कैलाली । कैलालीको टीकापुरबाट अवैध काठ बरामद गरिएको छ । टीकापुर नगरपालिका १ खडकचोकबाट इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध काठ बरामद गरेको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नम्बर पिलेट स्पष्ट नदेखिने टीकापुर नगरपालिका ५ भगरैया ४७ वर्षीय खुसिराम चौधरीले चलाएको ट्याक्टरबाट अबैध खयरको काठ बरामद गरिएको हो ।
उक्त काठ १९ गोलीया (९५,८९ क्युफिट) रहेको प्रहरीले जनाएको छ । अबैध काठ सहितको ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर बुझाइएको प्रहरीले जनाएको छ ।