Advertisement

ताजा अपडेट

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

ताजा अपडेट, दैनिक, बझाङ
बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । बिहीबारदेखि निरन्तरको वर्षाले छबिसपाथिभेरा गाउँपालिकाको बालुवाटारनजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध हुँदा कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रु अलपत्र परेका छन् । पहिरो निरन्तर खसेकाले पन्छाएर सडक सञ्चालनमा ल्याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छाउने  तयारी अवस्थामा राखिएको बताइन् । तर, पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा ल्याउन नसकिएको उनले बताइन् । सहायक प्रजिअ जोशीका अनुसार, शनिबार बिहानदेखि दुई जेसीबी पहिरो गएको स्थाननजिक राखिएको छ । माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक सञ्चालनमा ल्याउन सकिने उनले बताए।...
बझाङका पत्रकार बसन्त प्रताप सिंह सहित विभिन्न व्यक्ति राष्ट्रपतिद्वारा सम्मानित

बझाङका पत्रकार बसन्त प्रताप सिंह सहित विभिन्न व्यक्ति राष्ट्रपतिद्वारा सम्मानित

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक समाज नेपालद्वारा आज काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नुभयो । राष्ट्रपति पौडेलले साहित्यकार राजेन्द्रसिंह रावल, अभिनेता विराज भट्ट, खेलाडी दीपक विष्ट, लाइभ देउडीया नेत्रराज शाही, निर्देशक भीमबहादुर थापा, गायिका टीका पुन, गायक लालबहादुर धामी, पत्रकार वसन्त प्रताप सिंह, गायक सुरेश शाही तथा लोकेन्द्र बहादुर साउदलाई सम्मान गर्नुभयो । राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभयो ।...
नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
कञ्चनपुर : गुगुल्डि वाङमय प्रतिष्ठान, कञ्चनपुर तथा बुलन्दी साहित्यिक सेवा समिति भारतको संयुक्त आयोजनामा नेपाल भारत साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी २०८१ सम्पन्न भयेको छ। यही भाद्र २९गते शनिबारका दिन महेन्द्रनगरमा आयोजित सम्मेलनमा नेपाल तथा भारतका एक सय बढी साहित्यकारहरूको सहभागिता रहेको सम्मेलन गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द विश्रामको अध्यक्षता तथा सुप विश्वविद्यालयका डिन प्रा डा मुकुन्द कलौनीको प्रमुख मुकुन्द कलौनीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा पञ्चमराज भट्टले डोटी तथा कुमाउको सास्कृतिक सम्बन्धबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने गोष्ठी सत्रमा ५दर्जन बढी कविहरूका रचना वाचन गरिएका थिए। कार्यक्रममा प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डि साहित्यिक मासिक पत्रिकाको इतिहास तथा योगदान एवम् नेपाल भारत साहित्यिक सम्मेलनको उद्देश्य प्रस्तुत गर्दै सहभागिहरूको स्...
सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

सुदूरपश्चिममा बजेट ल्याउने मिति सारेको सार्यै, फेरि नयाँ मिति तोकियो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी – साउन १ गते देखि नै कार्यान्वयमा आउनुपर्ने बजेट अझै ल्याउन नसकेको सुदूरपश्चिम सरकारले पुनः बजेट ल्याउने नयाँ मिति तोकेको छ । तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास हुन नसकेपछि बनेको नयाँ सरकारले पुनः बजेट ल्याउने मिति तोकेको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको जनाएको छ । पटक–पटक बजेट ल्याउने मिति तोक्दै आएको प्रदेश सरकारले यसअघि भदौ १०, भदौ १५, २० गते हुँदै २५ गतेभित्रै बजेट ल्याउने जनाएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । उनले बजेट संवैधानिक र कानुनी प्रक्रियामा रहेर आउने बताए । उनले सदनको सम्मान गर्दै सदनमा पास भईसकेका प्राथमिकता, नीति र कार्यक...
कञ्चनपुरको दोधरा चाँदनीका बाढी पीडितको बिचल्ली

कञ्चनपुरको दोधरा चाँदनीका बाढी पीडितको बिचल्ली

कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । गत असारको बाढीले घरमा क्षति पुर्याए पछि विस्थापित  भएका कञ्चनपुरको दोधारा चाँदनी ३ पटेराखल्लाका बासिन्दा फेरि बिचल्लीमा परेका छन । असारमा क्षति भएको घर मर्मत गरेर जेनतेन फर्किरहेका पटेराखल्लावासी राम्ररी पुनःस्थापित हुन पाउँदै शुक्रबार फेरि विस्थापित भएका हुन । असार अन्तिम साताको भीषण वर्षासँगै जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि पटेराखल्लाका २७ परिवार विस्थापित भएका थिए । करिब एक महिनासम्म उनीहरू नजिकैको जमुना आधारभूत विद्यालयमा बसे । बाढीले भत्केका घर मर्मत गरेर र हिलो हटाएर उनीहरू घरमा बस्न थालेका थिए । पानी पर्दा भने फेरि उनीहरू विद्यालयमै बास बस्थे । शुक्रबार जोगबुडाको बाढी फेरि बस्ती पसेपछि दोधारा चाँदनी ३ पटेराखल्लाका सबै परिवार विस्थापित भएका हुन् । उनीहरू अहिले नजिकैको जमुना आधारभूत विद्यालयमा बसिरहेका छन् । ‘पटेराखल्लाका बासिन्दा फेरि विस्थापित भएका छन्, यो ठ...
बझाङमा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको तीन दिन हुँदा पनि खुलेन

बझाङमा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको तीन दिन हुँदा पनि खुलेन

ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको तीन दिन वित्दा पनि खुलेको छैन । सडकसंगै विद्धुतको पोलमा पनि असर परेपछि बझाङको राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा समेत अवरुद्ध छ । अस्तिदेखि परेको पानीले तमैल बजार नजिकै बालुवाटार भन्ने ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले पोल र तारमा क्षति पुगेको छ । लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको बताउनु भयो । उहाँले सुख्खा पहिरो लगातार खस्दा समस्या भएको जानकारी दिनु भयो । सदरमुकाम चैनपुरमा खानेपानी सेवासमेत प्रभावित भएको कामनाटुडे संग जानकारी दिनुभएको छ ।...
बझाङ, डोटि र बाजुरा जिल्लाको विद्धुत सेवा अवरुद्ध

बझाङ, डोटि र बाजुरा जिल्लाको विद्धुत सेवा अवरुद्ध

ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ, डोटि, अछाम र बाजुरा जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । बुधवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण शुक्रवार बिहानदेखि डोटी अछाम र बाजुराको विद्युत् सेवा अवरुद्ध भएको छ । डडेल्धुराको स्याउले सवस्टेसन देखी दिपायल पिपल्ला सब स्टेसनसम्मको ३३ केभी प्रसारण लाइन फल्ट हुँदा विद्युत् सेवा अवरुद्ध हुन गएको नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख टेक बहादुर खड्काले जानकारी दिए । अवरुद्ध विद्युत् सुचारु गर्नका लागि बिहानैदेखि प्राविधिक टोली खटिएको भए पनि अहिलेसम्म कुन ठाउँमा फल्ट भएको छ भन्ने पत्ता लागि नसकेको खड्काले बताए । उनले भने, ‘अवरुद्ध लाइन मर्मतको लागि बिहानै देखि प्राविधिक खटिएका छन्, तर कहाँनिर समस्या आएको हो पत्ता लागिसकेको छैन, पानी नरोकिएका कारण काम गर्न समस्या भइरहेको छ ।’...
जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, १८ लाख बरामद

जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, १८ लाख बरामद

ताजा अपडेट, दैनिक, मुख्य समाचार, राजनीति
मोरङको ग्रामथान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । शनिबार राति जुवा खालबाट प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले १८ लाख रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान-४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका-१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान-४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका-९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् । शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान...
लागू औषधमा फँस्दै युवाहरु, कैलालीमा एकैदिन पाँच जना समातिए

लागू औषधमा फँस्दै युवाहरु, कैलालीमा एकैदिन पाँच जना समातिए

कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढी र बर्दगोरियाबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढीबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का ३२ वर्षीय तेज भट्टराई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्कालाई १ ग्राम ३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर चेक पोष्टबाट धनगढी–८ क्याम्पस चोकका २१ वर्षीय सुवास थापा २८० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। उता इलाका प्रहरी कार्यालय सुखड र बौनियाँबाट संयुक्त खटिएको प्रहरी टोलीले बर्द...
आज यिँ प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना

आज यिँ प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना

ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौं : देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको  छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ।  कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ...
धनगढीमा बाढिको वितण्डा

धनगढीमा बाढिको वितण्डा

कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी , भदौ २९ गते । धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए । उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ । बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ ।...
झापाको गिरिबन्धु टि स्टेट नजिक शंकास्पद बस्तु फेला

झापाको गिरिबन्धु टि स्टेट नजिक शंकास्पद बस्तु फेला

ताजा अपडेट, मुख्य समाचार, समाचार
झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटमा प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगिसकेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए। शंकास्पद वस्तुसँगै पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पहिला नै कतै पड्किएको कुकर बम तर्साउनका लागि त्यहाँ ल्याएर राखेको हुनसक्ने बताए। (more…)...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज