बझाङ काङ्ग्रेसले सत्यराज भण्डारी सहित १० जनालाई गर्यो सिफारिस
बझाङ: नेपाली काङ्ग्रेस बझाङले नेता सत्यराज भण्डारी सहित दश जना सिफारिस गरेको छ ।
बझाङ जिल्ला बाट निर्वाचित साँसद तथा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँहकाे दुर्घटनामा परि मृत्यु भए पछि खालि भएको क्षेत्रमा निर्वाचन हुन लागेको हाे ।
सरकारले ईलाम र बझाङ गरि दुई स्थानमा बैशाख १५ गते निर्वाचन मिति तय गरेको छ । त्यसै बिच आज नेपाली काङ्ग्रेस कार्यसमिति बझाङले नेपाली काङ्ग्रेसका बाैद्बिक नेता सत्यराज भण्डारी सहित १० जनाकाे नाम सिफारिस गरेको काङ्ग्रेस नेताले बताउनु भएको छ ।
यतिबेला टिकटकाे लागि लडिरहेको काङ्ग्रेस बझाङकाे परिक्षाकाे रुपमा पनि याे सिटलाई लिन सकिन्छ । सुदुरपश्चिम प्रदेश सरकार गठन गर्न पनि बझाङकाे सिटले काङ्ग्रेसमा ठुलाे सफलता मिल्ने भएको कारण कतिपय नेताले जित्ने नेता उठाउन पर्ने माग राख्दै आएका छन ।
प्रदेश सरकार गठनमा यदि बझाङ काङ्ग...












