Advertisement

मुकेश कुमार थापाको नेतृत्वमा निजामती कर्मचारी संगठन बझाङ सुदृढीकरणतर्फ

Advertisement

बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको १३औँ जिल्ला अधिवेशनले मुकेश कुमार थापालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। थापाको नेतृत्वमा संगठनलाई सुदृढ र कर्मचारीको हकहितमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

अध्यक्ष थापासँगै १९ सदस्यीय जिल्ला समिति गठन भएको छ। समितिमा धर्मराज जोशी उपाध्यक्ष, बिन्दु चन्द उपाध्यक्ष (महिला), दिपक बोहरा सचिव, नरेश ओली उपसचिव, र हर्क बहादुर सार्की कोषाध्यक्ष चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष मुकेश कुमार थापाले आफ्नो सम्बोधनमा संगठनको उन्नयन र कर्मचारीहरूको हकअधिकार सुनिश्चित गर्न सबै कर्मचारीहरूलाई एकताबद्ध बनाउन नयाँ योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। “संगठनलाई थप सुदृढ बनाउँदै, सबै कर्मचारीको मञ्चका रूपमा विकास गर्न निरन्तर काम गरिनेछ,” थापाले भने।

थापा संगठनभित्रको अनुभवी नेतृत्वकर्ता हुन्। उहाँले विगतमा संगठनका विभिन्न तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संगठनका उद्देश्य प्राप्तिमा महत्वपूर्ण योगदान दिनु भएको छ। सहभागीहरूले थापाको नेतृत्वमा संगठनले झनै प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी पदाधिकारी र सदस्यहरूले नयाँ समितिले संगठनलाई अझ संगठित र प्रगतिशील बनाउने विश्वास व्यक्त गरे। अधिवेशनले जिल्ला समितिको नेतृत्वलाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ सम्पन्न भएको छ।

नयाँ नेतृत्वले छिट्टै पहिलो बैठक राखी संगठनका प्राथमिकताहरूलाई अघि बढाउने योजना बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज