अनलाइन टिभी पत्रकार संघ कैलालीको अध्यक्षमा – आलोक
चिसापानी- अनलाइन टिभी पत्रकार संघ नेपाल कैलालीको अध्यक्ष मा आलोक जङ्ग साउँद (भरत) सर्वसम्मत चयन भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिकाको चिसापानी सिद्धबाबा होटलमा बुधबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट बिहीबार साउँदको अध्यक्षतामा ९ सदस्यीय नेतृत्व चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा रमेश ऐडी, सचिव पदमा रमीत पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सहसचिव पदमा तिलखराज ढुङ्गाना चयन भएका छन् । ढुङ्गाना कामना टेलिभिजनका संवाददाता समेत हुन् । कार्य समिति सदस्यमा सागर चौधरी, प्रेम कामी, गणेशबहादुर बिष्ट , यज्ञराज अवस्थी चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष साउँदले अनलाइन टिभीका क्षेत्रमा संस्थागत विकास, संस्थाको नीति तथा योजना निर्माणमा काम गर्ने, अनलाइन टिभीका क्षेत्रमा आवद्ध पत्रकारको क्षमता अभिवृद्धि गर्नुका साथै प्रविधिगत विकासमार्फत टिभीलाई अझ प्रभावकार...











