धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरी, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही क्षेत्रस्थित नालामा मृत अवस्थामा फेला परेका छन्।
दुवै घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

