Advertisement

रवि लामिछानेले गोरखा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

Advertisement

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।

सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको तथ्य खुलासा गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए ।

उनले १ माघ २०७७ देखि १ असार २०७९सम्म गोर्खा मिडियामा आवद्ध थिए । यअनुसार लामिछानले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ ।

रास्वपाका सहममहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोर्खा मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुर्पैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ ।

मिडिाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)ले आर्थिक वर्ष २०७८/०७९मा ३० लाख रुपैयाा तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।

गोर्खा मिडियाले सञ्चालन अवधिका १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको देखिएको छ ।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रुपमा आएको ६५ करोड रुपैयाँ अपचलन भएको ठहर गर्दै हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रबि लामछानेमाथि समेत कारवाही गर्न संसदीय समतिको सो प्रतिवेदनले सिफारिस गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज