Advertisement

राजनीति

युवा समाजसेवी करन साउद प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस

युवा समाजसेवी करन साउद प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति
कैलाली: बिगत लामो समयदेखि पार्टीगत तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै समाजसेवामा समर्पित युवा करन साउद आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कैलाली जिल्ला क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा सिफारिस हुनुभएको छ। साउद राजनीति पेशा नभई समाजसेवाको माध्यम हो भन्ने मान्यतासहित निरन्तर जनसेवामा सक्रिय रहँदै आउनु भएको छ। उहाँ समाजका हरेक आवश्यकता र समस्यामा अगाडि आएर सेवा गर्दै हिँड्ने असल, कर्मशील र लोकप्रिय युवा पात्रका रूपमा परिचित हुनुहुन्छ। “राजनीति मेरो समाजसेवा हो,” भन्ने स्पष्ट धारणा राख्दै उहाँले राजनीति पैसाका लागि होइन, समाज परिवर्तनका लागि हुनुपर्छ भन्ने सन्देश दिंदै आउनु भएको छ। राजनीतिलाई केहीले पैसा कमाउने माध्यम बनाइरहेको आरोप लागिरहेका बेला साउदले भने त्यसप्रति असहमति जनाउँदै राजनीतिलाई सेवाभावबाट हेर्नुपर्ने बताउनु हुन्छ। उहाँ बिगत ७–८ व...
एमालेको मतदान सकियो, आजै नतिजा आउने

एमालेको मतदान सकियो, आजै नतिजा आउने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । काठमाण्डौको भृकुटीमण्डमा हिजो बिहान ९ बजदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको हो । २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् । विद्युतीय मेसिनबाट मतदान गर्न एकजनालाई ९ मिनेटदेखि २ घण्टासम्म लागेको नेताहरुको भनाइ छ । ३०१ पद सबैलाई मतदान गर्नुपर्ने र प्रतिनिधिले आफ्नो प्यनानल अनुसारको सूची हेरेर मतदान गर्ने गरेकाले ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । नतिजा आज बिहान अबेरसम्म सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । पदाधिकारीतर्फ एउटा...
बझाङमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न, एमाले नेतृत्वमाथि चर्को प्रहार

बझाङमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न, एमाले नेतृत्वमाथि चर्को प्रहार

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
चैनपुर- बझाङ नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम चैनपुरको खुला मञ्चमा बुधबार पार्टीको एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको हो । पार्टीका प्रभावशाली नेता डा. भीम रावलको प्रमुख आतिथ्यतामा आयोजित सभामा खगराज भट्ट र भानुभक्त जोशीलगायत नेताहरूको उपस्थिति रहेको थियो। सभाअघि जिल्लाका विभिन्न स्थानबाट आएका नेताकार्यकर्ताहरूले बाजागाजासहित चैनपुर बजारमा र्‍याली निकालेका थिए। गत कात्तिकमा काठमाडौंमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम घटकबीच एकता घोषणा भएपछि देशभर एकता सन्देश सभा आयोजना हुँदै आएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमाले नेतृत्वले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलगायत संस्थापक नेताहरूको योगदान उपेक्षा गरेको आरोप लगाए। उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टी...
एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् :  प्रकाश शाह

एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् : प्रकाश शाह

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
सत्यराज सिंह, बझाङ- नेकपा एमालेबाट अलग भई हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमालेमा पार्टीका संस्थापक नेताहरूका परिवारलाई स्थान नदिइएको आरोप लगाएका छन् । बुधबार बझाङको सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै शाहले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरूको योगदानलाई एमाले नेतृत्वले उपेक्षा गरेको बताए । उनले भने, ‘एमालेमा पुष्पलाल, मनमोहन र मदन भण्डारी मात्र होइन, ५० वर्षसम्म पार्टीमा संघर्ष गरेका डा. भीम रावललाई समेत ठाउँ छैन । यो पार्टीको इतिहास र योगदानमाथि गरिएको अन्याय हो ।’ शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्य दुवैलाई निरङ्कुशताका दिशातर्फ धकेलेको आरोप लगाए । ओली नेतृत्वको सरकारमा तानाशाही प्रवृत्ति हाबी भएपछि आफूहरूलाई एमाले छाड्न ब...
मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज बेलुकी ५ बजेसम्म रहे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकारको नेतृत्वमा दाबी नछाडेपछि सहमति कायम हुन नसकेको हो । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिनुभएको छ । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद अघि बढाएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम आज बेलुकी ५ बजेसम्म सरकारका लागि दाबी पेश ...
मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। सात दलले विपक्षी बनाएको प्रदेश सभालाई सोमबार राति साढे ८ बजे र प्रदेश प्रमुख कार्यालयलाई मंगलबार बिहान सवा ११ बजे नै सर्वोच्चले परमादेशसहितको पत्र पठाएको थियो। सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेसँगै प्रतिपक्षी दलले शीघ्र प्रदेश सभाको बैठक बोलाउन माग गरेका थिए। नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने परमादेशमा उल्लेख छ। विश्वासको मत प्राप्त गर्न नसके उपधारा २ बमोजिम सरकार गठनको बाटो परमादेशले खुला गरिदिएको छ। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्द...
मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको हिजोको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन प्रदेश प्रमुख यादवको नाममा परमादेश जारी गरेको हो । ‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेश प्रदेशसभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सोहीबमोजिम गर्नु,’ आदेशमा भनिएको छ, ‘प्राप्त गर्न नसके माथि प्रकरणमा उल्लेख भएबमोजिम नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अ...
आज लुम्बिनी प्रदेशकाे देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

आज लुम्बिनी प्रदेशकाे देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ। साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेसको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा हुनेछ।मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ।...
मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डाै- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतदान केन्द्र र म्यादी प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया शुरू गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता देखिएसँगै जिम्मेवार निकाय तयारीमा जुटेका हुन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले चुनाव सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरू गर्ने बताउनुभयो । नयाँ मतदाताको सङ्ख्यालाई आँकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशी...
निर्वाचनमा भाग लिन दल दर्ताको समय आजसम्म, अहिलेसम्म ८० दल दर्ता

निर्वाचनमा भाग लिन दल दर्ताको समय आजसम्म, अहिलेसम्म ८० दल दर्ता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन् । निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ । आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।...
प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता

प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा हिजो थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोलिसम्मको समयसीमा निर्धारण गरेको छ । आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलिसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ । रासस...
फागुन २१ मा हुनेप्रतिनिधिसभा चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

फागुन २१ मा हुनेप्रतिनिधिसभा चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८ गतेसम्म निवेदनमाथि छानबिन गर्ने र २० गते दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । यसमध्ये १५ वटा नयाँ छन् । अझै २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका आयोगले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज