सुदूरपश्चिम महोत्सव: कला–संस्कृतिको उत्सवले भरियो धनगढी
२०८२ मंसिर २६, शुक्रबार ०७:२१
सुदूरपश्चिम महोत्सव पछिल्ला वर्षहरूमा धनगढीमा नियमित रूपमा आयोजना हुँदै आएको एक महत्वपूर्ण सांस्कृतिक एवं व्यापारिक पर्व बनेको छ। तर यो महोत्सव मनोरञ्जन र व्यापारमा मात्रै सीमित नभई क्षेत्रीयदेखि राष्ट्रिय स्तरका नयाँ प्रतिभा पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भइसकेको छ। कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित यस महोत्सवमा कला–साहित्य, लोक–संस्कृति, आधुनिक नृत्य, नाटक र विविध सांगीतिक प्रस्तुतीमार्फत सुदूरपश्चिमको सांस्कृतिक जीवन्तता झनै बढेको छ। स्थानीय कलाकारहरूले हजारौँ दर्शकसमक्ष आफ्नो कला देखाउने सुनौलो अवसर पाउँदै आएका छन्।
विद्यालयस्तरीय नृत्य प्रतियोगिता महोत्सवको मुख्य आकर्षणका रूपमा रहँदै आएको छ। भिन्न–भिन्न समुदायको भेषभूषा र सांस्कृतिक पहिरनमा प्रस्तुत नृत्यहरूले वातावरण झनै रौनकिलो बनाउँदै आएक...






