दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा मनसुनी गतिविधि थप सक्रिय हुने, देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।
प्रशासनका अनुसार दार्चुलाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-कटान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न, विशेष गरी रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। साथै नदी, खोला, खहरे, भीरपाखा तथा बाढी–पहिरोको उ...












