Advertisement

हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

Advertisement

कैलाली : हेमा श्री फाउन्डेसन नेपालको आयोजना र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला, कैलालीको समन्वयमा गौरीगंगा–२ मा रहेको मालिका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सडक दुर्घटनाका घटना वृद्धि भइरहेका कारण विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले गौरीगंगा नगरपालिकाका पाँचवटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यस्त सडक र राजमार्ग पार गर्दा हुने जोखिमबाट जोगिन सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे।

कार्यक्रमका प्रशिक्षक तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाका प्रमुख मदन बहादुर ऐरले विद्यार्थीहरूलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा राख्ने, नियम पालन गर्ने, सवारी चलाउँदा ध्यान दिनुपर्ने लगायतका महत्त्वपूर्ण विषयमा जानकारी गराए। उनले परिवार र समुदायमा समेत सचेतना फैलाउन विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।

कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्र कडेँलले गरेका थिए भने सञ्चालन हेमा श्री फाउन्डेसनका सदस्य नवीन चन्दले गरेका थिए।

यस किसिमका कार्यक्रमले विद्यार्थीहरूको जीवन र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज