बझाङ, डोटि, अछाम र बाजुरा जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । बुधवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण शुक्रवार बिहानदेखि डोटी अछाम र बाजुराको विद्युत् सेवा अवरुद्ध भएको छ ।
डडेल्धुराको स्याउले सवस्टेसन देखी दिपायल पिपल्ला सब स्टेसनसम्मको ३३ केभी प्रसारण लाइन फल्ट हुँदा विद्युत् सेवा अवरुद्ध हुन गएको नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख टेक बहादुर खड्काले जानकारी दिए । अवरुद्ध विद्युत् सुचारु गर्नका लागि बिहानैदेखि प्राविधिक टोली खटिएको भए पनि अहिलेसम्म कुन ठाउँमा फल्ट भएको छ भन्ने पत्ता लागि नसकेको खड्काले बताए ।
उनले भने, ‘अवरुद्ध लाइन मर्मतको लागि बिहानै देखि प्राविधिक खटिएका छन्, तर कहाँनिर समस्या आएको हो पत्ता लागिसकेको छैन, पानी नरोकिएका कारण काम गर्न समस्या भइरहेको छ ।’
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३