Advertisement

हाम्रो बारेमा

काठमाडौँमा एक युवकले लगाए पेट्रोल छर्केर आफ्नै शरीरमा आगो, अवस्था गम्भीर

काठमाडौँमा एक युवकले लगाए पेट्रोल छर्केर आफ्नै शरीरमा आगो, अवस्था गम्भीर

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँको त्रिपुरेश्वरस्थित राहादनी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका छन । बिहीबार दिउँसो पौने २ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नं. ३ मा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका हुन्। हाल भक्तपुरमा बस्दै आएका नेपालीलाई तत्कालै वीर अस्पताल पु¥याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। प्रहरीका अनुसार, उनले राहदानी विभागको गेट अगाडि ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल राखेर गएका थिए। उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएको थियो। त्यसपछि आएका उनले मोटरसाइकल भएकै स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। शरीरका विभिन्न भागमा आगोले जलेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।...
आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाै– चालु आर्थिक वर्षको बजेटअन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा आर्थिक वर्ष सकिनुभन्दा ७ दिनअघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ । यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ । यसअनुसार आज राति १२ बजेदेखि खाता बन्द गर्नुपर्छ । यस्तो भुक्तानी पालिका, प्रदेश र सङ्घीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ । आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । याे बजेटको ७८ प्रतिशत बराबर हो । त्यसमध्ये चाल...
आज देशका अधिकांश स्थानमा पानी पर्ने

आज देशका अधिकांश स्थानमा पानी पर्ने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- आज देशका अधिकांस भुभागमा पानी पर्ने भएको छ। केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुँदा केहीमा भारी वर्षाको पनि सम्भवना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा आज हावाहुरीको पनि सम्भवना छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केहि स्थान तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुनेछ । मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ। राति कोशी प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थान तथा मधेश र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौें- स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको चुनौती समाप्त पारेको छ । लुइस डे ला फुएन्टेको टोलीले अब क्वार्टरफाइनल खेल्न लस एन्जलस रंगशालाको यात्रा गर्नेछ, जहाँ उनीहरूले अमेरिका र बेल्जियमबीचको विजेतासँग सामना गर्नेछन्। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक फुटबल खेले पनि गोल गर्न भने सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले खेलको उत्कृष्ट अवसर गुमाए; डानी ओल्मोको पासमा वान–अन–वानको स्थितिमा उनले प्रहार गरेको बल पोस्टको दिशा लिन सकेन। अर्कोतर्फ, स्पेनकै एउलेक्स बाएनाको उत्कृष्ट कर्लिङ प्रहारलाई पोर्चुगिज गोल...
छुट्टै खडा गरिएकाे कार्यालयमा बसेकाे कांग्रेस इतर समूहकाे बैठकले के-के गर्‍याे निर्णय

छुट्टै खडा गरिएकाे कार्यालयमा बसेकाे कांग्रेस इतर समूहकाे बैठकले के-के गर्‍याे निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडाैँ- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा सोमवार कार्यालयको उद्घाटनसँगै औपचारिक बैठक समेत प्रारम्भ भएको हो। कार्यालयको उद्घाटन र बैठकको प्रारम्भिक सत्रमा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा देखिएका विवाद तथा पार्टीको हालसम्मका गतिविधिबारे स्पष्ट पारेका थिए। उनले पार्टीलाई विभाजनबाट जोगाउन शिर्ष नेताहरू र केन्द्रिय सदस्यहरूले निरन्तर प्रयास गरे तापनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम देखा नपरेकोमा चिन्ता व्यक्त गरेका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थिति...
देशभर ३२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम

देशभर ३२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हालसम्म देशभर ३१.३८ प्रतिशत क्षेत्रमा धान रोपाइँ कार्य सम्पन्न्न भएको छ । क्षेत्रमा रोपाइँ धान क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । देशका धान रोपाइँ हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये असार २२ गतेसम्म ४ लाख ४३ हजार ५९५.०९ हेक्टर अर्थात् ३१.३८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । कृषि विभागका अनुसार गत वर्ष यही अवधिसम्म ४५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो। सुदूरपश्चिममा सबैभन्दा बढी, मधेशमा सबैभन्दा कम प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ५७.९ प्रतिशत अर्थात् ८९ हजार ७४२ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। यस प्रदेशमा यस वर्ष १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष यही अवधिसम्म सुदूरपश्चिममा करिब ८३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको थियो। विपरीत रूपमा, मधेश प्रदेशमा रोपाइँको गति सबैभन्दा सुस्त रहेको छ। कुल ३ लाख...
५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान : मन्त्री रावल

५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान : मन्त्री रावल

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारको दीर्घकालीन पुनस्र्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ । तत्कालको राहत स्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ र ३ महिनाको घरभाडा स्वरूप मासिक १५ हजार रुपैयाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो । यस प्रयो...
बझाङकी रश्मिला धामी प्रहरीलाई जथाभावी गाली गर्दै, प्रहरी प्रशासन मौन

बझाङकी रश्मिला धामी प्रहरीलाई जथाभावी गाली गर्दै, प्रहरी प्रशासन मौन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौ: बझाङकी रश्मिला धामीले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अशोभनीय र आक्रामक भाषा प्रयोग गरेकी छन् । उनले पोस्टभरि प्रहरीलाई पटकपटक "आमा बलात्कारी" भन्दै गाली गरेकी छन् भने अन्य अपमानजनक शब्दसमेत प्रयोग गरेकी छन् । प्रहरी संगठनलाई नै लक्षित गर्दै गरिएको यस्तो सार्वजनिक गालीगलौजपछि पनि हालसम्म नेपाल प्रहरी वा सम्बन्धित प्रहरी प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । प्रहरीमाथिको यस्तो अभिव्यक्तिप्रति प्रहरी प्रशासन मौन देखिएको छ।...
बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुँदै

बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुन थालेका छन् । लगातारको वर्षासँगै आएकोे बाढीपहिरोले स्थानीय शाखा सडक खण्डहरू अवरुद्ध हुन थालेका हुन् । प्राप्त जानकारी अनुसार छबिसपाथिभेरा गाउँपालिका अन्तर्गत मोरिबगर-बिसौना सडक खण्ड अवरुद्ध भएको छ । वडा नं-६ अन्तर्गत पर्ने ल्वाडाको डोलामा पहिरो जाँदा सडक अवरुद्घ भएर आवतजावत ठप्प भएको हो। सडक अवरुद्ध भएपछि स्थानीयवासी, बिरामी, विद्यार्थी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। जिल्लाका अन्य धेरै ग्रामीण सडकहरू पनि वर्षाका कारण आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ। स्थानीयवासीले बर्खायाम सुरु हुनुअघि नै जोखिमयुक्त स्थानको पहिचान, नाली तथा पानी निकासको उचित व्यवस्थापन, सडक किनारका कमजोर भागको संरक्षण, आवश्यक स्थानमा ग्याबियन पर्खाल तथा रिटेनिङ वाल निर्...
बझाङको बित्थडचिर- ९ का ऐतिहासिक तथा सांस्कृतिक स्थल उज्यालो बन्दै

बझाङको बित्थडचिर- ९ का ऐतिहासिक तथा सांस्कृतिक स्थल उज्यालो बन्दै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ ले परम्परागत मेला, चैतली, जात्रा, गौरा तथा डेउडा खेल सञ्चालन हुने ऐतिहासिक सांस्कृतिक स्थलहरूमा आवश्यक पूर्वाधार विकासलाई निरन्तरता दिएको छ। वडा अन्तर्गत साबिक वडा नं- १ को धारी गाउँ, साबिक वडा नं-२ को उडी र साबिक वडा नं- ९ को रौकोशीमा यसअघि नै गोरेखला निर्माण कार्य सम्पन्न गरिएको थियो। सोही अभियानअन्तर्गत उडी र रौकोशीमा स्ट्रीट लाइट जडान कार्य पनि सम्पन्न भएको छ। वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशीका अनुसार धारी गाउँका लागि आवश्यक सामग्री आइपुगेको छ र त्यहाँ पनि छिट्टै स्ट्रीट लाइट जडान गरिनेछ। उनले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै मेला तथा जात्रामा सहभागी हुने स्थानीय बासिन्दा र दर्शकहरूको सुविधा तथा सुरक्षालाई ध्यानमा राख्दै वडा कार्यालयले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए। स्थानीयवासीले सांस्कृतिक सम...
बेंगलुरुमा बझाङका विजयराज भट्टको रहस्यमय मृत्यु : न्यायका लागि संसददेखि सडकसम्म आवाज, छानबिन र राहतको माग

बेंगलुरुमा बझाङका विजयराज भट्टको रहस्यमय मृत्यु : न्यायका लागि संसददेखि सडकसम्म आवाज, छानबिन र राहतको माग

समाचार
भारतको बेंगलुरुमा रोजगारीका क्रममा रहेका बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–४ निवासी विजयराज भट्टको रहस्यमय परिस्थितिमा मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन चौतर्फी दबाब बढ्दै गएको छ। प्राप्त जानकारीअनुसार भट्ट आफ्नै अपार्टमेन्टभित्र कुटपिटबाट गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई उनकी श्रीमतीलाई अपार्टमेन्टको गेटमा बोलाएर जिम्मा लगाइएको बताइएको छ। आफन्तहरू कोठामा पुग्दासम्म उनको मृत्यु भइसकेको थियो। घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भए पनि अन्य सम्भावित संलग्न व्यक्तिमाथि प्रभावकारी अनुसन्धान हुन नसकेको भन्दै परिवार तथा स्थानीय सरोकारवालाले निष्पक्ष, पारदर्शी र गहिरो छानबिनको माग गरेका छन्। स्वर्गीय भट्टका पछाडि दुई जना नाबालक सन्तान रहेका छन्। परिवारको आर्थिक अवस्थ...
औषधि ऐन उल्लङ्घन गर्नेविरुद्ध औषधि व्यवस्था विभाग, नेपालगन्जको कडा अभियान

औषधि ऐन उल्लङ्घन गर्नेविरुद्ध औषधि व्यवस्था विभाग, नेपालगन्जको कडा अभियान

समाचार
बाँकेको जानकी गाउँपालिका–१ जोगाउगाउँमा करिब डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता वा कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमाथि सरकारी निकायले कारबाही गरेको छ। औषधि बिक्री मात्र नभई बिरामीको उपचारसमेत गर्दै आएका ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि ऐन विपरीतको कसुरमा औषधि व्यवस्था विभाग, नेपालगन्ज र सुरक्षाकर्मीको संयुक्त टोलीले पक्राउ गरेको हो। औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहका अनुसार प्रारम्भिक अनुसन्धानबाट भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता नरहेको खुलेको छ। उनले आफ्नै घरलाई औषधि पसलका रूपमा प्रयोग गर्दै करिब १५ वर्षदेखि अवैध रूपमा औषधि बिक्री तथा बिरामीको उपचार गर्दै आएको पाइएको छ। भुजुवाले कानुनी अनुमति बिना औषधि सञ्चय गरी बिक्री–वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज