बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र ( रुडुक ) को सहयोगमा खप्तडछान्ना गाउँपालिका – ७ गोरखालीका भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो ।
गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्प पछि जिल्लाका भूकम्प प्रभावितका लागि नि:शुल्क टहरा निर्माण अभियान थालेका तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोलीले शुक्रबार उक्त न्यानो कम्बल वितरण गरेको हो । भुकम्प प्रभावितको व्यवस्थापन अभियान अन्तर्गत गोरखालीका विपन्न चार परिवारलाई न्यानो कम्बल र केही खाद्यान्न वितरण गरेको बझाङ उद्योग वाणिज्य संघका सदस्य एवं युवा समाजसेवी बिरेन बिष्टले बताए ।
बिष्टका अनुसार केही दिन अघि मष्टा र थलारा गाउँपालिका लगाएतका भुकम्प प्रभावितलाई पनि न्यानो कम्बल वितरण गरिएको थियोे । सहयोग हस्तान्तरणको लागि दाजुभाइ अटोवर्कसपका सञ्चालक उमेश बोहरा, रुवेस किराना पसलका सञ्चालक केन्द्र बिष्टले पनि सहजिकरण गरेको समाजसेवी विष्टले बताए । विपतको यो समयमा थोरै भएपनि पिडितको घाउमा मलमपट्टि लगाउन पाउँदा खुशी लागेको अभियन्ता तथा तरुण दलका केन्द्रिय सदस्य ऐडीले बताए ।
यसअघि उक्त टोलीले विभिन्न क्षेत्रका व्यक्तिहरु सॅग सहयोग आह्वान गरेर भूकम्पले घर भत्काएका विशेष गरि एकल महिला,वेसाहारा तथा दलित समुदायका २३ परिवारलाई निशुल्क अस्थायी टहरा निर्माण गरेको थियोे ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३