Advertisement

बाजुरा

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा : सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर शुक्रवार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।
सेती लोकमार्ग द्रुत गतिमा निर्माण हुनुपर्ने माग

सेती लोकमार्ग द्रुत गतिमा निर्माण हुनुपर्ने माग

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग दु्रत गतिमा निर्माण गर्न माग गरेको छ। सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो। धनगढीको टीकापुर बर्दगोरियाबाट डडेल्धुरा, डोटी, अछाम, बझाङ हुँदै बाजुरा जोड्ने लोकमार्ग निर्माणले गति नलिएपछि तीन जिल्लाको समन्वयमा सरकारसँग लोकमार्ग निर्माणलाई ध्यान दिन दबाब दिने जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए।  बिहीबार जिल्ला समन्वय समिति बाजुराले आयोजना  गरेको पत्रकार सम्मेलनमा छैटौँ जिल्ला सभाबाट लोकमार्ग निर्माणमा ढिलासुस्ती भइरहेकाले त्यसलाई अविलम्ब रोकेर निर्माणलाई तीव्रता दिन प्रदेश र सङ्घ सरकारसँग माग गर्ने  निर्णय भएको उनले बताए। उनले सुस्त गतिमा निर्माण भइरहेको सेती लोकमार्गको कामलाई गतिदिन सम्बन्धित निकायसँग समन्वय गरिने बताए। जिल...
बाजुराको खप्तड छेडेदह मा सुत्केरीलाई कोसेली

बाजुराको खप्तड छेडेदह मा सुत्केरीलाई कोसेली

बाजुरा, सुदूरपश्चिम
बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पछिल्लो समय सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरीरहेको छ ।गत आर्थिक वर्ष २०७९/०८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय गाउँमा केही बच्चामा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जानकारी गराएको छ ।यो कार्यक्रम सञ्चालन गरेपछि बाजुराको खप्तड छेडेदह गाउँपालिकाका सुत्केरीको मुहारमा निकै खुसी छाएको छ । कार्यक्रमले पछिल्लो समय यहाँका अधिकांश आमा र बच्चा दुबैको स्वास्थ्यमा राम्रो परिवर्तन ल्याएको छ , ‘गाउँपालिकाले सञ्चालन गरेको यो सुत्केरीसँग कोसेली कार्यक्रमले यहाँका आर्थिक अवस्था कमजोर भएका महिलाका लागि निकै सहज भएको छ ।’ पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्य...
बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–६ बुढा कोर्ध बस्ने ४५ वर्षीया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै आइतवार दिउँसो मृत्यु भएको हो। सोही वडाको भेगुनी लेकमा बाख्रा चराउन गएको बेला सोही ठाउँस्थित कोर्धलिगार्ड लघुजलविद्युत आयोजनाको शाखा लाईनको विद्युतको तारमा छुनगई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।...
एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै

एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै

खेलकुद, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एस...
बडिमालिका दर्शनमा गएकि बझाङकि एक वृद्धाको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

बडिमालिका दर्शनमा गएकि बझाङकि एक वृद्धाको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार

बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएकि एक वृद्धा महिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । अक्सिजन अभावका कारण बिरामी भएपछि आज मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत वृद्धा महिलालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । दमको रोगबाट ग्रसित बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए । धामीको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल बाजुरामा उपचारपछि निको भएर फर्काइएको छ ।...
नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशन सञ्चालन

नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशन सञ्चालन

बाजुरा, स्वास्थ्य
बझाङमा नेपाल सि.एम.ए सँघकाे तेस्रो जिल्ला अधिवेशन सञ्चालन भएको छ । आज एक कार्यक्रमका विच सदरमुकाम चैनपुरमा रहेकाे हाेटेल हाेलिडे इनकाे सभाहलमा अधिवेशन सञ्चालन भएको हाे । सञ्चालन कार्यक्रममा नेपाल सि. एम .ए सँघ बझाङका अध्यक्ष मदन धामीकाे अध्यक्षतामा सञ्चालन कार्यक्रमका प्रमुख अतिथि नेपाल सि. एम. ए सँघका केन्द्रीय महासचिव लालबहादुर खड्का रहनु भएको थियाे । विशिष्ट अतिथिमा सह- काेषाअध्यक्ष धर्मराज अधिकारी यज्ञ गिरी बिशिस्ट अतिथि सहित विभिन्न पदाधिकारीहरुकाे उपस्थिति रहेको थियाे । सदरमुकाम चैनपुरमा सञ्चालन भएको सि एम ए काे तेस्रो जिल्ला अधिवेशनले तिव्र पाउने भएको छ । जसले देशमा भएका स्वास्थ्य क्षेत्रमा राम्रो भुमिका खेल्ने र नराम्रो भएको स्थानमा खवदारी गर्ने सि एम ए सँघ बझाङका कृष्ण गुरुधामीले बताउनु भयाे । अब यस सँघले भईरहेका नराम्रो कामको बारेमा सधै खवदारी गर्ने र आजै बन्द स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज