Advertisement

हाम्रो बारेमा

सुदूरपश्चिम प्रहरीलाई गुनासो गर्न मिल्ने ‘क्युआर’ सार्वजनिक

सुदूरपश्चिम प्रहरीलाई गुनासो गर्न मिल्ने ‘क्युआर’ सार्वजनिक

मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज (शुक्रबार) एक कार्यक्रमकाबिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए। क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको उनले बताए। उजुरी पेटिकाले मात्र गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न यस्तो सेवा प्रदेश प्रहरी कार्यालले सुरु गरेको हो।...
यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

खेलकुद, समाचार
यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे युएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जाेडे । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए । अब नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छना...
संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय

संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्ने सरकारको निर्णय

मुख्य समाचार, राजनीति
सरकारले आज बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले राधिका अर्याललाई प्रशासनिक र विश्वबाबु पुडासैनीलाई प्राविधिक सचिवमा बढुवा गरेको छ । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेदेखि चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने जस्ता कतिपय कुराहरु सरकारले पाएको छ । सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र नागरिकलाई दुःख दिने खालको र मूल्यभन्दा बढी लिने खालको अनुगमन, नियन्त्रण र कारबाह...
डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

डोटी, समाचार, सुदूरपश्चिम
डोटी : डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । हिजो बेलुका भीमदत्त राजमार्गअन्तर्गत पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सुदूरपश्चिम प्रदेशको ०१००२ त ६७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सालिन राना मास्के मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । कार्यालयका अनुसार ट्र्याक्टरमा २५ जना मजदुर रहेका थिए । जसमा १९ जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते भएकाहरुलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।...
ओमानसँगकाे खेलमा नेपाल पाँच रनले पराजित

ओमानसँगकाे खेलमा नेपाल पाँच रनले पराजित

खेलकुद, मुख्य समाचार
आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ । त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ‍ओभरमा १ सय ४० रन बनाएर अल आउट भयाे । जितसँगै ओमान समूह विजेता बनेको छ । पराजित नेपालले समूहकाे उपविजेता रहँदै सेमिफाइनलमा यूएईसँग खेल्नेछ । याे खेल जितेमा नेपालले अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ । नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान राेहित पाैडेल, साेमपाल कामी र सन्दीप जाेराले समान १२/१२ रन बनाए ।  बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए । ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । ...
साईपाल गाउँपालिकामा भिरबाट लडेर घाईते महिलाको हेलिकप्टर मार्फत उद्वार

साईपाल गाउँपालिकामा भिरबाट लडेर घाईते महिलाको हेलिकप्टर मार्फत उद्वार

अन्तर्राष्ट्रिय, बझाङ, मुख्य समाचार
बझाङ : बझाङको साईपाल गाउँपालिकामा आज दिउँसो भिरबाट लडेर एक महिला घाइते भएकी थिइन् । प्रहरीका अनुसार जिल्लाको साइपाल गाउँपालिका–३ की २६ वर्षीया रमा बोहरा घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्। भिरबाट खसेपछी घटनास्थलबाट उनको घर पुर्याईएकी बोहरालाई अहिले नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि जिल्ला बाहिरी लगिएको अध्यक्ष मानबिर बोहराले बताए । घाईते रमालाई गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकोप्टरबाट उद्वार गरिएको हो !...
बझाङमा भिरबाट लडेर एक महिला घाइते

बझाङमा भिरबाट लडेर एक महिला घाइते

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङः बझाङमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। प्रहरीका अनुसार जिल्लाको साइपाल गाउँपालिका–३ की २६ वर्षीया रमा बोहरा घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्। उनलाई अहिले घटनास्थलबाट उनको घर पु¥याइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए। घाइते रमालाई गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ।...
यात्रुलाई धनगढीबाट  पलिया लगेर अलपत्र पार्दै नेपाली बस समिती, सञ्चालक सम्पर्क बिहिन

यात्रुलाई धनगढीबाट पलिया लगेर अलपत्र पार्दै नेपाली बस समिती, सञ्चालक सम्पर्क बिहिन

कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी : कैलाली को अस्थायी राजधानी तथा सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा बाट भारतको बेङ्ग्लोर शहर जानका लागि ल्याएका नागरिकलाई बस समितिले पलियामा अलपत्र पारेका छन । कार्तिक १३ गते बुधबार विभिन्न समिती मार्फत टिकट काटेर रोजगारको शिलशिलामा भारतको बेङ्ग्लोर जानका लागि जनही ३५०० भारतीय रुपैया तिरेर आएका नागरिकलाइ पलियामा अलपत्र पारेको हो । " कैलाली को घोडाघोडी नगरपालिका वार्ड न ६ घर भएका कल्पना बिक ले भने आफू सहित भाइलाई भारत लगेर जानको लागि १६ हजार ८ सय को ३ टिकेट काटेर आएको भए पनि समितिले अलपत्र पार्दा आफुले चिसो आकासमा रात बिताउन परेको बताएका छन । धनगढीका विभिन्न बस समितिले आफ्ना मान्छे मार्फत करिब ३ सय देखि ४ सय सम्मका नागरिकलाइ पलियामा अलपत्र पारेको हो "उनले बताएका हुन । आफुले अछाम होटलको भित्र रहेर बस काउन्टर चलाए टिकट काटिरहेको श्री केदार टुर एण्ड ट्रावल्स मार्फत ३५०० भारतिया ...
टी–२० विश्व कप छनोटमा आज नेपाल र मलेसिया खेल्दै

टी–२० विश्व कप छनोटमा आज नेपाल र मलेसिया खेल्दै

खेलकुद, समाचार
आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे १ बजे हुने छ । पहिलो खेलमा नेपालले हिजो सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन् । यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने खेलमा बिहान नौ बजे बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन् । नेपाल रहेको समूह ’ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।...
भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो। रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए। दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ।...
सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु–याएको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ। सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो। नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र...
बझाङमा लागुऔषध सहित एक जना पक्राउ

बझाङमा लागुऔषध सहित एक जना पक्राउ

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा लागु औषध सहित एक जना पक्राउ परेका छन । आईतवार बझाङको सदरमुकाम चैनपुर बजारमा रहेको सुर्जन हेयर कटिङ पसल भित्र लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाकाको आधारमा खान तलासी गर्दा लागु औषध जस्तो पदार्थ देखीने ट्रामाडोल फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालय वाट शम्भु धामीको कमाण्डमा–पसलमा खानतलासी गर्दा काठको घर्रा भित्र कालो प्लास्टिकमा पोकोपारी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको पसल सञ्चालक सुर्जन धामीलाई नियन्त्रणमा लिई र थप अनुसन्धान जारी राखेको रहेको बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज