Advertisement

ताजा अपडेट

पुर्वप्रधान्मन्त्री देउवाको गृह जिल्लामा सडक खुलाउन आफै श्रमदान गर्दै स्थानीय

पुर्वप्रधान्मन्त्री देउवाको गृह जिल्लामा सडक खुलाउन आफै श्रमदान गर्दै स्थानीय

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार
डडेलधुरा । डडेलधुरामा चाडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफैँ जुटेका छन् । वर्षाले क्षति भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रूपमा काम गर्दै आइरहेका छन् । डडेलधुरा–कञ्चनपुर जिल्लाको सिमाना चुरे पर्वतको दुर्गम बस्ती मलासका स्थानीय सडक मर्मतको काम गर्दै आइरहेका हुन् । दसैँतिहार नजिकिँदै गर्दा सडक मर्मत गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएपछि मलासवासी सडक मर्मत गर्न जुटेका हुन् । तत्कालीन जिल्ला विकास समिति डडेलधुराले डडेलधुरा–कञ्चनपुर जोड्ने महत्वपूर्ण सडकका रूपमा प्राथमिकतामा राखी साँदनी–गैरीखान–चुनापानी सडक खनेको थियो । यस सडकको गैरीखान–चुनापानी खण्ड वर्षाका कारण असार पहिलो सातादेखि अवरुद्ध भएको छ । साढे सात किलोमिटर लामो यस सडकखण्डमा यातायात सेवा सञ्चालन गर्न स्थानीय सरकारका जनप्रतिनिधिसँग पटक पटक माग गर्दा हालसम्म पनि कुनै सुनवाइ नभएको स्थानीयक...
मौसम फेरि सक्रीय बन्दै, आज राती यीँ प्रदेशमा हुनेछ भारी वर्षा

मौसम फेरि सक्रीय बन्दै, आज राती यीँ प्रदेशमा हुनेछ भारी वर्षा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, मधेस  प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।  वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। भोलि मंगलबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सम्पूर्ण प्रदेशका केही स्थानहरूमा मेघगर्जन ...
किन पक्राउ परे दुर्गा प्रसाईं ?

किन पक्राउ परे दुर्गा प्रसाईं ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । असोज २ गते जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । एक महिलाबाट दुईजनाबीचको सम्वाद सार्वजनिक गरेको भन्दै एक साताअघि साइबर ब्युरोमा प्रसाईंविरुद्ध मानहानीको जाहेरी परेको थियो । प्रसाईलाई विद्युतीय कारोबार कसुरमा मुद्दा चलाउन आजै जिल्ला अदालत काठमाठौंमा म्याद थपका लागि लगिनेछ ।...
विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र क्यानडा भिड्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ । नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेपनि सुरुवाती २ खेल गुमाएको नेपालले अपेक्षित नतिजा हात पार्न सकेको छैन । पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानडाविरुद्ध हालसम्म ४ ओडीआई खेलेको नेपालका लागि उत्तर अमेरिकी टोलिविरुद्ध बेहोरेको यो नै पहिलो हार हो ।   दोस्रो खेलमा ओमानविरुद्ध ३ परिवर्तनसहित मैदान उत्रिएपनि नेपाल १ विकेटले पराजित भएको थियो । यस खेलमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि जित हासिल गर्न सकेको थिएन । गुल्सन झाले अर्धशतक प्रहार गर्दै पाँच विकेट ...
यस्तो रहनेछ आज देशभरको मौसम

यस्तो रहनेछ आज देशभरको मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
बझाङको जयपृथ्वी नगरपालिकाले हटायो, माछा मार्न थापिएका तिप

बझाङको जयपृथ्वी नगरपालिकाले हटायो, माछा मार्न थापिएका तिप

ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
वसन्त प्रताप सिंह (more…)
कैलाली कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी

कैलाली कारागारमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी

कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिएको छ। ठेलमठेल हुने गरी जिल्ला कारागार कैदीबन्दीले भरिएको हो। १५० जना क्षमताको कारागारभित्र अहिले झण्डै ६ सयको संख्यामा कैदीबन्दी छन्। अहिले कारागारभित्र ५ सय ५७ जना कैदीबन्दी छन्। साढे ७ सयको संख्यामा कैदीबन्दी भएपछि एक सय ५० जना कैदीबन्दीलाई नयाँ कारागार कोहलपुरमा राखिएको छ। १९९७ सालमा बनेको जिल्ला कारागार कैलाली जीर्ण अवस्थामा छ। पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिन पुगेको हो। विशेष गरी लागुऔष, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैंकिङ कसुर लगायत अपराधमा दोषी ठहर भएकाहरु कैदीबन्दी जिवन विताइरहेको जिल्ला कारागार कैलालीका जेलर दिपक पाण्डेले बताए। १५० जना क्षमताको जीर्ण कारागारभित्र अहिले ५ सय ५७ कैदीबन्दी हुँलिएका छन्। जेलभित्र शौचालय जान समेत निकै लामो समय पालो कुर्नुपर्ने एक कैदीबन्दीले बताए। जिल्ला क...
वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

ताजा अपडेट, मुख्य समाचार
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो । प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । ‘विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या ब...
आज शनिवार दिन यस्तो रहनेछ मौसम

आज शनिवार दिन यस्तो रहनेछ मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया ...
आज शनिवार दिन यस्तो रहनेच मौसम

आज शनिवार दिन यस्तो रहनेच मौसम

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया ...
यसपालीको दशैँको टीकाको शुभ साइत ११:३६ बजे

यसपालीको दशैँको टीकाको शुभ साइत ११:३६ बजे

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ: यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११:३६ बजे टीकाको साइत तोकिएको छ।...
रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

ताजा अपडेट, राजनीति
काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ । सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको तथ्य खुलासा गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए । उनले १ माघ २०७७ देखि १ असार २०७९सम्म गोर्खा मिडियामा आवद्ध थिए । यअनुसार लामिछानले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ । रास्वपाका सहममहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोर्खा मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुर्पैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ । मिडिाका अध्यक्ष गितेन्द्रबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज