरोप लगाउनुभएको छ । महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिएकै कारण अध्यक्ष ओलीले ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम गरेको रावलले जिकिर गर्नुभयो । रावलले वाचन गरेको ३१ पृष्ठको विज्ञप्तिमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ७४ वटा प्रश्न सोधिएका छन् । रावलले आफूले सो...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज