कैलाली : कैलाली को बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लब र वडा नम्बर २ मा रहेको मार्ग दर्शन एकेडेमी बीच छात्रा तर्फ मैत्रीपूर्ण फूटबल खेल सम्पन्न भएको छ।
६० औ राष्ट्रिय बाल दिवस को अवसरमा सहयोगी बेलुवा युवा क्लब र मार्ग दर्शन एकेडेमी बीच शनिबार खेल सम्पन्न भएको छ। सहयोगी बेलुवा युवा क्लब ले मार्ग दर्शन एकेडेमी लाई २-० गोल ले सहयोगी बेलुवा युवा क्लब ले जित हासिल गरेको थियो। सहयोगी बेलुवा युवा क्लब को तर्फ बाट सिर्जना कुँवर र लक्ष्मी कार्की ले १-१ प्रहार गरेका थिए।
उक्त खेल मा सहयोगी बेलुवा युवा क्लब का अध्यक्ष महेश रावल, महिला टिम ब्याबस्थापक गौरब थापा र मार्ग दर्शन एकेडेमी को तर्फ बाट विद्यालय प्रिन्सिपल तथा शिक्षकहरु को उपस्थिति रहेको थियो। खेल बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को कुम्बिया खेल मैदान मा भएको हो।

