राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार
Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रयास असफल भएको छ ।
आन्दोलनमा सहभागी हुन सुवेदीले पठाएको पत्रको जवाफ दिनसमेत आवश्यक नठानिएको रास्वपाले प्रतिक्रिया दिएको छ । राजावादीले १५ चैत्रमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि उनीहरूको आन्दोलनमाथि प्रश्न छन् ।
सुवेदीले मंगलबारको मितिमा पठाएको पत्र रास्वपा कार्यालयमा बुधबार दर्ता भएको थियो । दर्ता नम्बर १०६ रहेको उक्त पत्र रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गरेर पठाइएको छ । हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा सभापति रवि लामिछानेले शंका गरेको सन्दर्भ उल्लेख गर्दै सुवेदीले पत्रमा १५ जेठदेखि आयोजना हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
पार्टी कार्यबाहक प्रवक्ता मनीष झाले पत्रक...











