Advertisement

हाम्रो बारेमा

सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट

सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाडौं- सुदूरपश्चिमसहित सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गरेका हुन् । उनले ललितपुर भैसेपाटीमा रहेको आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने माग गरेका छन् । भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण भएको छ । त्यसबाहेक पनि प्रदेश प्रमुखको लागि प्रतिमहिना करिब तीन लाख र मुख्यमन्त्रीका लागि झण्डै चार लाख खर्च भइरहेको भन्दै रिट निवेदनमा अधिवक्ता भुषालले उक्त सुविधा खारेज गर्न माग गरेका छन् ।...
खसीको मासु भन्दै बाख्राको मासु बेच्ने डडेल्धुराका मानबहादुर पक्राउ

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने डडेल्धुराका मानबहादुर पक्राउ

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- खसीको मासु भन्दै बाख्राको मासु बेच्ने  डडेल्धुराका १ जना पक्राउ परेका छन्। जिल्लाको अजयमेरु गाउँपालिका- २ घर भई हाल अमरगढी नगरपालिका-५ तुफानडाँडा बसेर व्यवसाय गर्दै आएका ४५ वर्षीय मानबहादुर बोहरा उक्त आरोपमा पक्राउ परेका हुन्। बोहराले तुफानडाँडामा एमबी मासु पसल सञ्चालन गर्दै आएका थिए। उनले बाख्रा काटिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो। उनको पसलबाट ३१ दशमलब २२० किलोग्राम तौल भएको बाख्रा काटिरहेको अवस्थामा फेला पारेर बाख्रासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। इन्सपेक्टर बमका अनुसार बोहरालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...
कैलालीमा नदीमा डुब्दा किशोरीको मृत्यु

कैलालीमा नदीमा डुब्दा किशोरीको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका - ३ स्थित गोदावरी नदीमा डुबेर स्थानीय १५ वर्षीया पूजा सार्कीको मृत्यु भएको हो । साथीहरुसँग नदीमा नुहाउँन गएकी पूजा पानीमा डुबेर घाइते भएकी थिइन् । घाइते पुजालाइ स्थानीयले उद्दार गरि मालाखेती अस्पताल पुर्‍याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।...
नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अधिवेशन चैत १७ र १८ गते धनगढीमा हुने

नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश अधिवेशन चैत १७ र १८ गते धनगढीमा हुने

Breaking News 1, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने भएको छ। सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नारा सहित प्रदेश अधिवेशन चैत १७ र १८ गते धनगढीमा हुनेभएको हो । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले चैत १७ र १८ गते अधिवेशन हुने जानकारी दिए । उनले अधिवेशनका लागि ९ वटै जिल्लामा प्रतिनिधि छनोट गरिसकेको बताए । उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि मुल आयोजक कमिटि संगै विभिन्न समिति गठन गरिएका छन् । सुदूरपश्चिम प्रदेशमा १७ हजार ६ सय ७९ जना संगठित सदस्य रहेको एकीकृत समाजबादीको प्रथम प्रदेश अधिवेशनमा झण्डै ५ सय जना सहभागी रहने अध्यक्ष सिंहले जानकारी दिए । पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टिका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम ...
बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Breaking News 1, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन अध्यक्ष रोकाया, तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्ल्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले सिम्लका घट्ट कुलो सिचाँई निमार्णमा आर्थिक वर्ष २०६७र७७ मा रकम विनियोजन गरी कार्यसम्मपन गरेका थिए । सोही कामलाई आधार मानि आर्थिक वर्ष २०७७र७८ मा कुनै पनि काम नगरी भुक्तानी लिई अन...
सञ्चारकर्मी सुन्दर धामीलाई पितृ शोक

सञ्चारकर्मी सुन्दर धामीलाई पितृ शोक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ बुड्खोरी घर भएका सञ्चारकर्मी सुन्दर धामीलाई पितृ शोक परेको छ । उनका ५० वर्षीय पिता धनबहादुर धामी (धुना) को उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएको हो । धामी गत फागुन २९ गते पहाड होलीको दिन बाख्राका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए । रुखबाट लडेर गम्भीर घाइते धामीलाई घटना घटे लगत्तै उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियोे,, त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै धनगढी रेफर गरिएको थियोे । सेती प्रादेशिक अस्पतालमा उपचाररत धामीको मंगलबार दिउँसो निधन भएको मृतकका भतिजा तथा वडाध्यक्ष बिजय बहादुर धामीले जानकारी दिए । उनको दाहसंस्कार बुधबार बिहान ८ बजे गौरीगंगा नगरपालिका ४ राजीपुर गौरीगंगा मसानघाटमा गरिने भएको छ । सञ्चारकर्मी सुन्दर काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् । उनी अहिले सुनौलो नेपालमा कार्...
प्रदेश सभा सदस्यका लागि ३१ लाखबढी रकम खर्चेर ल्यापटप खरिद गरिदै

प्रदेश सभा सदस्यका लागि ३१ लाखबढी रकम खर्चेर ल्यापटप खरिद गरिदै

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपैयाँ बढी खर्चेर ल्यापटप खरिद गरिदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो।प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ। प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो। आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ। सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ ९मूल्य अभिवृद्धि करसहित० मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ। बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। सुदूरपश्चिम...
लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

डडेल्धुरा, ताजा अपडेट, विचार, सुदूरपश्चिम
डडेल्धुरा– सुदूरपश्चिम प्रदेशलाई राज्यले पिछडिएको दुर्गम क्षेत्रका रूपमा हेरे पनि यस क्षेत्रका धार्मिक स्थलहरूले पहिचानलाई बलियो बनाउँदै आएका छन्। तीमध्ये लाटा गन्याप एक महत्वपूर्ण धार्मिक धरोहर हो, जसले सुदूरपश्चिमकै संस्कृति, परम्परा, र आस्थालाई जोगाइराखेको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-२, बडाल बजार नजिकैको बडाल थलामा अवस्थित यो मन्दिर धार्मिक र ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेष गरी कार्तिक शुक्ल द्वादशीका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ, जसलाई ‘बडाल जात’ भनिन्छ। बडाल जात : सुदूरपश्चिमकै प्रसिद्ध सांस्कृतिक पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीको रातिदेखि द्वादशीसम्म यहाँ प्रदेशकै ठूलो मेला लाग्ने गर्छ। यस अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट हजारौँ भक्तजनहरू दर्शन गर्न आउँछन्। बडाल जातको मुख्य आकर्षण भनेको चौलो खेल्ने परम्परा हो। स्थानीय बा...
धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार २ लाख २५ हजार

धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार २ लाख २५ हजार

समाचार
धनगढी, चैत ११ राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघको सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि २३ गतेसम्म धनगढीमा प्रतियोगिता गर्ने जनाएको छ। प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरका अनुसार प्रतियोगिता ‘राष्ट्रिय युवा संघ कप–२०८१’ नाम दिइएको छ। प्रतियोगितामा विजेता टिमलाई दुई लाख २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। त्यस्तै, दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। कुँवरले प्रतियोगितामार्फत युवामा खेलप्रतिको रुचि बढाउनुका साथै सामाजिक एकता र अनुशासनको सन्देश दिन खोजिएको बताए। उनले प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै तयारी अन्तिम चरणमा रहेको जानकारी दिए।...
गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

Breaking News 2, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्। काठमाडौँ महानगरपालिका- २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा केहीबेरअघि लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’ आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्। ‘माथीको कुरा गलत भए मलाइ जेल हाल’ उनले लेखेका छन्।...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्रीमती अन्दाजी ६० वर्षीया दुर्का साउँद भालुको आक्रमणबाट घाइते भएका छन् । गाउँ बाट एक घण्टाको दुरीमा रहेको सौडीखेत स्थित खर्क(गोठ) मा सोमबार राति उनीहरूलाई भालुले आक्रमण गरेको वडाध्यक्ष दीपक बहादुर साउँदले जानकारी दिए । घटना स्थलमा अन्य कोही नहुँदा घटनाको बारेमा मंगलबार बिहान मात्र थाहा भएको पारिवारिक स्रोतले जनाएको छ । गाई गोरुको हेरचाह गर्न बिहान छिमेकी गोठवाला सो ठाउँमा गएपछि मात्रै साउद दम्पती घाइते अवस्थामा फेला परेका हुन्। भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन् । अहिले उनीहरूलाई उपचारको लागि सिलगढी ल्याइँदै गरेको स्थानीयले जानकारी दिएका छन् ।...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरोगी रहने अनुमान गरिएको छ। तर, आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य संस्थामा उपचारका लागि दर्ता हुने क्षयरोगीको संख्या अपेक्षाकृत कम रहेको पाइएको छ। यस अवधिमा जम्मा १ सय ८७ जना मात्र उपचारको दायरामा आएका छन् । जुन कुल अनुमानित सङ्ख्याको ४७ प्रतिशत मात्र हो। यस्तै, चालु आर्थिक वर्षमा पनि स्वास्थ्य संस्थामा क्षयरोगी दर्ता हुने दर ओरालो लागेको देखिन्छ। सोमबार विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ८४ जना क्षयरोगी मात्र पत्ता लागेका छन्। यसले जिल्लामा क्षयरोग पहिचान तथा उपचार सेवामा चुनौती रहेको स्पष्ट पार्छ। स्वास्थ्य कार्यालयका ल्याब टेक्निसिय...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज