Advertisement

धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे

Advertisement

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको मिडिया ‘दिनेशखबर’ का सम्पादक वीरेन्द्र भट्टले जागिर छोडेका छन् । झण्डै पाँच वर्षदेखि सो मिडियामा कार्यरत उनले तलबबापत लाखौं रुपैयाँ लिन बाँकी छ ।

केही दिनअघि उनले सामाजिक सञ्जालमा जागिर छोडेको पोष्ट हालेका छन् । लेखेका छन्,‘मैले आजदेखि दिनेशखबर छोडेँ ।’ उनले तलबका लागि पत्रकारसम्बद्ध संघ संगठन गुहारेको बुझिएको छ । मेयर हमालको अनलाइनले विगतदेखि नै तलब दिन आनाकानी गर्दै आएको स्रोत बताउँछ ।

जसका कारण अधिकांश पत्रकारले तलब नलिइकन धमाधम जागिर छोडिरहेका छन् । सम्पादक भट्टले आफ्नो ६ लाख रुपैयाँ बाँकी रहेको बताए । गत माघ ६ गतेदेखि जागिर छोडेका उनले तलबका लागि निरन्तर मेयर हमालसँग आग्रह गरिरहेका छन् । उनले अलिअलि गरेर रकम लैजान भनेको भट्टको भनाइ छ ।

‘मैले मेयरसँग कुरा गरेँ । त्यसपछि म्यानेजमेण्टमा पनि कुरा राखेँ । उहाँहरु विभिन्न बहाना बनाउनुहुन्छ । अलिअलि पैसा लिएर जानु भन्नुहुन्छ । त्यसरी त त्यो पैसा उठाउन वर्षौं लाग्छ । मेरो पनि आफ्नो समस्या छन्’,उनले गुनासो पोखे । उनका अनुसार मेयर हमालले सँधै तलब दिन ढिलासुस्ती गर्दै आएका थिए । तर, पछिल्लो समय तलब नै दिन छोडिएको उनको भनाइ छ ।

तलबको समस्याले गर्दा धेरैले राजीनामा दिएको उनले जानकारी दिए । पहिले दुई दर्जन बढी कर्मचारी रहेकोमा अहिले तीन–चार जनाले मात्र काम गरिरहेका छन् । भन्छन्,‘यो अनलाइनमा पहिल्यैदेखि पैसाको समस्या रहेछ । मलाई थाहा भएन । मेयरले भन्नुभएपछि म आइहालेँ । पहिले केही समय राम्रै थियो । बीचमा अलि ढिलो हुन थाल्यो । पछि त तलब नै पाउन छोडियो ।’

भट्टका अनुसार उनले दुई महिनाअघि राजीनामा बुझाएका हुन् । तर, बल्लतल्ल राजीनामा स्वीकृत गरिएको बताउँछन् । उनले तलब नपाएको विषयमा पत्रकारसम्बद्ध संघसंगठनलाई मौखिक जानकारी गराएका छन् । आवश्यक परेमा लिखित उजुरी पनि दिने उनको जिकिर छ । सावार आजन आस्था

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज