Advertisement

सुदूरपश्चिम

भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भूमि अधिकार तथा श्रमिक संगठन र किसान महासंघ बझाङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: भूमि अधिकार तथा श्रमिक संगठन जिल्ला समिति बझाङ र अखिल नेपाल किसान महासंघ जिल्ला समिति बझाङले संयुक्त रूपमा आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा सरकारद्वारा २०८२ असोज २२ गते गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगको पुनर्गठन गरी भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा श्रमिक वर्गका जनताको दीर्घकालीन समस्या तत्काल समाधान गर्न माग गरिएको छ। संगठनका अनुसार आयोग विघटनपछि भूमिहीन र सुकुम्बासी समुदाय पुनः अनिश्चिततामा परेको कारण सरकारले छिटो कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको हो। ज्ञापनपत्र बुझाउने टोलीमा भूमि आयोगका केन्द्रीय महासचिव लोकेन्द्र सिंहको नेतृत्व रहेको थियो। टोलीमा भूमि आयोग बझाङका पदाधिकारीहरू समेत सहभागी थिए।...
मष्टा गाउँपालिकाको कार्यालयमा जेन-जी समूहद्वारा अनिश्चितकालीन तालाबन्दी

मष्टा गाउँपालिकाको कार्यालयमा जेन-जी समूहद्वारा अनिश्चितकालीन तालाबन्दी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको मष्टा गाउँपालिकाको कार्यालयमा जेन–जी समूहले अनिश्चितकालीन तालाबन्दी गरेको छ। मष्टा गाउँपालिका–१ का जेन–जी समूहका सदस्यहरूले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्। समूहका संयोजक हिमाल खड्काका अनुसार गाउँपालिकासँग राखिएका मागहरूको सुनुवाइ नहुँदा तालाबन्दी गर्न बाध्य भएको हो। उनका भनाइमा, मष्टा–१ का स्थानीय समस्याहरू समाधान गर्न पटक–पटक गाउँपालिकामा गए पनि सम्बन्धित निकायले वेवास्ता गरेकाले अन्ततः तालाबन्दी गरिएको हो। खड्काले मागहरू पूरा नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन्। समूहले वडामा खानेपानी र सडक सुधार, पातलगडामा पुल निर्माण, विद्युत् आपूर्तिको सुनिश्चितता, सहकारीमार्फत हिनामिना भएको रकम फिर्ता गरी दोषीमाथि कारबाही गर्नुपर्ने तथा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने माग राखेको जनाएको छ। यस्तै थलारा गाउँपालिकामा गत मंगलबार...
बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प, मध्यरातमा स्थानीय त्रसित

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प, मध्यरातमा स्थानीय त्रसित

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा केन्द्रविन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर ८ मिनेटमा भूकम्प गएको हो । जिल्लाको दातोला केन्द्रबिन्दु भएर ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। भूकम्पका कारण क्षति भए नभएका अहिलेसम्म कुनै बिवरण आउन सकेको छैन ।...
पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न, प्रभावित क्षेत्रको तथ्यांक संकलनदेखि सेयर वितरणसम्मका निर्णय…

पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न, प्रभावित क्षेत्रको तथ्यांक संकलनदेखि सेयर वितरणसम्मका निर्णय…

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
देउरा- बझाङमा पश्चिम सेती जलविद्युत परियोजना अन्तर्गत पश्चिम सेती सरोकार समाजको बैठक बसेको छ । केदारस्यूँ गाउँपालिका-१ देउरमा मंगलबार वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि रिपोर्ट संकलन लगायतका बिषयमा छलफल गर्न बैठक बसेको हो । समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले तथ्यांक संकलन, सेयर वितरण र सार्वजनिक सुनुवाइ सम्बन्धि छलफल गरेको जनाइएको छ। भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले निर्माण गर्ने पश्चिम सेती जलविद्युत परियोजनाको वातावरणीय अध्ययन गरि डिपिआर(DPR) निर्माणका लागि आयोजनाबाट प्रभावित क्षेत्रको तथ्यांक संकलन गरिने भएको छ । उक्त क्षेत्रमा रहेका आर्थिक,भौतिक, सांस्कृतिक, धार्मिक, जल, वातावरणफ जंगल,बाटोघाटो,बिरुवा, जग्गाजमिन गरि सबै पक्षको तथ्यांक संकलन गर्नुपर्ने निर्णय बैठकले गरेको छ । प्रभावित क्षेत्रमा केदारस्यूँ गाउँपालिका वडा नं १, २ थलारा गाउँपालिका ...
धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुँदै

धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेलन हुनेभएको छ। "भाषा, संस्कृति र पर्यटन हाम्रो पहिचान–संरक्षण र विकास हाम्रो अभियान" भन्ने नाराका साथ बझाङी भाषा, संस्कृति तथा पर्यटन सम्बन्धी प्रथम सम्मेल- २०८२ धनगढीमा हुने भएको हो । उक्त सम्मेलन सुर्मादेवी बझाङी समाज धनगढीको आयोजनामा, बझाङी समाज काठमाडौंको तत्त्वावधानमा तथा बझाङी समाज अत्तरिया र अन्य सरोकारवालाहरूको सहकार्य र समन्वयमा उक्त सम्मेलन कार्तिक १ गते सनिवार आयोजना गर्न लागिएको जनाइएको छ । सम्मेलनमा बझाङी समुदायको मौलिक भाषा, संस्कृति र पर्यटनका सम्भावना विषयमा कार्यपत्र प्रस्तुतिका साथै विविध सांस्कृतिक प्रस्तुति, नृत्य र झाँकी प्रदर्शन हुने बताइएको छ। आयोजक समितिका अनुसार, यस सम्मेलनले बझाङी समुदायको पहिचान, भाषा संरक्षण, सांस्कृतिक उत्थान र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ, भने बझाङी पहिचानला...
बझाङमा उपाध्यक्षसहितको टोली चढेको सरकारी स्कारपियो दुर्घटना

बझाङमा उपाध्यक्षसहितको टोली चढेको सरकारी स्कारपियो दुर्घटना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथलि गाउँपालिकाका उपाध्यक्ष जनक बहादुर दौल्याल सहितको टोली सवार सरकारी स्कारपियो दुर्घटना भएको छ । जिल्लाको बागथला बुङ्गल सडक खण्ड अन्तर्गत केदारस्यूँ गाउँपालिका–४ रतागडा खोलामा सोमबार राति उपाध्यक्षसहितको टोली सवार सरकारी स्कारपियो जिप दुर्घटना भएको हो । बुङ्गल नगरपालिकाको झापा स्थित कन्या माध्यमिक विद्यालयमा आयोजित प्रथम भीम-सुवास बि.सि.एस् सुपरकप क्रिकेट प्रतियोगिता हरेर फर्किने क्रममा गाउँपालिकाको सु.प.प्र.०१–००१ झ ३७८ नम्बरको सरकारी स्कारपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पालिका गाडी चालक दुर्गाथलि-१ का कुबेर बिष्टले चलाएको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५–६ मिटर तल खसेको जनाइएको छ । जिपमा चालकसहित ६ जना सवार रहेका थिए। उक्त गाडीमा उपाध्यक्ष दौल्याल, वडा नं ७ का वडाध्यक्ष सुरज बहादुर दौल्याल, जयपृथ्वी नगरपालिकाका- ९ का हंश ...
बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

Breaking News 2, कन्चनपुर, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ पानकोटमा करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ घर भई विद्युत सम्बन्धि काम गर्ने २० वर्षीय अनिल रानाको मृत्यु भएको हो। सोमवार राना विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागेर घाईते भएका थिए। उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएको भएपनि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।...
डोटीमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु

डोटीमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु

Breaking News 1, कैलाली, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका–३ देवल भन्ने स्थानमा मंगलबार बिहान भएको दुर्घटनामा सोही गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। कैलालीको सुखडबाट डोटीको देवलतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप सापट भाँचिँदा सडकमा पल्टिँएको प्रहरीले जनाएको छ। जिप कैलालीको घोडाघोडी नगरपालिका–८ मैनापोखरीका २७ वर्षका सरोज विकले चलाइरहेका थिए। जिपमा नौ जना सवार रहेकामा अन्य आठ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक पदमराज भट्टको कमान्डमा चार जनाको टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ।...
कैलालीको गोदावरीमा युवकमाथि धारिलो हतियार प्रहार गर्ने १० जना पक्राउ

कैलालीको गोदावरीमा युवकमाथि धारिलो हतियार प्रहार गर्ने १० जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जना पक्राउ परेका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि गोदावरीस्थित शुभम् होटलमा नास्ता खाइरहेका बेला धारिलो हतियार प्रहार गरिएको थियो। घटनापछि फरार समूहका सदस्यलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ नजिकैबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्नी नेपालीसहित १० जना रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू “कोब्रा सरकार” नामले परिचित ग्याङका सदस्य हुन्। उक्त समूहको नेतृत्व सन्नी नेपालीले गर्दै आएको बताइएको छ। गौरव ऐरमाथि राति करिब ११ बजेतिर होटलमा बसेर नास्ता खाइरहेका बेला बाहिरबाट आएको समूहले आक्रमण गरेको थियो। गम्भीर घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि अत्तरिया अस्पताल र न...
विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै विपिनकी ठूलीआमा नन्दा जोशी बसेकी थिइन् । उनी विपिनका बुबा महानन्दलाई भेट्न आएकी थिइन् । महानन्द भने बिहानै घरमा ताल्चा लगाएर भीमदत्त नगरपालिका–१ बारकुन्डामा आफन्तको घर गएका थिए । फलफूलका पोकासहित च्यानल गेट नजिकै बसेकी ठूलीआमालाई लैजान विपिनका दाइ (ठूलोबुबाका छोरा) किशोर जोशी घरमा पुगे । उनको मोबाइलमा एकपछि अर्को गरी लगातार फोन आइरहेको थियो । आफन्तदेखि सञ्चारकर्मी सबैले विपिनको अवस्थाबारे जानकारी खोजिरहेका थिए । घरमा पुग्ने अधिकांशले विपिनका बुबा महानन्दलाई खोजिरहेका थिए । किशोरले काका श्राद्धमा गएको र अहिले धेरै कुरा गर्दा अप्ठेरो हुने भनिरहेका थिए । बिहान भएको फोनबारे पनि उनले काकालाई जानकारी नगराएको बताए । महानन्दसँग भेट्न खोज्ने ...
बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात, ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुराबाट यस वर्ष करिब ५ सय कुईन्टल स्याउ निर्यात गरिएको छ । किसानहरूले उत्पादन गरेको स्याउ जिल्लाबाहिरका बजारतर्फ निर्यात गरिएको हो । नेपालगञ्ज, धनगढी र सुर्खेतका बजारमा करिब ७५ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको अनुमान गरिएको छ। जिल्लाको करिब ५०४ हेक्टर क्षेत्रफलमा स्याउका बगैँचा फैलिएका छन्, जसमध्ये २०८ हेक्टरमा उत्पादन भइरहेको छ। स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा जस्ता उच्च पहाडी क्षेत्रमा स्याउ खेती फस्टाएको छ। करिब २ सयभन्दा बढी किसान व्यावसायिक रूपमा स्याउ खेतीमा संलग्न छन्। तर, मनसुनको समयमा सडक अवरुद्ध हुने र ढुवानीमा समस्या आउने भएकाले धेरै स्याउ बारीमै कुहिने वा गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था आउने गरेको किसानहरूको गुनासो छ। कृषि ज्ञान केन्द्र, बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बजार अभाव, ढुवानी कठिनाइ र गुणस्तर विभाजनको ज्ञान नहुँदा किसानले अपेक्षित आम्दानी पाउन नस...
बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो

बुङ्गलमा आयोजित प्रथम भीम-सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि टिकापुर युथ क्लब दुर्गाथलि ७ ले जित्यो

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित प्रथम भीमसुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। बुङ्गल क्रिकेट समाजले भीम धामी र सुवास बोहराको स्मृति तथा महान चार्ड दसैं तिहारको अवसरमा आयोजना गरेको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि टिकापुर युथ क्लब दुर्गाथलि गाउँपालिका ७ ले जितको छ। उपाधिका लागि भएको फाइनल खेलमा आयोजक बुङ्गल क्रिकेट समाजलाई ४ रनले हराउँदै टिकापुरले उपाधि जितेको हो । प्रतियोगिताको उपविजेता टिकापुर सँग झिनो रनले पराजित भएको आयोजक टिम बनेको छ । त्यस्तै तृतीय सुर्मा गाउँपालिका भएको आयोजकले जनाएको छ । प्रथम भीम सुबास सहिद बि.सि.एस सुपरकप क्रिकेट प्रतियोगिताको उपाधि बिजेता टिकापुरले नगद ९९ हजार ट्रफी प्रमाणपत्र, उपविजेता आयोजक टिमले नगद ४९ हजार ट्रफी प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । यसैगरी तृतीय सुर्मा गाउँपालिकाले ३० हजार ट्रफी ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज