Advertisement

बझाङ

सुर्मा आधारभूत विद्यालयलाई जलजला–सेरीनिशान बासुधारा सामुदायिक वनबाट ५० थान कुर्सी हस्तान्तरण

सुर्मा आधारभूत विद्यालयलाई जलजला–सेरीनिशान बासुधारा सामुदायिक वनबाट ५० थान कुर्सी हस्तान्तरण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ अन्तर्गत बुड्खोरीमा रहेको सुर्मा आधारभूत विद्यालयले आवश्यक फर्निचर सहयोग स्वरूप ५० थान कुर्सी प्राप्त गरेको छ। उक्त फर्निचर सामुदायिक स्रोतबाट सहयोगस्वरूप जलजला–सेरीनिशान बासुधारा सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई हस्तान्तरण गरेको हो। विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन र विद्यार्थीलाई बस्न सहज बनाउने उद्देश्यले उक्त कुर्सी प्रदान गरिएको वनका अध्यक्ष दिपेश धामी जानकारी दिए । फर्निचर हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सामुदायिक वन समूहका पदाधिकारीहरूले शिक्षा क्षेत्रमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षकहरूले यस सहयोगले विद्यालयको पठनपाठनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै वि...
थलचौर मावि टिमले बुझायो पालिकामा ज्ञापनपत्र, शिक्षकसहित संरचनागत माग

थलचौर मावि टिमले बुझायो पालिकामा ज्ञापनपत्र, शिक्षकसहित संरचनागत माग

Breaking News 1, ताजा अपडेट, बझाङ, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको दुर्गाथली गाउँपालिका–३ मा अवस्थित थलचौर माध्यमिक विद्यालयको शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक प्रतिनिधिहरूले पालिकामा ज्ञापनपत्र बुझाउँदै विद्यालयको विविध समस्या समाधानको माग गरेका छन्। विद्यालयका शिक्षकमात्र नभई व्यवस्थापन समिति अध्यक्ष युवराज भण्डारीको नेतृत्वमा गएको टोलीले शुक्रबार गाउँपालिका अध्यक्ष दिलबहादुर थापालाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा विद्यालयमा हाल कक्षा ११ र १२ मा पठनपाठन गराउने शिक्षकको अभाव, विद्यालय भवनको अपुग, घेरबार र खानेपानीको समस्या जस्ता मुद्दाहरू उठाइएको छ। वि.सं. २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७४ सालदेखि निजी स्रोतबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको थियो। तर हाल निजी स्रोतबाट कक्षा सञ्चालन गर्न कठिनाइ भएको भन्दै पालिकाको ध्यानाकर्षण गराइएको व्यवस्थापन समिति अध्यक्ष भण्डारीले बताए। उनले विद्यालयमा हाल ...
निड्स नेपालद्वारा दुर्गाथलीमा महिला तथा बालबालिका उत्तरदायी योजना निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

निड्स नेपालद्वारा दुर्गाथलीमा महिला तथा बालबालिका उत्तरदायी योजना निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा अपडेट, बझाङ, समाचार
बझाङ । बझाङको दुर्गाथली गाउँपालिकामा आज महिला तथा बालबालिका उत्तरदायी योजना निर्माण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। महिला जनप्रतिनिधिहरूको योजना निर्माण प्रक्रियामा सहभागिता र प्रभावकारिता बढाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष दिलबहादुर थापा रहनुभएको थियो। उहाँले सहभागीहरूलाई कार्यक्रमबाट प्राप्त ज्ञान, सीप र बुझाइलाई व्यवहारमा उतार्न प्रेरणा दिँदै भन्नुभयो । “यस्ता कार्यक्रमहरूबाट पक्कै पनि जानकारी, आत्मविश्वास र उत्साह मिल्छ । तर त्यो सिकाइलाई व्यवहारमा उतार्न सकेनौँ भने यसको प्रभाव सीमित हुन्छ । योजना निर्माणका क्रममा महिला र बालबालिकाका आवश्यकता,...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो । उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए ७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

Breaking News 1, बझाङ, समाचार
बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् । आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बालबालिकालाई खड्काले खाद्यवस्तु र शैक्षिक सामग्री प्रदान गरेका हुन् । वितरण सामग्रीमा चामल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री तथा कलम, कपी, पेनसिलजस्ता स्टेशनरी सामाग्री रहेका छन् । आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै खड्काले बालबालिकाको उज्यालो भविष्यको कामना गर्दै सानो सहयोगले उनीहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । ´सामान्य उत्सवलाई समाजसेवामूलक बनाउनु सबैको कर्तव्य हो ।,` खड्काले भने, ´बालबालिकाको मुस्कान नै मेरो लागि ठूलो उपहार हो ।` उनको ...
तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनका प्रभाव र समाधानका उपायहरूबारे सामुदायिक वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न भएको छ। तलकोट गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी परियोजना अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो। स्थानीय सरकारको आयोजनामा भएको कार्यक्रममा मौसम परिवर्तनसँगै देखिन थालेका जलवायु असरबारे विस्तृत जानकारी दिइयो। "समुदायमा आधारित कार्यक्रम"अन्तर्गत सञ्चालन भएको सो गोष्ठीमा जलवायु परिवर्तनले वन तथा स्थानीय जीवनशैलीमा पार्ने असरबारे छलफल गरियो। गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले समुदायको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। "तलकोटको रुपान्तरण सामूहिक प्रयासबाट मात्र सम्भव छ," उनले भने। कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा...
मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ । कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् । थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै 'विकास, न्याय र जनताको भरोसा' भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् । अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाज...
भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

Breaking News 1, बझाङ, रोजगार, समाचार
बझाङ । जिल्ला स्तरमा वितरण गरिने भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको तयारीस्वरूप कृषि ज्ञान केन्द्र बझाङले आज छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडा र ७ अन्तर्गत पर्ने खोरी क्षेत्रमा स्थलगत कृषि अनुगमन सम्पन्न गरेको छ । अनुगमन टोलीको नेतृत्व वाली संरक्षण प्राविधिक समितिका संयोजक तथा कृषि ज्ञान केन्द्र बझाङका सहायक वाली संरक्षण अधिकृत जनक सिंहले गरेका थिए । टोलीमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा कार्यरत समिति सदस्य जय बहादुर खड्का र समन्वय समितिका यज्ञ खत्री सहभागी थिए । कृषकहरूको उत्पादन प्रणाली, व्यवस्थापन सीप, प्रविधिको प्रयोग, मेहनत तथा योगदानको मूल्याङ्कन गरी बझाङ जिल्लाभरिबाट छनोट गरिने उत्कृष्ट तीन जना कृषकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितात्मक मूल्याङ्कनका आधारमा छनोटमा पर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कृषकलाई क्रमशः रु २५,००० नगद पुरस्कार प्रदान गरि...
प्रारम्भिक तहका शिक्षकका लागि चार दिने क्षमता विकास तालिम सम्पन्न, एकीकृत पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

प्रारम्भिक तहका शिक्षकका लागि चार दिने क्षमता विकास तालिम सम्पन्न, एकीकृत पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

बझाङ, समाचार
बझाङ । प्रारम्भिक तहका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रमसम्बन्धी चार दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सुरु भएको तालिम वल्ड भिजन इन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाजको आयोजनामा तथा जयपृथ्वी नगरपालिकाको समन्वयमा संचालन गरिएको हो । तालिममा जयपृथ्वी नगरपालिकाका २० र केदारस्युँ गाउँपालिकाका २० वटा विद्यालयका गरी ४० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । सदरमुकाम चैनपुरमा सम्पन्न तालिमले शिक्षकहरूको शैक्षिक दक्षता र व्यवहारिक क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक निरज प्रसाद रेग्मीले एकीकृत पाठ्यक्रम बालमैत्री सिकाइका दृष्टिले महत्वपूर्ण भएको बताउँदै शिक्षकहरूमा पाठ्यक्रम प्रतिको स्पष्ट बुझाइ र प्रयोगात्मक सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । तालिममा सहभागी शिक्षक...
इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ, प्रेस चौतारी नेपाल बझाङ शाखाले नवनियुक्त केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भुवनबहादुर सिंहलाई आज दिउँसो एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरेको छ । कार्यक्रम प्रेस चौतारी बझाङ शाखाको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिंहलाई खादा‌ प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरिएको हो ।   उक्त कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामी, सहसचिव सुरेन्द्र खत्री, पूर्व पदाधिकारी, सञ्चारकर्मी, उपस्थिति थियो ।  साथै, विशेष अतिथिका रूपमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य रमेश केसी तथा पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंह पनि कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष सुरेश धामीले भुवनबहादुर सिंहको लामो समय पत्रकारिता अनुभव, संगठनमा देखाएको समर्पण र निष्पक्ष भूमिकाको प्रशंसा गर्दै उहाँको नेतृत्वमा बझाङको पत्रक...
सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

सुदूरपश्चिमका स्थानीय तहहरूमा करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ

अछाम, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।   सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र ज्यालादारीमा कर्मचारी राख्ने कार्यलाई कडाइ गरेको हो।   स्थानीय सरकार प्रमुख वा अरू जनप्रतिनिधिले आफ्ना घर–परिवारका सदस्य, आफन्त, आसेपासे, कार्यकर्तालाई मनपरी तरिकाले करारमा कर्मचारी नियुक्त गर्दै आएका छन्। तर, सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनले ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने व्यवस्था गरेको हो। ऐनको दफा १५ को उपदफा (१) मा यो ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने उल्लेख गरिएको छ। उपदफा (१) विपरीत कसैले कुनै व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य स...
साईपालमा रुखबाट खसेर घाइते भएका व्यक्ति हेलिकप्टरमार्फत उद्धार, अर्की दीर्घरोगी महिलाको पनि उद्दार

साईपालमा रुखबाट खसेर घाइते भएका व्यक्ति हेलिकप्टरमार्फत उद्धार, अर्की दीर्घरोगी महिलाको पनि उद्दार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिका–४ का एक व्यक्ति रुखबाट खसेर गम्भीर घाइते भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज दिउँसो करिब १२:३० बजेतिर रुखबाट खसेर घाइते भएका स्थानीय सुनबहादुर रोकायाको अवस्था गम्भीर देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई सुर्खेत लगिएको हो । घाइतेको छिटो उपचार आवश्यक देखिएपछि साईपाल गाउँपालिकाले तत्काल नेपाली सेनालाई उद्धारको लागि अनुरोध गरेको थियो । साईपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराका अनुसार सूचना पाएको केही समयमै हेलिकप्टर आएर रोकायालाई सुर्खेतस्थित अस्पताल पुर्‍याइएको हो । उक्त हेलिकप्टरमा साईपाल–५ बलौडीकी दीर्घरोगी महिला चैती बोहराको समेत उद्धार गरिएको छ । महिनौँदेखि अस्वस्थ अवस्थामा रहेको उनका लागि समेत गाउँपालिकाले हेलिकप्टरमार्फत उपचारको व्यवस्था मिलाएको हो।  ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज