Advertisement

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचन: २० क्षेत्रको परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

प्रतिनिधिसभा निर्वाचन: २० क्षेत्रको परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ। शनिबार बिहान ५ बजेसम्म २० वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार १३ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), ४ क्षेत्रमा नेपाली कांग्रेस, २ क्षेत्रमा नेकपा र १ क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। रास्वपाले जितेका क्षेत्र: काठमाडौं–४ : पुकार बम काठमाडौं–९ : डोलप्रसाद अर्याल काठमाडौं–१ : रञ्जु दर्शना काठमाडौं–३ : राजुनाथ पाण्डे काठमाडौं–६ : शिशिर खनाल काठमाडौं–७ : गणेश पराजुली काठमाडौं–८ : विराजभक्त श्रेष्ठ काठमाडौं–१० : प्रदीप विष्ट काठमाडौं–५ : सस्मित पोखरेल धनुषा–३ : मनिष झा कास्की–३ : बिना गुरुङ कास्की–२ : उत्तमप्रसाद पौडेल मोरङ–४ : सन्तोष राजवंशी कांग्रेसले जितेका क्षेत्र: रसुवा : मोहन आचार्य मनाङ : टेकबहादुर गुरुङ मुस्ताङ : योगेश गौचन थकाली दैलेख–१ ...
बझाङकाे मतगणना अनिश्चित, राजनीतिक दल र मुख्य निर्वाचन अधिकृत बिच सहमति मिलेन

बझाङकाे मतगणना अनिश्चित, राजनीतिक दल र मुख्य निर्वाचन अधिकृत बिच सहमति मिलेन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
 बझाङ - बझाङका मुख्यनिर्वाचन अधिकृत र राजनितीक दल बिच सहमति नमिल्दा बझाङकाे मतगणना अनिश्चित भएकाे छ । आज दिउसाे १ बजे बसेकाे सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएकाे छ । तिनचारहजार मत संगै मिसाएर गणना गर्ने मुख्यनिर्वाचन अधिकृत सुबरणणमान बनेपालिकाे अडान रहेकाे छ भने राजनीति दलले प्रत्येक बुथकाे छुट्टाछुट्टै गणना गर्ने भन्ने बिषय उठान भएपछि सर्वदलीय बैठ्क बिना निष्कर्ष टुङ्गिएकाे छ मुख्यनिर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार छुट्टाछुट्टै बुथकाे मत गणना गर्दा पछि मतदातालाई असर पर्ने बताउदै सहमति नजुटेकाे हाे । प्रत्येक बुथकाे छुट्टाछुट्टै गणना गर्दा सच्चिने माैका मिल्ने राजनीतिक दलले अडान गरेका छन् । कतिखेर गणना सुरू हुने हाे भन्ने केही टुङ्गाे लागेकाे छैन् । बझाङबासी मत परिणामकाे प्रखाईमा आँखा तिरमिराई रहेका छन् । बझाङमा १ लाख २६ हजार ९ सय ३ मतदाता मध्ये ५८ हजार ९ सय ४४ मत खसेकाे छ । खसे...
चुनाव जित्नुअघि नै मन जिते एमाले नेता ऐन महरले

चुनाव जित्नुअघि नै मन जिते एमाले नेता ऐन महरले

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : निर्वाचन परिणामको प्रतीक्षामा धेरै उम्मेदवारहरू अदालत र मतगणनाको निर्णयतर्फ नजर लगाइरहेका बेला एमाले नेता ऐन महर भने जनताको सेवामा निरन्तर खटिएको दृश्यले धेरैको ध्यान तानेको छ । काठमाडौंमा विद्यार्थी राजनीति गर्दादेखि नै सामाजिक काम र मानव सेवामा सक्रिय रहँदै आएका महरले चुनावी प्रतिस्पर्धाको बीचमा पनि आफ्नो सेवा भाव रोकेनन् । मतगणना कहिले सुरु होला भन्ने अन्योलका बीच धेरै नेता–कार्यकर्ता प्रतीक्षामा बसिरहेका बेला महर भने संकटमा परेका नागरिकको उद्धारमा जुटिरहेका छन् । बझाङको मष्टा गाउँपालिका–२, तुतिका निवासी टीका धामी माछा मार्न जाँदा लडेर गम्भीर घाइते भएपछि स्थानीयहरू अत्यन्त चिन्तित बनेका थिए । दुर्गम गाउँमा उपचार सम्भव नभएपछि तत्काल उद्धारको आवश्यकता देखिएको थियो । त्यही समयमा एमाले नेता ऐन महरले पहल गर्दै सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइते धामीलाई तुरुन्तै उद्धार गर...
साइपाल गाउँपालिकाका मतदान केन्द्रमा पुग्न कर्मचारीलाई तीन दिन पैदल यात्रा

साइपाल गाउँपालिकाका मतदान केन्द्रमा पुग्न कर्मचारीलाई तीन दिन पैदल यात्रा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- दुर्गम हिमाली भूगोलका कारण साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मीले निर्वाचन सामग्री बुझेर शनिबार, आइतबार र सोमबार गरी चरणबद्ध रूपमा सदरमुकाम चैनपुरबाट यात्रा सुरु गरेका हुन् । दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो । कार्यालयका अनुसार काँडा माध्यमिक विद्यालय, काँडा मतदान केन्द्रमा मतदान अधिकृत दीपकराज जोशी, धुली माध्यमिक विद्यालय, धुली मतदान केन्द्रमा खगेन्द्र चन्द तथा सामुदायिक भवन, एराङकुरीडाँडा मतदान केन्द्रमा दिनेशप्रसाद पण्डित आ...
मौन अबधिभर के के गर्न पाइदैन ?

मौन अबधिभर के के गर्न पाइदैन ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि
काठमाडौँ: बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डा...
मौन अवधि सुरु: फागुन २१ को मतदानअघि ४८ घण्टा प्रचारप्रसार पूर्ण प्रतिबन्ध

मौन अवधि सुरु: फागुन २१ को मतदानअघि ४८ घण्टा प्रचारप्रसार पूर्ण प्रतिबन्ध

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आज (मंगलबार) राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। आगामी फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै निर्वाचन आयोग ले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म ‘स्थिर समय’ लागू गरेको हो। मौन अवधि प्रारम्भ भएसँगै अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन्। चुनावी सभा, जुलुस, घरदैलो कार्यक्रम मात्र होइन, सामाजिक सञ्जालमार्फत गरिने डिजिटल प्रचारप्रसारसमेत पूर्ण रूपमा निषेध गरिएको छ। निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टरहरू अनिवार्य रूपमा हटाउनुपर्ने कानुनी व्यवस्था छ। शान्त, निष्पक्ष र मर्यादित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले यो प्रावधान लागू गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार...
निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका

निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, राजनीति, विचार
नेपालमा लोकतन्त्रको सबल अभ्यासका लागि निष्पक्ष, पारदर्शी र मर्यादित निर्वाचन अनिवार्य सर्त हो। यही उद्देश्यका लागि निर्वाचन आयोग ले प्रत्येक निर्वाचनअघि आचारसंहिता जारी गर्ने गर्दछ। निर्वाचन आचारसंहिता केवल राजनीतिक दल र उम्मेदवारका लागि मात्र होइन, सञ्चार माध्यम, सार्वजनिक पदाधिकारी, कर्मचारी, सुरक्षा निकाय र आम नागरिक सबैका लागि मार्गदर्शक दस्तावेज हो। आचारसंहिताको मूल उद्देश्य निर्वाचन आचारसंहिताको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र र भयमुक्त बनाउनु हो। यसले चुनावी प्रचार–प्रसारलाई मर्यादित र तथ्यपरक बनाउन, राज्य स्रोत–साधनको दुरुपयोग रोक्न तथा मतदातालाई प्रभाव पार्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्पष्ट मापदण्ड तोकेको हुन्छ। सञ्चार माध्यमको जिम्मेवारी सञ्चार क्षेत्र लोकतन्त्रको चौथो अंग मानिन्छ। विशेषगरी टेलिभिजनजस्ता प्रभावशाली माध्यमले जनमत निर्माणमा ठूलो भू...
अछाम- १ मा दीपक साउँदको बलियो पकड, जितका १० आधार सार्वजनिक

अछाम- १ मा दीपक साउँदको बलियो पकड, जितका १० आधार सार्वजनिक

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको राजनीतिमा एउटा महत्वपूर्ण मोड आएको छ । अछाम क्षेत्र नं. १ को चुनावी माहोलले दीपक साउँदको पक्षमा उर्लिएको छ । नेकपा एमाले अछामका अधिकांश संस्थापक नेताहरू पार्टीका आधिकारिक उम्मेदवार दीपक साउँदलाई विजयी गराउने अभियानमा एकजुट भएका छन् । पार्टी निर्माणको कालखणदेखि नै संगठनलाई मजबुत बनाउन भूमिका खेलेका यी नेताहरूको साथ, सहयोग र समर्थन दीपक साउँदको पक्षमा खुलेर प्रस्तुत भएको छ । यसले पार्टीभित्र दीपक साउँदको स्वीकार्यता र नेतृत्व क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ । संस्थापक नेताहरूको यो एकताले दीपक साउँदको उम्मेदवारीलाई अझ बलियो बनाएको छ । गोकुल प्रसाद खनाल, भीम बहादुर कडायत, अमर बहादुर रोकाया, केशर बहादुर साउँद (पूर्व सम्पर्क सचिव) लगायत १८ जना संस्थापक नेताहरूको यो सूचीले अछाम एमालेको जरा गाडेको इतिहास र यसको प्रभावलाई देखाउँछ । अछामका प्रमुख संस्थापक नेताहरु, जसमा गोकुल प्र...
बझाङमा एमाले एकवद्दताको कडा सन्देश: भ्रम छर्ने तत्वलाई अफिलाल ओखेडाको चेतावनी

बझाङमा एमाले एकवद्दताको कडा सन्देश: भ्रम छर्ने तत्वलाई अफिलाल ओखेडाको चेतावनी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट
बझाङ: नेकपा एमाले बझाङले आफूहरू पूर्ण रूपमा एकवद्द भएर अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ। पार्टीभित्र विभाजन रहेको भन्दै फैलाइएका हल्ला र अफवाहलाई कडा रूपमा खण्डन गर्दै एमाले नेताहरूले संगठन थप मजबुत बनेको दाबी गरेका छन्। आज बझाङको सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडाले एमाले बझाङ एकढिक्का भएर संगठन सुदृढीकरण र जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताए। उनले केही अराजक तत्वले पार्टीभित्र फूट रहेको भन्दै भ्रम छर्ने प्रयास गरेको आरोप लगाउँदै त्यस्ता गतिविधि असफल हुने चेतावनी दिए। उनका अनुसार बझाङमा एमालेको जनआधार झनै विस्तार हुँदै गएको छ र आन्तरिक रूपमा कुनै किसिमको मतभेद नरहेको स्पष्ट पारे। “एमाले एकवद्द छैन भन्ने प्रचार नियोजित भ्रम मात्र हो,” उनले भने, “पार्टी मजबुत छ, नेतृत्व एकमत छ, कार्यकर्ता उत्साहित छन्।” पत्रकार सम्मेलनमा एमालेक...
रामारोशन गाउँपालिकाको कार्यालय अगाडि युवकको आमरण अनसन, एमाले उम्मेदवार दिपकद्वारा माग पूरा गर्ने प्रतिबद्धता

रामारोशन गाउँपालिकाको कार्यालय अगाडि युवकको आमरण अनसन, एमाले उम्मेदवार दिपकद्वारा माग पूरा गर्ने प्रतिबद्धता

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- रामारोशन गाउँपालिकाको कार्यालय अगाडि विभिन्न विकास निर्माण र सुशासनसम्बन्धी माग राख्दै एक युवकले अनसन सुरु गरेका छन्। रामारोशन गाउँपालिका–५ तल्लो पातलका २४ वर्षीय तिलक बटालाले शुक्रबार साँझ ६ बजेदेखि आमरण अनसन सुरु गरेका हुन्। बटालाले तल्लोपातल सडक, आडेखाँद सडक र अल्लेडी सडक निर्माणको अवस्था स्पष्ट गर्न तथा पर्यटकीय जयगढ–रामारोशन सडक कालोपत्रे कार्य किन अलपत्र परेको हो भन्ने प्रश्न उठाउँदै माग सम्बोधन नभएसम्म अनसन नतोड्ने बताएका छन्। तल्लो पातलमा सडक खै ?भन्दै तल्लोपातल बाट खाली खुट्टा हिडेर पालिका पुगेर अनसन सुरु गरेको हुन। जनताले वर्षौंदेखि भोग्दै आएको समस्या अनिवार्यरुपमा पुरा हुनुपर्ने बताएका छन् । उनले “भोट चल्ने, सडक नचल्ने”, “मत लिँदा पुग्ने, सडक दिँदा किन नपुग्ने?”, “मागेको भिक होइन, अधिकार हो”, “भ्रष्टाचारलाई जवाफदेही बना सरकार” जस्ता नारासहित संघर्ष जारी राख्ने बताएका...
राधिका भुजेलको प्रतिबद्धता- निर्वाचित भएपछि जनपक्षीय काम गर्ने, सूर्यमा मतदान गर्न आग्रह

राधिका भुजेलको प्रतिबद्धता- निर्वाचित भएपछि जनपक्षीय काम गर्ने, सूर्यमा मतदान गर्न आग्रह

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) अछाम-१ की समानुपातिक उम्मेदवार राधिका भुजेल ले निर्वाचित भएपछि जनपक्षीय कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। जिल्लाको रामारोशन गाउँपालिका- ५ चौकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै भुजेलले आफूहरूले जनताका वास्तविक समस्या नजिकबाट बुझेको बताउँदै आधारभूत आवश्यकता पूरा हुने गरी काम गर्ने संकल्प दोहोर्‍याइन्। महिला, बालबालिका तथा दलित समुदायको हितलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइने उनको भनाइ थियो। पछिल्लो समय मतदातामा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले स्व-विवेक प्रयोग गरी जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गरिन्। “निर्वाचित भए जनताको अनुहारमा मुस्कान छर्नेछु,” उनले भनिन्। यसैबीच भुजेलले एमालेका प्रत्यक्षतर्फका उम्मेदवार दिपक साउँद युवा पुस्ताको प्रतिनिधि भएको दाबी गरिन्। युवाको चाहनाअनु...
फेरी डा. भीम रावल लाई अर्को धक्का, रामारोशन र  मेल्लेखबाट १८९ जना एमाले प्रवेश

फेरी डा. भीम रावल लाई अर्को धक्का, रामारोशन र मेल्लेखबाट १८९ जना एमाले प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. भीम रावललाई चुनाव नजिकिँदै जाँदा दिनप्रतिदिन धक्का लागिरहेको छ। प्रतिनिधि सभा निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा पार्टी परित्याग गर्नेको संख्या बढ्दै गएको हो। बुधबार रामारोशन गाउँपालिका-६ भटाकाटीया बाट ९२ जना नेकपा एमालेमा समाहित भएका थिए। त्यसको भोलिपल्ट आज पुनः रामारोशन गाउँपालिका-५ चौका मा आयोजित चुनावी आमसभामा विभिन्न पार्टी परित्याग गर्दै थप १०४ जना एमालेमा प्रवेश गरेको पालिका पार्टी कमिटी अध्यक्ष भीष्म साउँदले जानकारी दिए। उनका अनुसार नेपाली काँग्रेसबाट २२ जना, अन्य स्थानबाट ४ जना, भटाकाटीयाबाट ३ जना पूर्व जनमुक्ति सेना सदस्यसहित विभिन्न पृष्ठभूमिका व्यक्तिहरू एमालेमा समाहित भएका हुन्। प्रवेश गर्नेहरूमा पूर्व जनमुक्ति सेना कमान्डर कम्मानसिंह साउँद (जोसिला), सागर साउँद, नेपाली काँग्रेस जिल्ला सदस्य रिनारी दमाई, राजेन्द्र कठायत, ल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज