Advertisement

कैलाली

कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु

कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु

कैलाली, मुख्य समाचार
धनगढी : कैलालीको सात वटा नदीमा तटबन्ध निर्माण शुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम शुरु भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा  नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगङ्गा दुई सय ३०, शिवगङ्गा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि रु तीन करोडको ठेक्का सम्झौता भएको छ । बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि रु पाँच करोडको ठेक्का सम्झौता भई काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताउनुभयो । त्यस्तै कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि रु नौ करोड, घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर...
नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य अरुण जनालाले बुझाए ज्ञापनपत्र

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य अरुण जनालाले बुझाए ज्ञापनपत्र

कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
वैशाख ०६/ बौनिया नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवम् शैक्षिक रूपान्तरणका लागी अवतरण रूपमा क्रियाशिल विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तह सम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एबम् उन्नयन गर्ने मुल उद्देश्यका साथ नेपालका ७५३ वटै स्थानिय पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एबम् अनुसन्धान लगायत शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमिति बैठककाे २१ नं निर्णय संग सम्बन्धित केन्द्रिय प्रतिनिधिको रुपमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अरुण जनालाले ज्ञापन पत्र वर्दगोरिया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र वडा नं ०१ का वडा अध्यक्षलाई समग्रमा ज्ञापन पत्र बुझाउनु भएको छ। साथमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुरेश...
नेविसंघकाे ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य सुरेश तिमिल्सैनाले बुझाए ज्ञापनपत्र

नेविसंघकाे ५५ औं स्थापना दिवसको अवसरमा केन्द्रिय सदस्य सुरेश तिमिल्सैनाले बुझाए ज्ञापनपत्र

कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
वैशाख ०६/ लम्की नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवम् शैक्षिक रूपान्तरणका लागी अवतरण रूपमा क्रियाशिल विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तह सम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एबम् उन्नयन गर्ने मुल उद्देश्यका साथ नेपालका ७५३ वटै स्थानिय पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एबम् अनुसन्धान लगायत शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यसमिति बैठककाे २१ नं निर्णय संग सम्बन्धित केन्द्रिय प्रतिनिधिको रुपमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुरेश तिमिल्सैना ज्युले ज्ञापन पत्र लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाहीलाई बुझाउनु भएको छ। साथमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अरुण जनाला र नेपाल तरुण दलका नगर अध्यक्ष उमेश शाही ज्यु लगायत ने...
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारी नियुक्त

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारी नियुक्त हुनु भएको छ ।  प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँले संविधानको धारा १६८ (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोडारीलाई नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र १०, एकीकृत समाजवादी ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ गरि २७ जनाको समर्थन रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि ९बहुमत० २७ जना आवश्यक पर्छ । यहाँ नेपाली काँग्रेस १८, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११ (सभामुख सहित), नागरिक उन्मुक्ति ७, नेकपा एस ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनु हुन्छ । मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लाग...
गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस  गरेका हुन् ।  एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रञ्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।  प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेस गर्ने समय दिएका थिए । यसैबीच कांग्रेसले अहिले सुदूरपश्चिम दाबी र  कसैलाई समर्थन पनि नगर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले हाल कुनै पनि कुरा संविधानसम्मत नभएकाले कानुनी उपचारमा जाने बताए ।  यसले यसअगाडि आफूले समर्थन गरेका घनश्याम चौधरीलाई मुख्यमन्त्री बनाउने कुरा संवैधानिक भनेको छ ।उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरिने तयारी छ ।...
सुदूरपश्चिममा एकीकृत समाजवादी वैकल्पिक गठबन्धनको तयारीमा

सुदूरपश्चिममा एकीकृत समाजवादी वैकल्पिक गठबन्धनको तयारीमा

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी । नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत देखाएको छ । समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको छ । एकीकृत समाजवादीका एक नेताले भने- ‘एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ, त्यसपछि पनि एमालेले निर्णय  नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने छलफल भैरहेको छ।’ सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदै छ। प्रदेश प्रमुख नाजिर मियाले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।...
जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

जलाधार व्यवस्थापन अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ ।

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोमबार उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । Oplus_131072...
चुरे गाउँपालिकाको नगर स्तरीय परीक्षामा ३३ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

चुरे गाउँपालिकाको नगर स्तरीय परीक्षामा ३३ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

कैलाली, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
धनगढी, कैलालीको चुरे गाउँपालिकाको कक्षा ८ मा ३३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मङ्गलवार सार्वजनिक गरिएको नगर स्तरीय आधारभूत तहको परीक्षामा ४४५ विद्यार्थी सहभागी भएकोमा १५० विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । उक्त नगर स्तरीय परीक्षामा २३ वटा सामुदायिक विद्यालय सहभागी रहेका थिए । ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन गरेको चुरे गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिपी राज सोतीले.बताएका छन् । उनले कुन विद्यालयमा कति विद्यार्थी उत्तीर्ण भन्ने बारेमा भने अहिले जानकारी दिन नमिल्ने बताए । उनले कुनै पनि विद्यालय निल नगएको बताए ।...
मुख्यमन्त्री को सवाल मा नाउपा र काङ्ग्रेस दुबै अदालत जाने

मुख्यमन्त्री को सवाल मा नाउपा र काङ्ग्रेस दुबै अदालत जाने

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय सांसदसँगै काँग्रेस पनि अदालत जाने भएको छ। न्यायको लडाइँका लागि दुबै पक्ष अदालत जाने भएका हुन्। उनीहरु हिजो (मंगलबार) साँझ पत्रकार सम्मेलन गरेरै यस्तो चेतावनी दिएका हुन्। मुख्यमन्त्रीको सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै दुवै दलहरूले मुख्यमन्त्री नियुक्तिमा थप समय दिएर असंवैधानिक काम गरेको भन्दै न्यायालय जाने बताए। मंगलबार प्रदेश प्रमुख नजिर मियाँले ६ गते साँझ ५ बजे सम्मको लागि मुख्यमन्त्रीमा दाबी गर्न थप समय दिएका थिए। २ गते मुख्यमन्त्रीमा दाबी गरेका नागरिक उन्मुक्ति पार्टीका दुबै सांसदहरूको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ समय दिएका हुन्।आइतबार नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। लक्ष्मण किशोर रेशम पक्षका सांसद हुन् भने कैलाश अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका सांसद...
कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ

कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ परेका छन् पक्राउ पर्नेका लागूऔषध मुद्दामा ४ हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१० बस्ने दिनेश राना र बिबिध मुद्दामा २५ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका-८ बडैपुर बस्ने बन्दना पुन मगर रहेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि दुबैलाई प्रहरीले अदालतमा पेश गरेको छ। ...
आधुनिक मौरी पालनमा रमाउँदै लम्कीका भावेश उपाध्याय

आधुनिक मौरी पालनमा रमाउँदै लम्कीका भावेश उपाध्याय

कैलाली, ब्यापार, सुदूरपश्चिम
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं -०२ निवासी युवा व्यवसायी भाबेश उपाध्याय विगत लामो समय देखि मौरीपालन व्यवसायमा लागी रहेका छन्। उहाँले यस क्षेत्रका युवाहरुलाई स्वरोजगार सहित कसरी मौरी व्यवसायमा लागेर मनग्य आम्दानी गर्न सकिन्छ भनेर अवरात्र हौसला दिँदै प्रशिक्षणमा खटिरहेका देखिन्छन्। उहाँ विगत ६ बर्ष देखि आधुनिक तरिकाले मौरी पालन व्यवसायमा सक्रिय रुपमा देखिन्छन् । उहाँले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी भईरहेको बताएका छन। उहाँ सँग अहिले करिव १५० भन्दा बढी घार छन्। जसबाट उहाँले वार्षिक ७ लाख जति आम्दानी गर्दै आईरहेका छन्। उहाँले वार्षिक करिव 30 कुइनट्ल मह उत्पादन गरी बजार सम्म पुर्याउने गरेकाे बताएका छन्। बजारका हकमा उहाँले कैलालीका विभिन्न ठाउँ हुँदै विशेष गरी काठमाण्डौं, पोखरा, बुटवल, दार्चुला, दाङ, बाँके, वर्दिया जिल्ला र माग अनुसार देशका विभिन्न ठाउँमा मह पठाउने गरेकाे बत...
सेती अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु

सेती अस्पतालमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौराको मृत्यु भएको हो। मृतकको आफन्त मनीषा चौधरीका अनुसार सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन। दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो। अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन्। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ, तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ। यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज