Advertisement

र्मकाण्ड गर्दै आएका पण्डित गणेश पन्त तीन पालिकाबाट सम्मानित

Advertisement

बैतडी- विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिअनुसार कर्मकाण्ड गर्दै आएका वैदिक वाचस्पति, संस्कारशिरोमणि, धर्मशास्त्राचार्य तथा ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त सुदूरपश्चिमका तीन स्थानीय तहबाट सम्मानित भएका छन्।

बैतडीको पाटन नगरपालिका-८ निवासी पन्तलाई डोटीको दिपायल सिलगढी नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका र बैतडीको पुर्चौडी नगरपालिकाले सामाजिक तथा धार्मिक योगदानको कदर गर्दै सम्मान गरेका हुन्।

पन्तले दलित समुदायमा वैदिक विधिअनुसार सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायतका धार्मिक अनुष्ठान सञ्चालन गर्दै आएका छन्। उनले हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ वटा लघुरुद्राभिषेक, १९३ वटा महारुद्राभिषेक, ३ हजार ९११ वटा न्वारन, ५६९ वटा व्रतबन्ध, ७२२ वटा सत्यनारायण पूजा, ६२२ वटा ग्रहशान्ति, ३९ वटा शतचण्डी, ६५ वटा अखण्ड रामायण, ५७९ वटा स्वस्थानी व्रतकथा, ५५ वटा त्रिपिण्डी श्राद्ध र ७९ वटा गरुड पुराणसहित ४११ भन्दा बढी प्रकारका धार्मिक कर्मकाण्ड सम्पन्न गरिसकेको बताएका छन्।

बैतडीस्थित वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले जातीय विभेद र धार्मिक कुरीति अन्त्य गर्ने उद्देश्यले दमाई, कामी, बादी, पोणे, कुमाललगायत सिल्पी समुदायका १ हजार ६९९ जनालाई जनैधारण गराइसकेको तथा ४२२ दलित महिलालाई दूधागो (दोरक) धारण गराएको जानकारी दिए।

उनले जातीय विभेद कानुनतः अपराध भएकाले यसको अन्त्यका लागि आफूजस्तै धार्मिक अगुवाहरू पनि सक्रिय हुनुपर्ने बताए। यद्यपि, सामाजिक कुरीति अन्त्यको अभियान चलाउँदा आफ्ना ५७५ गैरदलित यजमान गुमाउनुका साथै सामाजिक सञ्जालमार्फत गालीगलौजसमेत सहनुपरेको उनले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज