बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको थलारा गाउँपालिका- २ कि महामती देवी ऐडीको भीरबाट लडेर मृत्युु भएको हो ।
४३ वर्षीया ऐडीको आइतबार कुम्ल भन्ने स्थानमा घाँस काट्ने क्रममा भीरबाट लड्दा घटना स्थलमै मृत्यु भएको वडा सचिव नवराज गिरिले जानकारी दिए ।
मृतकका ऐडीका घरमा श्रीमान दुई छोरा र एक छोरी रहेका छन ।

