Advertisement

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

Advertisement

दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा मनसुनी गतिविधि थप सक्रिय हुने, देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

प्रशासनका अनुसार दार्चुलाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-कटान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न, विशेष गरी रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। साथै नदी, खोला, खहरे, भीरपाखा तथा बाढी–पहिरोको उच्च जोखिम भएका क्षेत्रमा नजान पनि सचेत गराइएको छ।

नदी तथा खोलानजिक र भीरमुनि रहेका बस्तीका बासिन्दालाई वर्षा भइरहेका बेला विशेष सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न तयारी अवस्थामा रहन भनिएको छ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकसहित सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्भावित सडक अवरोध तत्काल हटाउन डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ।

प्रशासनले कुनै पनि विपद् वा आपत्कालीन अवस्था देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन तथा अफवाहमा विश्वास नगरी आधिकारिक सूचनालाई मात्र आधार बनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज