Advertisement

ताजा अपडेट

आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशभर उल्लेखनीय कुनै मौसम प्रणालीको प्रभाव छैन। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
थलारा गाउँपालिका- ६ का युवाहरू र गाउँपालिकाबीच सहमति

थलारा गाउँपालिका- ६ का युवाहरू र गाउँपालिकाबीच सहमति

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको थलारा गाउँपालिका–६ सडिलका जेन्जी युवाहरू र गाउँपालिकाबीच सहमति भएको छ । वडा नम्बर ६ को झनाना–सडिल–तराटी–ठिङाललेख सडक खोल्ने माग गर्दै केही दिनअघि युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका थिए। सो सडक खोल्ने विषयमा शुक्रबार गाउँपालिका र युवाबीच छलफल भएपछि सहमति जुटेको हो। गाउँपालिकाले आजदेखि सडक खुलाउने कार्य सुरु गरेको प्रमुख प्रशासनिक अधिकृत प्रयागराज पाध्याये जानकारी दिए। उनका अनुसार झनाना–सडिल–तराटी–ठिङाललेख सडकमा आजदेखि डोजर प्रयोग गरेर काम थालिएको छ। सहमति बैठकमा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम खाती, प्रमुख प्रशासनिक अधिकृत प्रयागराज  र वडा नम्बर ६ का स्थानीय युवाहरू उपस्थित थिए। उक्त कार्य सम्पन्न नभएसम्म पालिकाको कार्यालयमा लगाइएको ताला नखोलिने युवाहरूले बताएका छन् -सम्पादित समाचार ,...
ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत पोस्ट गर्दै यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गर्नुभएको हो। अब चीनबाट अमेरिका आयात हुने सामानमा कुल १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले उक्त निर्णय नोभेम्बर १ देखि लागू हुने बताएका छन्। अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेख्नुभएको छ, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गर्नेछौँ,’ उहाँको भनाइ छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध थालेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। चीनले पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएर प्रत्युत्तर दिए...
टी- २० विश्वकप छनोट: सुपर सिक्समा नेपाल, यूएई, कतार, ओमान र सामोआसँग भिड्ने

टी- २० विश्वकप छनोट: सुपर सिक्समा नेपाल, यूएई, कतार, ओमान र सामोआसँग भिड्ने

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोट अन्तर्गत समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । अब नेपालले सुपर सिक्स चरणमा यूएई, कतार, ओमान र सामोआसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो । यसअघि नै नेपाल र जापान दुवै टोलीले कुवेतलाई हराउँदै सुपर सिक्समा स्थान सुनिश्चित गरिसकेका थिए । कुवेत भने समूह चरणमै बाहिरिएको छ । सुपर सिक्स चरणमा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । जापानमाथि जितसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ । अब नेपालले सुपर सिक्समा जापानसँग खेल्नुपर्ने छैन । नेपालले भोलि समूह ‘ए’ को विजेता यूएईसँग तथा पर्सि उपविजेता कतारसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका रहे...
डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

डोटीमा ईभी गाडी दुर्घटना, एक जनाको मृत्यु र २१ घाइते

Breaking News 1, अछाम, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी आइरहेको सुप–प्र–०१–००१ ख ३९५६ नम्बरको ईभी गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा शनिबार बिहान दुर्घटनाग्रस्त भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका निवासी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना घाइते भएको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको ईभी गाडी अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको बताइएको छ।...
कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार हत्या आरोपमा सोही वडाका २८ वर्षीय लालबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार दुवै अभियुक्त बुढाको टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गर्दा खेत प्रहरी पोस्टका जवानले नियन्त्रणमा लिएका थिए। मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए।...
बझाङ कारागारबाट भागेका १२ जना अझै फरार, पाँच जना कैदी अन्य कारागारमा स्थानान्तरण

बझाङ कारागारबाट भागेका १२ जना अझै फरार, पाँच जना कैदी अन्य कारागारमा स्थानान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला कारागार बझाङबाट भागेका मध्ये १२ जना अझै फरार रहेका छन । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी मध्ये १२ जना अझै फरार भएका हुन्। भदौ २४ गते आन्दोलनको बेला कारागारको सुरक्षा घेरा तोडी ६५ जना कैदीबन्दी फरार भएका थिए। त्यसपछि जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भने केही कैदीबन्दी आफै कारागार फर्किएका थिए। जिल्ला कारागारमा जम्मा ८५ जना कैदीबन्दि रहेकोमा जेनजी आन्दोलनको फाइदा उठाउदै ६५ जना कैदीबन्दि फरार भएका थिए । उनीहरू भागेको १ महिना पुगिसक्दा पनि १२ जना अझै फरार रहेकाले स्थानीय त्रसित भएका छन्। विभिन्न आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका कैदीबन्दीहरू अझै फरार रहँदा सुरक्षाको चासो बढेको हो। कारागार प्रशासनका प्रमुख राजेन्द्र फराडाका अनुसार फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी छ। उनका अनुस...
आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान बिच खेल हुँदै

आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान बिच खेल हुँदै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल र जापानबीचको खेल आज हुँदैछ। नेपाल र जापान दुवै टोली एक खेल अगावै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन्। बिहीबार सम्पन्न समूह ‘बी’ को खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेपछि दुवै टोलीको अघिल्लो चरणमा स्थान पक्का भएको हो। लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि उसले आफ्नो पहिलो खेलमा नेपालसँग ५८ रनको हार बेहोरेको थियो। अब आज हुने नेपाल र जापानबीचको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। दुवै टोलीका समान २–२ अंक भए पनि नेपाल नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहेको छ।...
प्रथम बित्थड कप–२०८२ सम्पन्न, उपाधि वडा नम्बर ९ लाई

प्रथम बित्थड कप–२०८२ सम्पन्न, उपाधि वडा नम्बर ९ लाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको बित्थडचिर गाउँपालिका–१, माथिल्लो बित्थडमा आयोजित प्रथम बित्थड कप–२०८२ वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। असोज १८ गते (शनिबार)देखि सुरू भएको उक्त प्रतियोगिता बिहीबार सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ बित्थडचिर गाउँपालिका कमिटीद्वारा आयोजित प्रतियोगिताको उपाधिमा बित्थडचिर गाउँपालिका वडा नं ९ ले हात परेको छ। फाइनल खेलमा भएको प्रतिस्पर्धामा बित्थडचिर गाउँपालिका वडा नं ७ माथि उत्कृष्ट प्रदर्शन गर्दै वडा नं ९ ले उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता वडा नं ७ बनेको छ। प्रतियोगिताको विजेता वडा नं ९ ले नगद रु. २५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता वडा नं ७ ले १४ हजार ४ सय ४४, ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा पालिका भरका १९ वटा टिमको सहभागिता रहेको थियोे ।...
दसैं सकिएपछि परदेशतिर युवाको लर्को

दसैं सकिएपछि परदेशतिर युवाको लर्को

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दसैंको रौनकता मन्दिँदै जाँदा सुदूरपश्चिमका सयौँ युवा पुनः भारत फर्किन थालेका छन्। नयाँदिल्ली, मुम्बई, बैंगलोर, सुरतजस्ता सहरहरूमा श्रम गर्ने नेपालीहरू दसैं मनाउन स्वदेश फर्किएका थिए। तर तिहार नजिकिँदै गर्दा उनीहरू पुनः रोजगारीका खोजीमा भारततिर फर्कन बाध्य भएका छन्। रोजगारीको अवसरको कमी र भारत सहजै पार गर्न सकिने सीमा भएकाले सुदूरपश्चिमका युवाको प्रमुख रोजगारी गन्तव्य भारत नै बनेको छ। हरेक वर्ष लाखौँ सुदूरपश्चिमेली भारतमा श्रम गर्न पुग्छन्, तर त्यसको आधिकारिक तथ्यांक भने छैन। बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी अहिले गौरीफन्टा नाकामा बैंगलोर जाने गाडीको प्रतीक्षामा थिए। दसैंका लागि एक महिनाको बिदा सकेर उनी पुरानै कर्मथलो फर्किँदै थिए। धामीले करिब १० वर्षदेखि बैंगलोरमा श्रम गरेर पाँच सदस्यीय परिवारको गुजारा चलाइरहेका छन्। “घरको खेतीपातीले दुई महिनाभन्दा बढी पुग्...
बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

बेंगलोरमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’: नेपाली जनसम्पर्क समितिद्वारा बिशेष स्वास्थ्य सेवा कार्यक्रम सहित

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मुख्य समाचार, स्वास्थ्य
भारत, बेंगलोर आगामी अक्टोबर १२ तारिखका दिन बेंगलोरमा भव्य रूपमा आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’मा नेपाली जनसम्पर्क समिति, भारतका तर्फबाट बिशेष स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। यस अवसरमा आँखा, दाँत, रगत परीक्षण लगायतका विभिन्न निःशुल्क स्वास्थ्य जाँच सेवाहरू उपलब्ध गराइनेछन्। साथै, रक्तदान शिविर समेत सञ्चालन गरिने आयोजक समितिले जनाएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली र भारतीय समुदायका सदस्यहरूलाई आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिन समितिले हार्दिक अनुरोध गरेको छ। सांस्कृतिक मनोरञ्जनसँगै स्वास्थ्य सचेतना र सामाजिक जिम्मेवारीको सन्देश फैलाउने यो पहल सबैका लागि उपयोगी र प्रेरणादायी बन्ने अपेक्षा राखिएको छ। कार्यक्रममा सहभागी भई स्वास्थ्य, संस्कृति र एकताको सन्देश प्रवाह गर्न सम्पूर्ण नेपाली समुदायलाई समितिले हार्दिक आमन्त्रण गरेक...
अविरल वर्षापछि आएको बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ६०

अविरल वर्षापछि आएको बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ६०

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ। प्रहरीका अनुसार मृतकमध्ये १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका छन्। सबैभन्दा बढी जनहानि इलाम जिल्लामा भएको छ, जहाँ बाढी र पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १–१ जना र काभ्रेपलाञ्चोकमा २ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र डुबानका घटना बढेका छन्। उद्धार तथा राहतका कार्य निरन्तर जारी रहेको जनाइएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज