Advertisement

आधुनिक मौरी पालनमा रमाउँदै लम्कीका भावेश उपाध्याय

Advertisement

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं -०२ निवासी युवा व्यवसायी भाबेश उपाध्याय विगत लामो समय देखि मौरीपालन व्यवसायमा लागी रहेका छन्। उहाँले यस क्षेत्रका युवाहरुलाई स्वरोजगार सहित कसरी मौरी व्यवसायमा लागेर मनग्य आम्दानी गर्न सकिन्छ भनेर अवरात्र हौसला दिँदै प्रशिक्षणमा खटिरहेका देखिन्छन्। उहाँ विगत ६ बर्ष देखि आधुनिक तरिकाले मौरी पालन व्यवसायमा सक्रिय रुपमा देखिन्छन् ।

उहाँले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी भईरहेको बताएका छन। उहाँ सँग अहिले करिव १५० भन्दा बढी घार छन्। जसबाट उहाँले वार्षिक ७ लाख जति आम्दानी गर्दै आईरहेका छन्। उहाँले वार्षिक करिव 30 कुइनट्ल मह उत्पादन गरी बजार सम्म पुर्याउने गरेकाे बताएका छन्। बजारका हकमा उहाँले कैलालीका विभिन्न ठाउँ हुँदै विशेष गरी काठमाण्डौं, पोखरा, बुटवल, दार्चुला, दाङ, बाँके, वर्दिया जिल्ला र माग अनुसार देशका विभिन्न ठाउँमा मह पठाउने गरेकाे बताएका छन्।

उहाँले मौरीलाई चरी चरनका लागि कैलाली लगायत दाङ् , सल्यान, बाके बर्दिया र चितवन् का विभिन्न ठाउँमा लिने गरेको बताएका छन्‌। आधुनिक मौरी पालनमा उहाँ मौरी सङ्गै रमाई र कमाई गरिरहेका छन्। भाबेश उपाध्याय वर्तमान समयका युवा पुस्ताकोे लागी व्यवसायिक प्रेरणाका स्रोत पनि बनेका छन्।

साथै उहाँले यस क्षेत्रमा काम गर्दै गर्दा सरकार पक्षबाट हुनु पर्ने सहयाेग नभएको बताए। विषेश गरी बजार अभाव हुने भएकाले कृषकहरु चिन्तित भएको र सरकारले सहि तरिकाले बजार व्यवस्थापन गरेमा कृषक हरु उत्साहित हुने बताए। साथै यस क्षेत्रमा स्थानिय सरकार र प्रदेश सरकारले सहयाेग गरेमा यस क्षेत्रलाई मौरी क्षेत्रको रुपमा चिनाउन सकिने बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज