बैतडी- बैतडीमा सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका पुर्चौडी नगरपालिका-६ रत्नाका २१ वर्षीय दीपक धानुकलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले उनलाई सुर्नया गाउँपालिका-८ स्थित ढोल्यामोड बजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका धानुकलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

