Advertisement

कैलाली

सहयोगी बेलुवा युवा क्लब बिरुद्ध मार्ग दर्शन एकेडेमी पराजित

सहयोगी बेलुवा युवा क्लब बिरुद्ध मार्ग दर्शन एकेडेमी पराजित

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलाली को बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लब र वडा नम्बर २ मा रहेको मार्ग दर्शन एकेडेमी बीच छात्रा तर्फ मैत्रीपूर्ण फूटबल खेल सम्पन्न भएको छ। ६० औ राष्ट्रिय बाल दिवस को अवसरमा सहयोगी बेलुवा युवा क्लब र मार्ग दर्शन एकेडेमी बीच शनिबार खेल सम्पन्न भएको छ। सहयोगी बेलुवा युवा क्लब ले मार्ग दर्शन एकेडेमी लाई २-० गोल ले सहयोगी बेलुवा युवा क्लब ले जित हासिल गरेको थियो। सहयोगी बेलुवा युवा क्लब को तर्फ बाट सिर्जना कुँवर र लक्ष्मी कार्की ले १-१ प्रहार गरेका थिए। उक्त खेल मा सहयोगी बेलुवा युवा क्लब का अध्यक्ष महेश रावल, महिला टिम ब्याबस्थापक गौरब थापा र मार्ग दर्शन एकेडेमी को तर्फ बाट विद्यालय प्रिन्सिपल तथा शिक्षकहरु को उपस्थिति रहेको थियो। खेल बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को कुम्बिया खेल मैदान मा भएको हो।...
कैलालिको खुटिया नदिले पार गर्यो जल सतर्कता तह

कैलालिको खुटिया नदिले पार गर्यो जल सतर्कता तह

कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको खुटिया नदिले जल सतर्कता तह पार गरेको छ। मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले जल तथा मौसम विज्ञान विभागले जनााएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोली (शनिवार) बिहान ९ बजेसम्म सचेत रहन विभागले आग्रह गरेको छ।...
कैलालीमा अबैध काठ बरामद

कैलालीमा अबैध काठ बरामद

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली ।  कैलालीको टीकापुरबाट अवैध काठ बरामद गरिएको छ । टीकापुर नगरपालिका १ खडकचोकबाट इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले  अवैध काठ बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नम्बर पिलेट स्पष्ट नदेखिने टीकापुर नगरपालिका ५ भगरैया ४७ वर्षीय खुसिराम चौधरीले चलाएको ट्याक्टरबाट अबैध खयरको काठ बरामद गरिएको हो । उक्त काठ १९ गोलीया (९५,८९ क्युफिट) रहेको प्रहरीले जनाएको छ । अबैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर बुझाइएको प्रहरीले जनाएको छ ।...
अस्पताल सुरु नहुँदै  गेटामा लुट : मन्त्री, निर्देशक र बायोमेडिकल इन्जिनयरको मिलेमतोमा ७० करोडको खरिद

अस्पताल सुरु नहुँदै गेटामा लुट : मन्त्री, निर्देशक र बायोमेडिकल इन्जिनयरको मिलेमतोमा ७० करोडको खरिद

अन्तर्राष्ट्रिय, कैलाली, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ : सुदूरपश्चिमाञ्चल क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने महत्त्वाकाङ्क्षी योजना अनुसार २०७३ बाट कैलालीमा गेटा मेडिकल कलेजको निर्माण सुरु भए पनि सात वर्ष त पूर्वाधार निर्माणमै बित्यो। ६ सय शय्याको अस्पताल सञ्चालनको लक्ष्य लिएर करिब ६ अर्ब सरकारी कोषबाट रकम खर्चिएर भौतिक पूर्वाधार बन्यो। ६ सय लक्ष्य राखिएको अस्पतालमा तीन सय शैयाहुँदै एक सय शय्या सञ्चालन गर्ने भन्दै आर्थिक वर्ष २०८०-०८१ मा करिब ७० करोड बराबरको मेसिन, औजार तथा उपकरण खरिद भयो। अस्पतालको निर्माणको चरणबाटै आर्थिक रूपमा गेटा पटक-पटक विवादमा पर्दै आएको थियो नै। जब अस्पतालका लागि मेडिकल औजार तथा उपकरणको खरिद सुरु भयो सुविधा सम्पन्न अस्पताल बनाउने बहानामा अस्पताल नेतृत्वले खरिदमा लुटै मच्यायो। उकेराले प्राप्त गरेको खरिद विवरणमा त्यस्तो कुनै टेन्डर देखिएन जुन मिलेमतोमा नभएको होस्। गेटाका लागि प...
गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन

गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन

Breaking News 1, Breaking News 2, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्दै लगेको छ। गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्दै लगेको हो। विज्ञापन प्लास्टिक जन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ। नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको थियो। दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको थियो। २०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन्। उनले भनिन्, ‘हामीले तीन दिनदेखि नियमित बजार अनुगमन गर्दै आएका छौ। केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेका छन्। हामीले अहिले जफत गरेका छैनौ। सुरुमा एक ...
चालु आर्थिक वर्षका लागि बजेट नभएको ‘सुदूरपश्चिम’ प्रदेश

चालु आर्थिक वर्षका लागि बजेट नभएको ‘सुदूरपश्चिम’ प्रदेश

कैलाली, दैनिक, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा छ।चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्नै लाग्दा समेत बजेट विहिनताको अवस्था अन्त्य हुन सकेको छैन्। समयमा बजेट पास नहूँदा अहिले सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा पुगेको हो। राजनीतिक खिचातानी र सत्ता स्वार्थको सिकार प्रदेशको बजेट बन्न पुगेको छ।   सत्तामा पुग्ने र सत्ता ढाल्ने खेलमा प्रदेश सभा सदस्यहरु लाग्दा बजेट नै नभएको प्रदेश सुदूरपश्चिम बन्न पुगेको छ। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पास भइसकेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट निर्माण हुने व्यवस्था छ। नीति तथा कार्यक्रम पास हुने तर बजेट पास नहुँने अनौठो अभ्यास सुदूरपश्चिममा देखा परेको छ।   असार १ गते प्रदेश सभामा पेस गरिएको बजेट पास नहुँनुमा तत्कालिन सत्ता पक्ष र विपक्ष दुबैको उत्तिकै दोष देखिएको छ। बजेट पास गर्ने पर्याप्त समय हुँदाहुँदै पनि सत्...
प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा कृषक संग राष्ट्रिय स्वतन्त्र पार्टी कार्यक्रम सम्पन्न भएको छ । कृषि पेशा गरिरहेका कृषकहरुलाई कृषि बारे आधारभूत ज्ञान प्रदान गर्ने उदेश्यले गरिएको सो कार्यक्रम आज कैलालीको घोडाघोडी नगरपालिका भागेश्वरी हलमा सम्पन्न भएको हो । धान खेतिमा लाग्ने विभिन्न रोगहरु र त्यसको समाधानका उपायहरु, तरकारी खेती तथा फलफूल खेती गर्ने तरिका त्यसमा लाग्ने रोग र त्यसका समाधानका उपायहरु र कृषक संग संबंधित विभिन्न कुराहरु कृषि विशेषज्ञद्वारा कृषकलाई जानकारी गराएको राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश प्रवक्ता सन्तोष जोशिले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको कृषि बिभाग र कैलाली जिल्ला समन्वय समितिको सहकार्य तथा पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सो कार्यक्रममा प्रदेश कृषि बिभाग प्रमुख कृष्ण न्यौपाने, रास्वपा कैलाली जिल्ला संयोजक महेश चौधरी, रास्वपा...
कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
०८ भदौ, धनगढी - मिति २०८१/०५/०६ गतेदेखि ०८ गतेसम्म श्री औषधि व्यवस्था विभाग कार्यालय नेपालगञ्ज शाखाका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहको नेतृत्वमा अनुगमन गर्दा औषधि व्यवस्था विभाग टिमले कैलालीमा चार अवैध औषधि पसल शिलबन्दी र १ को सम्पूर्ण औषधि जफत गरेको हो ।  औषधि पसल दर्ता नगरी सञ्चालन गरेको हुनाले सिलबन्दी हुने औषधि पसलहरू यस प्रकार छन् । हिरा प्रसाद चौधरीले चालन गर्दै आएको डाइमण्ड हेल्थ क्लिनिक बर्दगोरिया २ बौँनिया, मकरबहादुर खड्काले गोदावरी नगरपालिका ८ स्याँउले बजारमा सञ्चालन गर्दै आएको श्री राजेन्द्रश्वर स्वास्थ्य क्लिनिक, कृष्ण चौधरीले धनगढी ११ कैलालीमा सञ्चालन गर्दै आएको रविना हेल्थ क्लिनिक, बिमला साउँदले धनगढी ५ कैलालीमा सञ्चालन गर्दै आएको एम.बी हेल्थ क्लिनिक ।   त्यस्तै, धनगढी ६ कैलालीमा प्रकाश चौधरीले सञ्चालन गर्दै आएको सेती महाकाली आयुर्वेद...
कैलालीमा रहेको जनजागृति आबि को अध्यक्षमा नबराज बिक

कैलालीमा रहेको जनजागृति आबि को अध्यक्षमा नबराज बिक

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरिगङ्ग न पा वडा न ५ अन्डैयामा रहेको श्री "श्री जनजागृती आबि बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा नबराज बिक निर्बिरोध निबार्चित भएका छ्न उक्त समितीमा ३ जना सदस्य धर्म बहादुर बिश्वकर्मा देब कला बिक र सरिता मगर पनि निर्बिरोध निर्बाचित भएको निर्वाचन अधिकृत गङ्ग बिकले जानकारी दिएका छ्न ।

कैलालीमा बाढीले जनजीवन प्रभावित

कैलाली, समाचार, सुदूरपश्चिम
६ भदौ, धनगढी - स्थानीय खोला तथा नदी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए । नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताए । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उनले सुनाए । भजनी नगरपालिका ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भए...
“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
"दलित समुदायको बर्तमान अवस्था " -प्रकाश नेपाली" राज्यका निर्णायक नीतिनिर्माण तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा यो समुदायको उपस्थिति निम्छरो रहँदै आएको छ । कार्यपालिकामा संवैधानिक रूपमा नै बाध्यकारी व्यवस्थाको अभावमा दलित प्रतिनिधित्व हुन सकिरहेको छैन । नेपालको इतिहासमा हालसम्म दलित समुदायबाट जम्मा ८ जना मात्रै क्याबिनेट स्तरका मन्त्री भएका छन् । कानुन निर्माणको थलो संसद्मा पञ्चायत शासनकालदेखि २०५६ सालसम्म जम्मा ६ जना पुग्न सफल भए । दश वर्षको जनयुद्धकालमा विकास भएको राजनीतिक चेतना, माओवादीमा भएको क्रान्तिकारिता र समानुपातिक समावेशिताको घनीभूत बहसको वातावरण सृजना भएको कारणले संविधानसभामा दलित सहभागितामा ह्वात्तै वृद्धि भएको थियो । हाल आएर संसद्मा दलित प्रतिनित्वि पुनः कमजोर हुन पुगेको छ । हाल प्रतिनिधिसभामा कुल २७५ जनामध्ये १६ जना (५.८२ प्रतिशत) दलित प्रतिनिधित्व रहेको छ ।...
“समाजलाई समानता दिन वर्ण ब्यबस्थाको अन्त्य गर्ने जरुरी छ “- आकास परियार

“समाजलाई समानता दिन वर्ण ब्यबस्थाको अन्त्य गर्ने जरुरी छ “- आकास परियार

कैलाली, दैनिक, विचार, समाचार, सुदूरपश्चिम
बढैपुर । जब कि हिन्दू धर्मशास्त्रले निर्माण गरेका कतिपय धार्मिक मान्यताका प्रखालहरू अहिले जनताले निर्माण गरेका कानुनद्वारा नै भत्काइसकेका छन्l दैवी मान्यतामा आधारित राजसंस्थालाई जनताको प्रतिनिधिमूलक संविधानसभाबाट नै हटाइएको छ। समाजमा गरिने जातीय छुवाछुत दण्डनीय गरिएको छ। धर्मशास्त्रका यस्ता कतिपय नियमहरु अहिले अमान्य भइसकेका छन्, तर अहिलेसम्मकै जातीय विभेदको मूल कारक तत्व वर्ण व्यवस्था भने नेपाली समाजमा ब्रेन क्यान्सरका रुपमा प्रस्तुत भएको छ। जसका कारण नेपाली समाज जातीय रोगले ग्रस्त छ देशको प्रगति अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैनl संसारमै नभएको वर्णविभेद आजसम्म नेपालको पहिचान बनेर रहनुले नेपाललाई विश्वसामु जंगली सभ्यताको नमुनाको देश बनाउन पुगेको छ। ढिलै भएपनि अबका दिनहरूमा नेपाललाई थोत्रा र कुण्ठित मान्यताबाट अलग राखी नयाँ सभ्यता स्थापित गर्ने बेला हो यो त्यसैले नेपाल र नेपालीला...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज