Advertisement

कैलाली

कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिट थप ४५ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ...
अल्पायुमै निधन भएका पत्रकार खत्रीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार

अल्पायुमै निधन भएका पत्रकार खत्रीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: डोटीका पत्रकार दीर्घ खत्रीको गोदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ । खत्रीको शनिवार गोदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चौतारीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेको छ । अन्तिम श्रद्धाञ्जली सभामा संगठनका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सह इन्चार्ज सुशील ढुंगाना, कैलाली इन्चार्ज हरि जोशी, डोटी इन्चार्ज सरस्वती साउद, प्रदेश उपाध्यक्ष मीन ठकुरी,महासचिव भानुभक्त आचार्य, कैलाली अध्यक्ष जनकसिंह विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, सुदूरपश्चिमका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष बद्री सिग्देल,प्रेस युनियनका जिल्ला र प्रदेशका पदाधिकारी, महासंघ सुदूरपश्च...
महाराष्ट्रमा नेपाली युवा राजु चौधरीको रहस्यमय मृत्यु, शव नेपाल ल्याउने तयारी

महाराष्ट्रमा नेपाली युवा राजु चौधरीको रहस्यमय मृत्यु, शव नेपाल ल्याउने तयारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारतको महाराष्ट्र राज्यअन्तर्गत रत्नागिरी जिल्लाको राजापुर क्षेत्रस्थित एक उद्योगमा कार्यरत नेपाली युवा राजु चौधरीको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। कैलालीको गौरिगङ्गा नगरपालिका–४, राजीपुर खल्ला शिविरका अन्दाजी २३/२४ वर्षीय चौधरी विगत दुई वर्षदेखि सोही क्षेत्रमा श्रमिकको रूपमा कार्यरत थिए। उनको असमायिक र शंकास्पद मृत्युको खबरले प्रवासी नेपाली समुदाय स्तब्ध भएको छ। दैनिक श्रम मार्फत परिवारको भविष्य सुनिश्चित गर्ने प्रयासमा रहेका चौधरीको निधनले परिवार, समाज र प्रवासी नेपालीबीच शोकको वातावरण छाएको छ। मृतक चौधरीको पार्थिव शरीर नेपाल ल्याई परिवारको जिम्मा लगाउने पहल गौरिगङ्गा नगरपालिका युवा क्लबका अध्यक्ष मुक्ति खनाल, मृतकका आफन्तजन र प्रवासी नेपाली सम्पर्क मञ्च–भारत का केन्द्रीय उपप्रमुख दिपक राज आचार्य को विशेष समन्वयमा गरिएको हो। हाल शव नेपाल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जना...
धनगढीमा गाडिएको शव उत्खनन्, मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

धनगढीमा गाडिएको शव उत्खनन्, मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा गाडिएको अवस्थामा भेटिएको एक पुरुषको शव प्रहरीले उत्खनन् गरेको छ। बिहीबार प्रहरीले ३५ वर्षीय गणेश गिरीको शव गाडिएको स्थानबाट बाहिर निकालेको हो। गिरीको शव परम्पराअनुसार अन्त्येष्टि गरिएको भनिए पनि पछाडि उनी हत्या गरेर गाडिएको खुलेपछि प्रहरीले उत्खनन् गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार असार २८ गते राति मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहराले ‘एयरफोन चोरी गरेको’ आरोपमा कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते गिरीको असार ३० गते मृत्यु भएको थियो। हत्या भएको सूचना पाएपछि प्रहरीले गिरीका भान्जा प्रदीप बोहरा र मृतककै सहोदर भाई ३३ वर्षीय पदम गिरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पदम गिरीले घटनामा मतियारको भूमिका खेलेका छन्। मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ भने पक्राउ...
भन्सार कार्यालय कैलालीद्वारा ८ अर्ब ६६ करोड राजस्व संकलन

भन्सार कार्यालय कैलालीद्वारा ८ अर्ब ६६ करोड राजस्व संकलन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जिल्ला भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष २०८१/८२ मा कुल ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिका लागि ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। तर, लक्ष्यको मात्र ७७.६७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार संकलित राजस्वमध्ये भन्सार महसुलबाट ३ अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ३ अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कबाट २१ करोड ४४ लाख र अन्य शीर्षकहरूबाट १ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ। महिनावारी विवरणअनुसार साउनदेखि असारसम्म राजस्व संकलन यस्तो रहेको छ: साउन: ५७ करोड ५० लाख भदौ: ५३ करोड ८४ लाख असोज: ६७ करोड २४ लाख कात्तिक: ६२ करोड ७८ लाख मंसिर: ८१ करोड १३ लाख पुस: ६५ करोड ८७ लाख माघ: ७३ करोड २ लाख फा...
“तँ को होस ?”भन्दा नगर प्रमुखका स्वकीयबाट कुटिए गौरिगंगाका हाकिम

“तँ को होस ?”भन्दा नगर प्रमुखका स्वकीयबाट कुटिए गौरिगंगाका हाकिम

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका नगरप्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेका छन् । नगरप्रमुख कडेलका अनुसार लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतले आफू 'हाकिम' भएको घमण्ड देखाउँदै कार्यपालिका बैठक नबोलाउने, नगरपालिकाका कार्यक्रमहरूमा उपस्थित नहुने लगायतका गतिविधि गर्दै आएका थिए । आज सोही विषयमा छलफल गर्न नगरप्रमुख कडेलले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा बोलाएका थिए। पहिलो र दोस्रो पटक बोलाउँदा पनि नआएपछि तेस्रो पटक सचिव जोशीलाई बोलाउन पठाइएको थियो तर, सो क्रममा झगडा चर्किएर हातपातसम्म पुगेको हो । सचिव उमेश जोशीका अनुसार, "मैले तिनपटक बोलाएर पनि आउनुभएन" भनेपछि आफू जस्ता व्यक्तिका आदेशमा नआउने भन्दै ‘त को होस र? भन्दै आपत्तिजनक शब्द प्रयोग गर्नुभयो । त्यसपछि मैले आवेशमा आएसँगै हात चलाएँ ।" घटना भएपछि इलाका प्रहरी कार्...
धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी: पोखरा विश्वविद्यालय अन्तर्गतका बिबिए, बिएचएम, बिबिए (फाइनान्स) कार्यक्रमहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमीले निःशुल्क छात्रवृत्ति प्रवेश तयारी कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ । शिक्षा क्षेत्रमा धेरै अनुभव संगाल्दै आएको एनडब्लुए कलेजले आगामी श्रावण ७ गते बिहान ८:३० बजेदेखि तयारी कक्षा प्रारम्भ गर्ने जनाएको छ। उक्त तयारी कक्षा विशेषगरी हालसालै प्रवीणता तह परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरिएको हो । कलेजका निर्देशक शैलेस सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “हामी निःशुल्क छात्रवृत्तिका कक्षाहरू सञ्चालन गर्न गइरहेका छौं । यसमा आफ्ना नानी–बाबुहरूलाई समावेश गर्दै, पोखरा विश्वविद्यालयबाट प्रदान गरिने छात्रवृत्तिको अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछौं।” विद्यार्थीहरूलाई गुणस्तरीय तयारी गराई पोखरा विश्वविद्यालय अन्तर्गतको...
घोडाघोडीमा हरिहाँसको संख्या घट्यो

घोडाघोडीमा हरिहाँसको संख्या घट्यो

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको संख्या घटेको छ। यस वर्ष गर्मीयामको गणनामा हरिहाँसको संख्या १२६ मात्र रहेको नेपाल पक्षी संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिए। अघिल्लो वर्ष यो संख्या २२५ थियो। नेपाल पक्षी संरक्षण संघ (बिसिएन) र डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा असार २४ देखि २६ गतेसम्म गणना गरिएको हो। गर्मीयाम ‘ब्रिडिङ सिजन’ भएकाले हरिहाँसहरू अन्य सिमसार क्षेत्रमा गएर देखिने संख्या कम हुने गरेको बताइएको छ। घोडाघोडी ताललाई सन् २००३ मा रामसार सूचीमा राखिएको थियो। त्यति बेला यहाँ करिब १,००० हरिहाँस रहेका थिए। तर पछिल्लो समय प्राकृतिक बासस्थानको विनाश, विषादीको प्रयोग र मानवीय गतिविधिका कारण चराको संख्या घट्दो क्रममा छ। चरासम्बन्धी अध्ययन गर्ने संस्था चरा संरक्षण नेटवर्कका अनुसार सन् २०२३ मा हरिहाँसको संख्या २१२, सन् २०२४ मा २२५ र अह...
गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, उद्दार गरिएकामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, ३५ वर्षीय विकट सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिर सार्की तथा वेदकोट नगरपालिका–७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन्। उनीहरू श्राद्ध गर्न गोदावरी नदीमा गएका बेला एक्कासी आएको बाढीका कारण टापुमा फसेका थिए। बाढीको जानकारी प्राप्त भएलगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी इञ्जिनियर गोगन बहादुर हमाल उद्दार टोलीसहित घटनास्थल पुगेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले उद्दार कार्य सम्पन्न गरेको थियो। गोदावरी नगरपालिकाका मेयर विरेन्द्...
बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्वकृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत लगाइएको आरोप निराधार देखिन थालेको छ । आयोगले उठाएको पावर टिलर कमिसनको विषयवस्तु बजेट तथा योजना दस्तावेजमै नदेखिएपछि आरोपको आधार झनै कमजोर देखिएको छ । प्रदेश सरकारको २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रम, बजेट विवरण तथा कृषि मन्त्रालय अन्तर्गतका वार्षिक योजनाहरूमा कहीँ पनि पावर टिलर खरिद र वितरणसम्बन्धी कार्यक्रम उल्लेख छैन । मन्त्रालयका आन्तरिक कागजात र बजेट शिर्षक अनुसार मन्त्रालयले उक्त वर्षमा मिहेनती किसान लक्षित मलबीउ वितरण, सीप विकास तालिम, कृषि प्राविधिक परिचालन, सिंचाइ अनुदानलगायतका कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर पावर टिलर खरिद भने न बजेटमा समावेश गरिएको थियो, न कार्यान्वयन स्तरमा अघि बढाइएको थियो । पावर टिलर खरिद गर्ने बजेट कहिँ कतै नभएको (२०८०/८१ को मन्त्रालयको...
डुवानमा परेको धनगडी

डुवानमा परेको धनगडी

कैलाली, ताजा अपडेट, मनोरञ्जन, विचार, सुदूरपश्चिम
दिपेन्द्र धामी, धनगढी- सुदूरपश्चिमकाे प्रमुख सहर धनगढी अहिले केवल सहर मात्रै होइन, एउटा यथार्थदर्शी कथा बन्न पुगेको छ। दुःख, डुवान र गर्मी सही नसक्नु छ। यहाँको जनजीवन गर्मी र वर्षा लागेसँगै डुवानको चपेटामा पर्दै आएको छ। याे सहरमा वर्षा सुरु हुने बित्तिकै बस्ती डुब्न थालेका छन। मानिसहरूकाे दैनिकि जीवनको सट्टा दैनिक पीडामा फस्न बाध्य हुन्छन्। यस पटकको वर्षा झनै भयावह बन्यो। एकछिनको झरीले सडक डुबायो,घरका जग डुवायाे, गर्मीको याे समयमा पनि पसिनाले भिजेर जीउ सुक्न नपाउँदै, बर्खाको भेलमा जिन्दगी डुबेर बाँच्नै मुस्किल छ भन्दा कुनै फरक प्रदैन । यो धन्गढीको मात्र कथा होइन, यो सिंगो नेपाल देशको कथा हो, जहाँ एक घण्टा झरी पर्‍यो भने जीवन नै अस्तव्यस्त हुन्छ। गर्मीको चर्को मौसममा, धुलो र घामले मानिसको शरीर जलाउँछ। तातो सडकमा हिँड्दा पैतालामा छाला पोलेजस्तो हुन्छ। अनि बर्खा आयो कि खोला र नालाबाट बग...
सुनपाल सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

सुनपाल सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली— कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई  निःशुल्क ड्राइभिङ तालिम दिएको छ। समूहले आफ्नै वार्षिक कार्यक्रमअन्तर्गत जीविकोपार्जनमा टेवा पुर्‍याउँदै रोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिने उक्त तालिम सञ्चालन गरेको हो। समूहका अध्यक्ष रामबहादुर कामीका अनुसार वन ऐन, २०७६ अनुसार सामुदायिक वनको आम्दानीको एक हिस्सा सामाजिक हितका कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्थाअनुरूप तालिम सञ्चालन गरिएको हो। गत वैशाख १३ गते सुरु भएको तालिम जेठ २६ गते सम्पन्न भएको थियो। तालिम मनकामना ड्राइभिङ सेन्टर, मसुरियाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सवडिभिजन वन कार्यालय मसुरियाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज