Advertisement

हाम्रो बारेमा

सातै प्रदेशमा भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- देशभर सामान्यतया बदली भइरहेका बेला मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास सक्रिय रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव थप बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। आज दिउँसो देशभर पूर्णतया बदली रहने र अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र लुम्बिनी, गण्डकी तथा कर्णालीका केही स्थानमा भारी वर्षा हुने अ...
मिस्टर नेपाल २०२५ मा कञ्चनपुरका निशान्त बुढाऐरको सहभागिता

मिस्टर नेपाल २०२५ मा कञ्चनपुरका निशान्त बुढाऐरको सहभागिता

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरका निशान्त बुढाऐर आगामी राष्ट्रिय स्तरको पुरुष सौन्दर्य प्रतियोगिता "मिस्टर नेपाल २०२५" मा सहभागी भएका छन्। यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले आफ्नो व्यक्तित्व, शारीरिक फिटनेस, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्नेछन्। यसको उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवाको पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व प्रचार गर्नु हो। प्रतियोगितामा सहभागीहरूले सामाजिक तथा सांस्कृतिक प्रतिनिधित्व गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ। यसले नेपालमा पुरुष सौन्दर्य र फिटनेसप्रति नयाँ दृष्टिकोण ल्याएको छ। धेरै युवाले यसलाई स्वस्थ जीवनशैली, आत्मअनुशासन र नेतृत्व क्षमताको प्रतीकका रूपमा लिन थालेका छन्। यो प्रतियोगिता पुरुषहरूलाई आत्मविकास, सामाजिक संलग्नता र अन्तर्राष्ट्रिय स्तरमा अवसर खोज्ने प्रेरणाको स्रोत बन्ने अपेक्षा गरि...
फार्मेसीबाट धमाधम बिक्री भइरहेको छ मुद्दा परेको ‘फुड सप्लिमेन्ट्स’

फार्मेसीबाट धमाधम बिक्री भइरहेको छ मुद्दा परेको ‘फुड सप्लिमेन्ट्स’

समाचार
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार गराइरहेका एक बिरामी डाक्टरले दिएको कागज (प्रेस्किप्सन) लिएर फार्मेसीमा आइपुगे। कागजमा केही औषधिका नाम थिए। त्योभन्दा बढी नाम फुड सप्लिमेन्टहरू (मल्टिभिटामिन र न्युट्रास्युटिकल्स) का थिए। फार्मेसी पसलेले मूल्य निकाले ४८ हजार रूपैयाँ। तर ती बिरामीसँग डिस्चार्ज भएर घर पुग्ने भाडा पनि थिएन। 'डाक्टरले धेरै समयका लागि एकैचोटि लेखिदिनुभएको रहेछ। धेरै लैजाँदा महँगो पर्छ। अहिलेलाई एक महिनालाई पुग्नेगरी लैजानू। सकिएपछि मलाई फोन गर्नू, पठाइदिन्छु,' फार्मेसी पसलेले बिरामीलाई बिदा गरे। फार्मेसी सञ्चालकले डाक्टरहरूले औषधिभन्दा बढी फुड सप्लिमेन्टको नाम लेखेर पठाउने गरेको बताए। पछिल्लो समय क्यान्सर अस्पतालका डाक्टरहरूले वीरगञ्जमा कालोबजारीको मुद्दा चलिरहेको नेपाल न्युट्रास्युटिकल्स प्रालिको फुड सप्लिमेन्टहरू बिरामीलाई सिफारिस गरिरहेको फ...
मृतक परिवार ठगेको आरोपमा व्यापारी मल्ल पक्राउ

मृतक परिवार ठगेको आरोपमा व्यापारी मल्ल पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका ठूला व्यापारी सुरत बहादुर मल्ल पक्राउ परेका छन्। मृतकको परिवारलाई ठगेको आरोपमा उनी पक्राउ परेका हुन् । अहिले उनलाई पिडितकाे उजुरीका आधारमा सदरमुकाम चैनपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीका अनुसार केही समयअघि जिल्लाको झनाना भएको ट्याक्टर दुर्घटनामा जाजरकोटका लोकेन्द्र घर्ती र सञ्जय बुढाको मृत्यु भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ट्याक्टरधनी र ठेकेदारले मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ दिने सम्झौता भएको थियो। पीडित परिवारले जनही पाँच लाखको चेक पाए पनि, प्रशासनको गेटभन्दा तल पुग्नेबित्तिकै मल्लले चेक खोस्न लगाएको र मात्र दुई–दुई लाख रुपैयाँ बुझाएको आरोप लगाएका छन्। बाँकी रकम नदिएर उल्टै धाकधम्की र कुटपिट गरेको भन्दै मृतकका बुवा तुले घर्ती र कृष्ण बहादुर बुढाले उजुरी दिएका हुन्। प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले पीडितलाई न्याय दिला...
देशभर बदली, कोशी–मधेस–बागमतीमा भारी वर्षाको सम्भावना

देशभर बदली, कोशी–मधेस–बागमतीमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपाल नजिक रहँदा देशभर पूर्ण रूपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा र तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। आज राति देशभर पूर्ण रूपमा बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागमा मध्यम वर्षा हुने र कोशी, मधेस, बागमतीको पहाडी तथा तराई भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। गण्डकीको पहाडी र तराई तथा लुम्बिनीको तराईमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। ...
दार्चुलामा २ करोड ८४ लाख भन्दाबढी रकम अपचलनको आरोपमा बैंकका चार कर्मचारी पक्राउ

दार्चुलामा २ करोड ८४ लाख भन्दाबढी रकम अपचलनको आरोपमा बैंकका चार कर्मचारी पक्राउ

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी पक्राउ परेका छन्। ठूलो रकम अपचलन गरेको अभियोगमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनञ्जय पन्त र अम्बादत्त पन्त पक्राउ परेका हुन् । महालक्ष्मी विकास बैंकले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक तथा प्रवक्ता छत्र रावतले जानकारी दिए। अदालतबाट सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ। चारै जनाको मिलेमतोमा दुई करोड ८४ लाख ७६ हजार नौ सय २ रुपैयाँ अपचलन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीवार गोकुलेश्वर पुगेपछि भएको अनुसन्धानमा उनीहरूले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म “वान एक्स बेट” मा बैंकको रकम लगानी गरेको पाइएको हो। बैंकको मूल खातामा मौज्दात रकम देखाएर गैर...
उच्च रक्तचाप भएकी बालिकाको ज्यान प्रहरी खत्रीको रक्तदानले बचायो

उच्च रक्तचाप भएकी बालिकाको ज्यान प्रहरी खत्रीको रक्तदानले बचायो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– उच्च रक्तचापका कारण ज्यान जोखिममा परेकी १३ वर्षीया बालिकालाई जिल्ला प्रहरी कार्यालय बझाङकी प्रहरी कपुर खत्रीले रक्तदान गरेर बचाएकी छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–३ की समीक्षा पार्की उच्च रक्तचापका कारण जिल्ला अस्पताल बझाङमा उपचाररत थिइन्। रगतको आवश्यकता भएपछि समाजसेवी सविता खड्काको पहलमा महिला बालबालिका शाखामा लामो समयदेखि सेवा गर्दै आएकी खत्रीले बी-पोजिटिभ रक्तदान गरिन्। स्थानीय स्रोतका अनुसार खत्रीको समयमै गरिएको रक्तदानका कारण पार्कीको ज्यान बचाउन सफल भएको हो। महिला र बालबालिकाको स्वास्थ्य तथा सुरक्षामा सक्रिय खत्री विगतदेखि नै जिल्लामा ‘मलमपट्टी’ जस्तै सहयोग पुर्‍याउँदै आएकी छन्।...
बैतडीमा झाडापखालाबाट १३ वर्षीया बालिकाको मृत्यु, दुईजना बालबालिकामा लक्षण देखापर्‍यो

बैतडीमा झाडापखालाबाट १३ वर्षीया बालिकाको मृत्यु, दुईजना बालबालिकामा लक्षण देखापर्‍यो

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृतक अन्दाजी १३ वर्षीया आरती रोकाया महेश्वरी माध्यमिक विद्यालय न्वाघरमा कक्षा ८ मा अध्ययनरत थिइन्। शिक्षकसमेत रहेका स्थानीय भरत नेगीका अनुसार तीन दिनदेखि झाडापखाला लागेकी आरतीको सोमबार बिहान साढे ५ बजे घरमै निधन भएको हो। महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीका अनुसार उनलाई उपचारका लागि स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाँक्री बोलाएर झारफुक गरिएको थियो। आरतीका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका छन्। छोरीको निधन भएपछि उनी घर फर्किन लागेको शिक्षक नेगीले जानकारी दिए। सोही घरका थप दुईजना बालबालिकामा पनि झाडापखालाका लक्षण देखिएको महिला स्वास्थ्य स्वयंसेविका नेगीले बताइन्। एकजनाको मृत्यु र दुईजनामा लक्षण देखिएपछि हाडाकोट स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पठाइएको...
गण्डकी प्रदेशमा ७ निर्देशनालय र २ केन्द्र खारेज, १८५ दरबन्दी कटौती

गण्डकी प्रदेशमा ७ निर्देशनालय र २ केन्द्र खारेज, १८५ दरबन्दी कटौती

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
कास्की- गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका ७ निर्देशनालय र २ केन्द्र खारेज गर्दै १ सय ८५ कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्यमान खर्च कटौती र प्रशासनिक संरचना मितव्ययी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो। खारेज गरिएका निर्देशनालयबाट उपलब्ध भइरहेका काम तथा सेवाहरू अब सम्बन्धित मन्त्रालयका महाशाखाबाटै प्रवाह गरिने र यसले सेवा वितरणमा कुनै असर नपर्ने उहाँको भनाइ छ। साथै, जिल्लास्तरका ३२ निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय पनि गरिएको छ। खारेज हुने निर्देशनालयमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रा...
एएफसी महिला यू–२० छनोटपछि नेपाल स्वदेश

एएफसी महिला यू–२० छनोटपछि नेपाल स्वदेश

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेल खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ। घर फर्किनुअघि नेपालले आइतबार समूह ‘ए’ को अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को भारी हार बेहोरेको थियो। भूटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो। छनोटमा नेपालले ३ खेल खेल्दै १ जित, १ बराबरी र १ हारसहित ४ अंक जोड्न सफल भयो। पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जीत हासिल गरेको थियो। समूह ‘ए’ मा सबै खेल जितेको उत्तर कोरिया ९ अङ्कसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपमा प्रवेश गरेको छ।...
विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायल गएका हुन्। इजरायल सरकारले विपिनको रिहाइ अभियानलाई सशक्त बनाउनका लागि उनीहरूलाई त्यहाँ बोलाएको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। वि.सं. २०८० असोज २० गतेदेखि उनी परिवारसँग सम्पर्कविहीन छन्। हमासद्वारा कब्जामा रहेका कैयौं बन्दी मुक्त भइसके पनि उनको अवस्थाबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन। गत हमास आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। त्यही क्रममा, हमासले फालेको ‘ग्रिनेड’ सुरक्षित स्थानतर्फ फालेर साथी नेपाली विद्यार्थीहरूलाई जोगाउन खोज्ने क्रममा विपिनलाई हमासले बन्धक बनाएर लगेको बताइन्छ।...
बझाङमा मृतकलाई दिने ५ लाखको चेक खोसिएको आरोपमा दुईजनामाथि मुद्दा

बझाङमा मृतकलाई दिने ५ लाखको चेक खोसिएको आरोपमा दुईजनामाथि मुद्दा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको झनाना क्षेत्रमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई दिने भनिएको ५–५ लाखको चेक खोसिएको आरोपमा सुरतबहादुर मल्ल र अरुणप्रसाद थपलियाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङमा भएको निर्णयअनुसार मृतक लोकेन्द्रबहादुर घर्ती र सञ्जय बुढाका परिवारलाई जनही ५ लाख राहत दिने तय भएको थियो। तर पीडितका अनुसार चेक वितरणका क्रममा प्रशासन कार्यालयको गेट बाहिर दुबै आरोपीले धम्की दिँदै चेक खोसेका हुन्। उक्त दुर्घटना केही समयअघि झनाना नजिकैको पक्की पुलमाथि भएको थियो। ट्याक्टर सुरतबहादुर मल्लको स्वामित्वमा रहेको र दिव्य ज्योति कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको थियो। पीडित परिवारका तर्फबाट जाजरकोट भेरी नगरपालिका–२ का धनबहादुर घर्ती, तुले घर्ती र कृष्णबहादुर बुढाले उजुरी दिएका छन्। उनीहरूका अनुसार आरोपितहरूले मृतकका परिवारलाई दिइएको चेक खोसेर सट्टामा २ लाखको मा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज