Advertisement

राजनीति

आज बाबुराम, जनार्दन र सन्तोषलगायतलेपार्टी एकता घोषणा गर्दै

आज बाबुराम, जनार्दन र सन्तोषलगायतलेपार्टी एकता घोषणा गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ– प्रगतिशील राष्ट्रिय अभियान, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) र विभिन्न वैकल्पिक समूहहरूलाई एकीकृत गर्दै बनेको नयाँ पार्टीको आज औपचारिक घोषणा हुँदैछ। बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारलगायत नेताहरूको नेतृत्वमा गठन भएको यो नयाँ पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ राखिएको छ। भट्टराईको नेसपा (नयाँशक्ति), जनार्दन शर्माको नेतृत्वमा सुदन किराँती संयोजक रहेको प्रगतिशील राष्ट्रिय अभियान, र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारसहितका नेताहरू मिलेर यो पार्टी बनाइएको हो। पार्टी घोषणा समारोह आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा सुरु हुने प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजक समिति सदस्य जन्मदेव जैशीले जानकारी दिए। कार्यक्रममा डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, दुर्गा सोबललगायत नेताहरूले संयुक्त रूपमा एकत...
सरकार र दुर्गा प्रसाईं नेतृत्व समूहको वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

सरकार र दुर्गा प्रसाईं नेतृत्व समूहको वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच भएको वार्ताले सबै विरोध कार्यक्रम फिर्ता भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आजदेखि सुरु गर्ने भनिएको विरोध प्रदर्शन र अन्य कार्यक्रम वार्तापछि स्थगित भएका हुन्। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि यस अभियानी समूहले आफ्नो सबै कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो। सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र अभियानतर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन्। सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ कि समूहले उठाएका २७ बुँदे मागबारे विस्तृत छलफल गरिएको छ। यस विषयमा निरन्तर संवाद जारी राख्ने, वार्तालाई निरन्तरता दिने र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको उल्लेख छ।...
आज जेनजीसँग अन्तरक्रिया गर्दै संयोजक प्रचण्ड

आज जेनजीसँग अन्तरक्रिया गर्दै संयोजक प्रचण्ड

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) जेनजीसँग अन्तरक्रिया गर्दैछन्। ‘जेनजीसँग–नेकपा’ नाम ​दिइएको अन्तरक्रिया पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामामा बिहान ११ बजे शुरु हुने नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए। कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेता पनि सहभागी हुने उनले बताए। जेनजीले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुनेछ। तत्कालीन माओवादीको युवा संगठन वाईसीएल नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रममा छलफल, म्युजिक कन्सर्ट लगायत कार्यक्रम राखिएको छ।...
नेकपा एमालेले आज काठमाडौंमा वृहत जनसभा र शक्ति प्रदर्शन गर्दै

नेकपा एमालेले आज काठमाडौंमा वृहत जनसभा र शक्ति प्रदर्शन गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेले जनाएको छ । एमालेका नेता, कार्यकर्ता, जनसंगठन र सम्पर्क समन्वय समितिबाट लागि पर्ने र्याली प्रदर्शनीमार्गमा जम्मा भई रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा प्रवेश गर्नेछ। आमसभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म सक्रियता देखाउँदै आएको एमालेले आजको प्रदर्शनलाई आन्तरिक शक्ति प्रदर्शनका रूपमा लिएको छ। पार्टीले संसद् विघटन र तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै आलोचना गर्दै आएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जनसभामा देशभरका नेता तथा कार्यकर्ताको उपस्थिति रहनेछ। विभिन्न जिल्लाबाट नेता तथा कार्यकर...
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बाजुरा-  बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएकाे छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेकाे हाे । जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र सिफारिस गरिएको छ । त्यस्तै उनले त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको बताए । यस्तै महतले जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ मतदान केन्द्रलाई सम्बन्धित वडाको वडा कार्यालयमा स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको जानकारी दिए । चार गाउँप...
मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकियाे, ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकियाे, ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ । यसअघि कात्तिक मसान्तसम्मका लागि नामावली दर्ताको समय रहेकोमा नयाँ मतदाताको दर्ताको चाप बढेपछि आयोगले शुक्रबारसम्मका लागि समय थप गरेको थियो । यसैबीचमा ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको र सबै यकिन विवरण छिट्टै सार्वजनिक गर्ने आयोगले जनाएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो । आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मंसिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता ...
मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन सकिने

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन सकिने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था मिलाएको छ । जैविक तथ्याङ्क अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । अहिलेसम्म सात लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ । यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मङ्सिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा ज्यान गएका वा...
बझाङको मष्टा गाउँपालिका-१ मा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न, अध्यक्षमा ओखेडा

बझाङको मष्टा गाउँपालिका-१ मा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न, अध्यक्षमा ओखेडा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको मष्टा गाउँपालिकामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । मष्टा गाउँपालिका नेकपा एमाले वडा नं १ को वडा अधिवेशन बिहीबार सम्पन्न भएको हो । नेपाल एमाले वडा कमिटी अध्यक्ष नवराज खड्काको अध्यक्षता भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मदन बहादुर ओखेडाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमाले मष्टाले जनाएको छ । वडा कमिटी उपाध्यक्षमा तुलछी देवी खड्का , सचिवमा भक्त रोकाया, उपसचिवमा सिंगविर खड्का र बिरेन्द्र खड्का रहेका छन् । कार्यक्रममा नेकपा एमालेका नेताकार्यकर्ता तथा पार्टी प्रति आस्थावान व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।...
दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै, झन्डै १ हजार ३ सय मतदाता थपिए

दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दै, झन्डै १ हजार ३ सय मतदाता थपिए

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा मतदाता नामावली दर्ता गर्नेहरुको संख्या बढ्दै गएको छ । नामावली दर्ता गर्ने समय सकिनैं लाग्दा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न आउनेहरूको संख्या बढ्दै गएको हो । फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचन लक्षित भइरहेको अध्यावधिक कार्यमा बुधबार सम्म करिब १ हजार ३ सय मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले बताए । जोशीका अनुसार गत असोज १० देखि बुधरबार कार्यालय समय सम्म ७ सय ९ पुरुष र ५ सय ७९ महिला गरि १ हजार २ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । त्यस्तै १६ जना अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस अघि कार्तिक ३० गते सम्म अद्यावधिक गर्ने समय तोकिएकोमा नाम दर्ता गराउनेको संख्यालाई लक्षित गरि आयोगले मंसिर ५ गते भोली सम्म समय थपेको थियो ।...
सुदूरपश्चिममा १५ हजारभन्दा बढी नयाँ मतदाता थपिए

सुदूरपश्चिममा १५ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा १५ हजारभन्दा बढी मतदाता थपिएका छन्।प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार प्रदेशभर १५ हजार १८६ मतदाता थपिएका छन्।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार १० असोज यता सबैभन्दा बढी कैलाल र कञ्चनपुरमा मतदाता थपिएका छन् । कैलालीमा छ हजार ९३ जना मतदाता थपिएका छन्।यस्तै,कञ्चनपुरमा तीन हजार ७२२ जना र दार्चुलामा एक हजार १४९ मतदाता थपिएका छन्।अछाममा नौ सय छ, बझाङमा आठ सय ५८, बाजुरामा सात सय २७, बैतडीमा छ सय ९५, डडेल्धुरामा पाँच सय ३५ र डोटीमा पाँच सय एक जना मतदाता थपिएका भट्टले जानकारी दिए। ०७९ सालमा भएको निर्वाचनमा सुदूरपश्चिमभरि मतदाता संख्या १६ लाख ५८ हजार थियो।प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता हुने जानकारी दिए।...
बझाङमा ५४२ नयाँ मतदाता थप

बझाङमा ५४२ नयाँ मतदाता थप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ -आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानअन्तर्गत बझाङमा ५ सय ४२ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार नयाँ दर्तामध्ये ३ सय ६३ पुरुष र १ सय ७९ महिला रहेका छन्। असोज १० देखि कात्तिक १७ गतेसम्म चलेको दर्ता तथा अद्यावधिक अभियानमा सुदूरपश्चिमका अन्य जिल्लामा जस्तै बझाङमा पनि मतदाता दर्ताका लागि उत्साहजनक सहभागिता देखिएको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालय बझाङका निमित्त प्रमुख श्याम खड्काका अनुसार मतदाता नामावली अद्यावधिकका लागि कार्यालयहरू बेलुका ६ बजेसम्म खुला राखिएको छ। कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निरन्तर जारी रहनेछ।...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले संघीय सरकारले गरेको खर्च कटौतीका निर्देशनप्रति असन्तुष्टि जनाउँदै यस्तो समझदारी गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार, “मन्त्री र सांसदले पाउँदै आएको स्वकीय सचिवको सुविधा यथावत् राख्ने सहमति भएको छ।” संघीय सरकारले हालै खर्च कटौतीका सन्दर्भमा प्रदेश सांसद र मन्त्रीका सचिवालय खारेज गर्न निर्देशन दिएको थियो। तर मंगलबार अर्थ मन्त्रालयले “प्रदेशका काम प्रदेश र संघीय कानुनबमोजिम हुने” भन्ने पत्र पठाएपछि सुदूरपश्चिम सरकारले आफ्नै कानुनअनुसार निर्णय गर्ने निचोडमा पुगेको हो। सभामुख भीमबहादुर भण्डारीले भने, “प्रदेशका कामहरू प्रदेश कानुनअनुसार अघि बढ्छन्।” बैठकमा मुख्यमन्त्री शाह, सभामुख भण्डारी, एमालेका नेता राजेन्द्रसिंह राव...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज