Advertisement

सुदूरपश्चिम

बाजुराको रामेश्वरी माविमा खानेपानी अभाव, विद्यार्थीले घरबाटै पानी बोकेर लिनुपर्ने बाध्यता

बाजुराको रामेश्वरी माविमा खानेपानी अभाव, विद्यार्थीले घरबाटै पानी बोकेर लिनुपर्ने बाध्यता

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार
बाजुरा– जिल्लाको त्रिवेणी नगरपालिका–५ स्थित रामेश्वरी माध्यमिक विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको चरम अभाव कायम छ। समस्या समाधानका लागि पटक–पटक माग गरिए पनि अहिलेसम्म कुनै पहल भएको छैन। खानेपानी नहुँदा विद्यालयका २८० विद्यार्थी घरबाटै बोतलमा पानी ल्याएर पिउन बाध्य छन्। शौचालयमा पानी नहुँदा दुर्गन्धित बनेको र प्रयोग गर्नै नसकिने अवस्था रहेको कक्षा १० का विद्यार्थी सुशील बुढाले बताए। “धारा छ तर पानी आउँदैन, शौचालय छ तर सफा छैन,” उनले भने। विद्यालयका प्रध्यानाध्यापक टेकराज जोशीका अनुसार खानेपानी अभावकै कारण विद्यार्थीलाई पढाइमा समेत असर परेको छ। टाढा घर भएका विद्यार्थीहरूलाई अझ बढी समस्या हुने गरेको उनले बताए। विद्यालय व्यवस्थापन समितिले नगरपालिकासमक्ष बारम्बार मागपत्र बुझाए पनि सुनुवाइ नभएको उनको भनाइ छ। वडा अध्यक्ष डिल्ली बुढाले समेत रामेश्वरी मावि खानेपानी संकटबाट गुज्रिएको स्व...
बझाङका दुई विद्यालयलाई सुविधा सम्पन्न शौचालय हस्तान्तरण

बझाङका दुई विद्यालयलाई सुविधा सम्पन्न शौचालय हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयलाई सुविधा सम्पन्न शौचालय हस्तान्तरण गरिएको छ। प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा केदारस्यूँ गाउँपालिका–३ को केदार आधारभूत विद्यालय र वडा नं. ६ को भूमिदेव आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको हो। करिब १५ लाख रुपैयाँ लागतमा बनेका शौचालय मंगलबार एक कार्यक्रमबीच प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीलाई हस्तान्तरण गरेका हुन्। शौचालय हस्तान्तरण कार्यक्रमको अवसरमा अध्यक्ष केसीले दुर्गम विद्यालयका बालबालिकाको स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखी सुविधा सम्पन्न संरचना निर्माण गरिएको बताए। उपाध्यक्ष धामीले शौचालय बनेपछि विद्यार्थीको स्वास्थ्य, उपस्थिती र अध्ययन वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।...
कैलालीको लम्कीचुहाका ७० वर्षीय वृद्ध बेपत्ता

कैलालीको लम्कीचुहाका ७० वर्षीय वृद्ध बेपत्ता

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीका एक ७० वर्षीय वृद्ध बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ बि टोलका ७० वर्षीय वीरबहादुर गौतम बेपत्ता भएका हुन् । मानसिक सन्तुलन ठिक नभएका गौतम आज (बुधबार) दिउँसो साढे १२ बजेतिर घरबाट निस्किएका थिए। पारिवारिक स्रोतका अनुसार निलो सर्ट, कालो हाफ पाइन्ट लगाएका र कालो झोला बोकेका गौतम अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनलाई कतै फेला परेमा नजिकैको प्रहरी कार्यालय लम्कीमा वा ९८४८४२८११७ र ९८४८४२०८६५ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।...
अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७३ वर्षीय वृद्धको मृत्यु

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछाममा राष्ट्रिय परिचयपत्र बनाउन गएका तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको मृत्यु भएको छ। मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा पुगेका कामी कार्यालय परिसरमै अचानक ढलेका थिए। तत्कालै उनलाई नजिकैको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले साढे १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। स्थानीयका अनुसार कामी कमलबजार नगरपालिका–२, कालापोखरास्थित नगरपालिकाको ग्राउन्डतर्फ जाँदै गर्दा ढलेका थिए। टाढा घर भएकाले आफन्त आइपुगेपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। सामाजिक सुरक्षा भत्ता पाउन सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक वा आर्थिक रूपमा अशक्त व्यक्तिहरूलाई कष्टकर यात्रा र ...
सेनाको सुदूरपश्चिम पृतनापतिमा केसी

सेनाको सुदूरपश्चिम पृतनापतिमा केसी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली सेनाको सुदूरपश्चिम पृतनापतिमा किरण केसी नियुक्त भएका छन्। निवर्तमान पृतनापति प्रकाश देउजाको सरुवा भएपछि केसीलाई खटाइएको हो। प्रधान कार्यालयका अनुसार केही दिनमै उनले नयाँ जिम्मेवारी सम्हाल्नेछन्। केसी यसअघि पनि सुदूरपश्चिममा सेवा गरिसकेका छन्। अघिल्लो वर्ष उपरथीमा बढुवा भएका उनले उपरथी सागरबहादुर थापा अनिवार्य अवकाश गएपछि रिक्त पदमा नियुक्ति पाएका हुन्।...
सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिकाकी बालिका सम्झना विकको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बझाङलमा ज्ञापनपत्र बुझाइएको छ। युवा संगठन नेपाल बझाङ जिल्ला कार्यसमितिले मंगलबार प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई हत्या भएको ६ वर्ष वितिसक्दा समेत सम्झनाको परिवारले क्षतिपूर्ति नपाएको भन्दै तत्काल क्षतिपूर्ति उपलब्ध मागसहित ज्ञापनपत्र बुझाएको हो । २०७७ असोज ७ गते सम्झनाकै गाउँका एक किशोरले गोठ हिँडेकी बालिका सम्झनालाई गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला भन्ने जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए । घटनापछि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्लामा सात दिनसम्म आक्रोशित स्थानीय आन्दोलित भएका थिए । २०७७ असोज १४ गते आन्दोलनरत स्थानीय तथा प्रमुख जिल्ला अधिकारीबीच १० लाख क्षतिपूर्ति दिने र ...
कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन

कैलारी गाउँपालिकामा परियोजनाको अनुगमन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलारी गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल कल्याण संघ र दिगो विकास समाजले सञ्चालन गरिरहेको पिसीइएसपी र एनआरएल परियोजनाको पालिका स्तरीय अनुगमन तथा मूल्यांकन (एल,डिपीएसी) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरी, वडा नं.–८ का अध्यक्ष तारामल कठरिया, बाल संरक्षण अधिकारी, योजना शाखा प्रमुख, वडा स्तरिय कृषि शाखा प्रमुख, बाल कल्याण संघकी कार्यक्रम संयोजक राधिका गिरी, फिल्ड अधिकृत पर्शुराम चौधरी, दिगो विकास समाजका कार्यक्रम अधिकृत जगत भाट, बजार सहजकर्ता रञ्जित चौधरी लगायतको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा वडा नं.–८ मा सञ्चालन भइरहेका रूपान्तर कक्षा, सकारात्मक अभिभावकत्व कार्यक्रम, विद्यालय छोडेका बालबालिकाको विद्यालय पुनरागमन पहल, च्याउ उत्पादन समूहलगायतका गतिविधि अवलोकन गरिनुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर...
कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

कैलालीको गौरीगंगा १० र ११ मा सञ्चालित परियोजनाहरूको अनुगमन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरेको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालसँग साझेदारीमा बाल कल्याण संघ टिकापुर र दिगो विकास समाज भजनिको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको हो। गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमको संयोजकत्वमा गएको अनुगमन टोलीले आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक संलग्नता, स्पोन्सरसिप, अभिभावक शिक्षा, अन्तरपुस्ता संवाद, कृषि उत्पादन समूह, कृषि फर्म, बाल अधिकार समिति र बालमैत्री स्थानीय शासनअन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ । परियोजना मार्फत सञ्चालित गतिविधिहरूको प्रगति समिक्षा गर्नका लागि अनुगमन गरिएको जनाइएको छ । स्थानीयले अनुगमन टोलीसंग बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण र दुर्व्यसन अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। स...
केदारस्यूँ गाउँपालिकामा सोमबार शोक विदा

केदारस्यूँ गाउँपालिकामा सोमबार शोक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले सोमबार शोक विदा दिएको छ। गाउँपालिकाले आफ्ना कर्मचारी गणेश बहादुर रावलको असामयिक निधनप्रति शोक प्रकट गर्दै भाद्र २ गते सोमबार एक दिनका लागि शोक विदा दिने निर्णय गरेको हो। केदारस्यू गाउँपालिका–२ महरगाउँका स्थानीय र वडा नम्बर १ मा कार्यालय सहयोगी पदमा कार्यरत रावलको साउन ३१ गते सवारी दुर्घटनामा परि उपचारका क्रममा निधन भएको थियो। उनको निधनले गाउँपालिकामा अपूरणीय क्षति पुगेको भन्दै सोमबार पालिका मातहतका सबै कार्यालय बन्द रहने जनाइएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषा धामी र प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टले संयुक्त विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।...
कैलाली कारागार झडपपछि कैदीहरू मागअनुसार अन्यत्र स्थानान्तरण

कैलाली कारागार झडपपछि कैदीहरू मागअनुसार अन्यत्र स्थानान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली कारागारमा भएको झडपपछि घाइते कैदीबन्दीलाई मागअनुसार अन्य कारागारमा स्थानान्तरण गरी व्यवस्थापन गर्ने काम भइरहेको छ । अस्पतालबाट उपचार गरेर फर्किएका कैदीबन्दीलाई स्वास्थ्यलाभका लागि थप समय आवश्यक भएकाले तत्काल रोजेको कारागारमा पठाउने व्यवस्था गरिएको हो । हालसम्म अस्पतालबाट फर्किएका मध्ये ६ जनालाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।। गत साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररतमध्ये नौ जनाबाहेक सबै डिस्चार्ज भइसकेका छन्। घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ...
सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशभर आज हर्षोल्लासका साथ मौलिक पर्व ओल्के मनाइँदैछ। ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। यस दिन आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल, अन्न, दूध, दही, घिउ, गुड, पक्वान र अन्य परिकार ओल्कोका रूपमा दिने चलन छ। बिहानै धुहाइधुवाई गरी मीठो–मसिनो खाने, हातमा मेहेन्दी लगाउने र कृषिसम्बन्धी औजार तथा फलफूल आफन्तलाई दिने परम्परा पनि यसैसँग जोडिएको छ। संस्कृतिविद् जयानन्द भट्टका अनुसार वर्षायाम सकिएपछि संकटबाट मुक्त भई नवजीवन प्राप्त भएको खुसीयालीमा यो पर्व मनाउने चलन बसेको हो। धेरै ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने प्रथा पनि रहिआएको छ। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाभन्दा अलग, मौलिक र जेठो पर्वका रूपमा सुदूरपश्चिममा प्रचलित छ। यसलाई सिंह सङ्क्रान्ति पनि भनिन्छ। पण्डित दयाकृष्ण पन्तका अनुसार, ओल्को...
जसको कोही छैन, त्यसको प्रशासन

जसको कोही छैन, त्यसको प्रशासन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- जसको कोही छैन, त्यसको जिल्ला प्रशासन” भन्ने भनाइलाई सत्य साबित गर्दै बुङगल नगरपालिकामा भएको रोजगार संयोजकको परीक्षा निष्पक्ष र पारदर्शी भएको पाइएको छ । नगरपालिकाले एक सिटका लागि भर्ना खोलेको रोजगार संयोजक पदमा १० जनाले आवेदन दिएका थिए । तर, शनिबार जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा भएको परीक्षामा ६ जना मात्र सहभागी भए । सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशी विषय विज्ञका रुपमा परीक्षामा उपस्थित हुनु भएको थियो । स्थानीयबासीका अनुसार जिल्ला प्रशासनले लिएको परीक्षा निष्पक्ष र पारदर्शी भएको छ । सहभागी परीक्षार्थीले पनि प्रशासनले पहुँच र पावरभन्दा बाहिर गएर न्यायपूर्ण ढंगले परीक्षा सञ्चालन गरेको भन्दै प्रशंसा गरेका छन् । “मसँग कोही थिएन, तर प्रशासनले निष्पक्ष परीक्षा लिन्छ भन्नेमा ढुक्क थिएँ । अन्ततः परीक्षा मर्यादित, निष्पक्ष र पारदर्शी भयो,” एक परीक्षार्थीले प्रतिक्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज