Advertisement

दैनिक

सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

सुदूरपश्चिम प्रदेशले पायो १३ अर्ब ८३ करोड संघीय अनुदान

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः आगामी आर्थिक वर्षको संघीय बजेट सार्वजनिक भइसकेको छ। संघीय सरकारले दिने अनुदानका आधारमा प्रदेश र स्थानीय तहहरुले बजेट निर्माण गर्दै आएका छन्। प्रदेश सरकारको बजेट संघीय सरकारले दिने अनुदानमा निर्भर छ। सुदूरपश्चिम प्रदेशको बजेट करिब ९५ प्रतिशत संघीय सरकारले दिने अनुदानमा निर्भर हुने गरेको छ। संघीय बजेटपछि प्रदेश सरकारले बजेट ल्याउने गरेको छ। प्रदेशपछि स्थानीय तहहरुले आफ्नो बजेट बनाएर सार्वजनिक गर्ने गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत बलियो नहुँदा संघीय सरकारले दिन अनुदानका आधारमा बजेट निर्माण हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको आफ्नो आन्तरिक आम्दानीको स्रोत दुई अर्ब पुगाउन समेत मुश्किल हुने गरेको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वितरण हुने संघीय अनुदान अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि १३ अर्ब ८३ करोड २१ लाख अनुदान बाँडफाँड गरेको छ। सुदूरपश्...
कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलालीमा गर्मीका कारण युवककाे मृत्यु

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ ।बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए । उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ। उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ। पछिल्लो केही दिनदेखि गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो। बिहीवार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ । साथै सम्पुर्ण लाई गर्मीम...
यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

दैनिक, मुख्य समाचार, समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता रहेको बताएको छ। यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।  मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन्। त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्र...
सडक विभाग र सडक डिभिजन कार्यालयको गेटमा महानगरले फाल्यो एक ट्रक धुलो

सडक विभाग र सडक डिभिजन कार्यालयको गेटमा महानगरले फाल्यो एक ट्रक धुलो

दैनिक, मुख्य समाचार, समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका छन्। मेयर बालेनले भिडिओ सार्वजनिक गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्षित गर्दै स्टाटस समेत लेखेका छन्। उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भनेका छन्। ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँ...
डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोटी, दैनिक, मुख्य समाचार, रोजगार, समाचार, सुदूरपश्चिम
डोको बुनेर डोटीका दुई किशोरले अध्ययन गर्नका लागि चाहिने सामानको खर्चको जोहो गर्दै आएका छन्। डोटीको केआईसिंह गाउँपालिका-४ दुर्गामाण्डौँ वायलका शेरू विक र शेर विकले निगालोबाट बन्ने डोको लगायतका सामग्री बनाएर बिक्री गर्दै आएका छन्। उनीहरू दुबै जना सोही ठाउँमा रहेको झिमे मालिका माध्यमिक विद्यालयमा अध्ययनरत छन्। शेरू कक्षा १० र शेर कक्षा ८ मा अध्ययन गरिरहेका छन्। उनीहरू क्रमशस् १६र १५ वर्षका भए। उमेरले कलिलै भए पनि काममा भने दुबै दाजुभाइ पाका देखिन्छन्। बाँस तथा निगालाको चोयाबाट बन्ने डोका, छाप्रा, नाङ्लो तथा गोदा बुन्दै आएका विक दाजुभाइ विद्यालय विदाको दिन निकै व्यस्त हुन्छन्। विद्यालयमा सार्वजनिक बिदा परेको दिन उनीहरू डोका डाला बुन्नमा ब्यस्त हुन्छन्। घरायसी परिस्थिति कमजोर छ, काम नगरी पढ्न सकिने अवस्था छैनझ यो काम गर्न थालेपछि आफूलाई पठनपाठनमा सहज भएको शेरले बताए। उनले आफ्ना बुवाबाट यो...
धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको फूलबारीमा एक सय ७ परिवारको जग्गा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित भएका छन्। धनगढी उपमहानगरपालिका–१८ मा एक सय ७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित बन्न पुगेका हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा २ सय ४२ बिघा २ कट्ठा १९ दशमलव ५ धुर जग्गा गुरू पुरोहित जनकराज पाण्डेयले राणा शासनको समय १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको र २०२१ सालको नापनक्सा हुँदा छुट हुन गएको भन्दै अहिले आएर छुट जग्गा दर्ता गर्न मालपोत कार्यालय धनगढीमा निवेदन परेको हो। काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेयको वारिस धनगढी–५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट हुन गएको जग्गा दर्ता गर्न निवेदन दिएका हुन्। तर निवेदन दिएको जग्गामा भने २०३६ सालदेखि बसोवास रहेको छ। २०३६ सालमा आवास कम्पनी र त्यसपछि विभिन्न समयमा गठन भएका सुकुम्वासी आयोगले अहिले बसोवास ...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्। वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्तासाझेदार नेकपा (एमाले) ले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा रा...
सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

दैनिक, मुख्य समाचार, समाचार
अपांगता भएका व्यक्तिहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका हुन्। Oplus_131072 स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने लगायतका विषयमा चैत १४ गते अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच सम्झौता भएको थियो। त्यसलाई एक महिनामा कार्यान्वयन गर्ने भनिएको थियो। तर सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै अपांगता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ। Oplus_131072...
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

कैलाली, खेलकुद, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो । मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।...
इशा फाउन्डेसनद्वारा बाजुरा विपन्न परिवारका बालबालिकालाई राहत सामाग्री सहयोग : सामाजिक अभियान्ता  लक्ष्मी कुवर र शाही ले हस्तान्तरण गरेकी छन।

इशा फाउन्डेसनद्वारा बाजुरा विपन्न परिवारका बालबालिकालाई राहत सामाग्री सहयोग : सामाजिक अभियान्ता लक्ष्मी कुवर र शाही ले हस्तान्तरण गरेकी छन।

दैनिक, बाजुरा, शिक्षा, समाचार, सुदूरपश्चिम
जिल्लाको पुर्वीउतरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा १ बिच्छया माविका २५० विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री वितरण गरेका छन्।त्यस्तै त्रिवेणी नगरपालिका वडा ४ मा रहेको तोली देवलडाँडा माध्यमिक बिद्यालयमा अध्यनरत २०० सय जना छात्रहरूका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए। बाजुरा जिल्लाका अति विपन्न परिवारका बालबालिकालाई इशा फाउन्डेसन नेपालले १ लाख ५५ हजार बराबरको अर्थिक सहयोग गरेको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले बताए ।इशा फाउन्डेसन नेपालले यस्ता अति विपन्न तथा पिछडिएका बालबालिका तथा गरीब परिवारलाई सहयोग गर्दै आएको छ्। कठिन यात्रा : इशा फाउन्डेसन नेपालद्वारा अति विपन्न परिवारका बालबालिका राहत वितरणका लागि धनगढीबाट एक दिनको बसको कठिनाइ यात्रा गरेर त्रिवेणी नगरपालिका वडा ४ मा रहेका तोली देवलडाँडा माध्यमिक विद्यालयका २ सय भन्दा बढी बालबालिकाहरूका लागि स्वास्थ्य सामाग्र...
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

कन्चनपुर, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
३० वैशाख, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।...
कैलालीमा आज साँझदेखि भारतीय सीमानाका बन्द हुने

कैलालीमा आज साँझदेखि भारतीय सीमानाका बन्द हुने

अन्तर्राष्ट्रिय, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमानाका बन्द हुने भएको छ। भारतमा लोकसभा निर्वाचन चलिरहेकाले आज साँझदेखि निर्वाचन अवधिभर सीमानाका बन्द गर्ने निर्णय भएको हो। वैशाख ३१ गते भारतको उत्तर प्रदेशको खिरीमा लोकसभा निर्वाचन हुँदैछ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले खिरीमा मतदान नसकिएसम्म सीमा नाका बन्द रहने जानकारी दिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज