Advertisement

समाचार

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा लेख्दै अहिलेको परिस्थितिमा खोमिनीले आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त विकल्प हुने बताएका हुन्। उनका अनुसार अमेरिका इरानको अवस्थाबारे पूर्ण रूपमा जानकार छ र हाललाई खोमिनीको ज्यान सुरक्षित रहेको स्पष्ट पारेका छन्। उनले खोमेनीलाई लक्षित गर्नु सजिलो भए पनि हाल अमेरिकाले त्यसो नगर्ने दाबीसमेत गरेका छन्। इरानले इजरायलको तेल अभिभ र हाइफाजस्ता प्रमुख सहर खाली गर्न चेतावनी दिएपछि तेहरानमा ठूलो संख्यामा विस्फोट भएका छन्। राजधानी छाड्न खोज्ने इरानीको संख्या बढ्दै गएको छ, तर धेरै नागरिक अन्यत्र सुरक्षित विकल्प नभएको बताउँदै छन्। पछिल्लो सैन्य तनाव शुक्रबारदेखि सुरु भएको हो, जब इजरायलले इरानमाथि आक्रमण सुरु गर्‍यो। इजरायल...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्‍यो। ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। कुशल भुर्तेलले ३०, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए। स्कटल्याण्डका सफयान शरीफ र माइकल लिस्कले २/२ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्ड १९.३ ओभरमा ९७ रनमै समेटियो। माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए। नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ११ रन दिँदै ४ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २/२ तथा ललित राजवंशीले १ विकेट लिए। यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालले अब बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ।...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

समाचार
बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रशासन कार्यालय बझाङले २०८२ साल जेष्ठ २९ गते सुनाएको फैसलामा पाँच जनालाई जनही तीन–तीन महिना कैद र जरिवानाको सजाय सुनाइएको हो। पहिलो मुद्दा नं. १८१ मा जाहेरीवाला दत्तराम अवस्थीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी देवदत्त अवस्थी, विष्णुप्रकाश उपाध्याय र कमल थापामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८(२) अनुसार जनही ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। त्यसैगरी, अभद्र व्यवहारसम्बन्धी दोस्रो मुद्दा नं. १८२ मा जाहेरीवाला जयबहादुर मल्ल लगायतको जाहेरीमा प्रतिवादी कमल थापा, तिलक कुँवर, अशोक धामी र जानकी खड्कालाई पनि सोही मितिमा जनही ३ महिना कैद र २ हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको छ। जिल्ला प्रमुख अधिकारी...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷८२ मा श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा ३०,००,०००(तिस लाख ) विनियोजन गरिएको थियो । वास्तविक नाममा भन्दा फरक नाम राखेर प्रदेशको बजेट आएकोले समुदायमा विवाद सिर्जना भएको हो । उच्च अदालत दिपायलको मुद्घा नम्बर ण्डज्ञ–ध्इ–ण्ण्द्धट जयपृथ्वी नगरपालिकालाई विपक्षी बनाई कारण देखाउ आदेश जारि र छलफलमा झिकाउने आदेश दिएको छ । जयपृथ्वी नगरपलिका ७ नम्बर का स्थानिय रमेश महरले अदालतमा रिट निवेदन दर्ता गराएका थिए ७ नम्बर वडामा गैह्राकोट मष्टा मन्दिर र रिङनीमाणु मष्टा मन्दिर अवस्थीत छन् । तर प्रदेश सरकारकले श्रीमन महाराज मन्दिर जयपृथ्वी नगरपालिका ७ का नाममा रकम हालेपछि समुदायमा विवाद सिर्जना भएको थियो । दुई वटै मन्दिर पक्षका भक्तजनहरुले आ–आफ्नो मन्दिरमा...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

Breaking News 1, बझाङ, समाचार
बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् । आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बालबालिकालाई खड्काले खाद्यवस्तु र शैक्षिक सामग्री प्रदान गरेका हुन् । वितरण सामग्रीमा चामल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री तथा कलम, कपी, पेनसिलजस्ता स्टेशनरी सामाग्री रहेका छन् । आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै खड्काले बालबालिकाको उज्यालो भविष्यको कामना गर्दै सानो सहयोगले उनीहरूलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । ´सामान्य उत्सवलाई समाजसेवामूलक बनाउनु सबैको कर्तव्य हो ।,` खड्काले भने, ´बालबालिकाको मुस्कान नै मेरो लागि ठूलो उपहार हो ।` उनको ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

समाचार
उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्राथमिकता दिँदै स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउँदै आएकी छन्। स्थानीय सरकारको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी भण्डारी न्यायिक समितिको संयोजकसमेत हुन्। उनले समाजका हरेक मुद्दालाई व्यक्तिगत पिडाको रूपमा लिएर काम गरिरहेको बताउँछिन्। “महिलाको पिडा अब लुकाउने कुरा होइन,” उपाध्यक्ष भण्डारीले भनिन्, “अब कसैले अन्यायमा परेमा मलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ।” गाउँघरका दिदीबहिनीका पीडा बुझ्दै उनले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीप विकास तालिमहरू जस्तै हाते होजियारी, सिलाइकटाइ, अल्लो प्रशोधनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। साथै, वृद्धावस्थाका नागरिकहरूका लागि लुगा वितरण तथा पोषण कार्यक्रम पनि उनले गाउँमै सञ्चालन गरेकी छन्। सामुदायिक साझेदार...
जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

समाचार
उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनसम्बन्धी एक दिवसीय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ। तलकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम वन उपभोक्ता समितिका पदाधिकारीहरूसँग गरिएको हो। गोष्ठीमा जलवायु परिवर्तनले समुदायमा पार्ने असर, त्यसको सामना गर्न आवश्यक तयारी र अनुकूलन उपायहरूबारे जानकारी दिइएको थियो। समुदायमा आधारित कार्यक्रम अन्तर्गत सञ्चालित यो गोष्ठीमा सहभागीहरुलाई आवश्यक प्रशिक्षण प्रदान गरिएको थियो। तलकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याउँदै विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए। कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता अधिकृत कमल खड्काले गर्नुभएको थियो। कार्यक्रममा कृषि तथा वन विज्ञ जिल्ला सल्लाहकार वीरेन्...
तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति

तलकोट गाउँपालिका: विकास र समृद्धिको यात्रामा तीव्र गति

समाचार
उत्तमकुमार थापा बझाङ, सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको विकट भनेर चिनिँदै आएको तलकोट गाउँपालिका पछिल्लो समय विकास र समृद्धिको यात्रामा तीव्र गतिमा अगाडि बढिरहेको देखिएको छ। “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय अभियानसँग तालमेल मिलाउँदै स्थानीय सरकारको सक्रियता र स्थानीय नेतृत्वको पहल मार्फत गाउँपालिका भौतिक पूर्वाधारदेखि सामाजिक क्षेत्रमा समेत प्रगतिको मार्गमा अघि बढिरहेको छ। प्रशासकीय अधिकृतको सकारात्मक अनुभव प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईका अनुसार, संघीय संरचनाले विकट मानिएको बझाङको सम्भावना र समृद्धिको ढोका खोलिदिएको छ। “पहिलो पटक आउँदा अप्ठ्यारो लागे पनि केही दिनमै तलकोटको शान्त वातावरण, सलल बग्ने सेती नदी र हिमालको दृश्यले मन छुन्छ”, उनले बताए। उनले आफू नागरिक सेवामा दिनरात खटिएको र कर्मचारी टोलीको साथ पाउँदा थप हौसला मिलेको उल्लेख गरे। म...
तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

तलकोटमा जलवायु परिवर्तनसम्बन्धी वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको तलकोट गाउँपालिकामा जलवायु परिवर्तनका प्रभाव र समाधानका उपायहरूबारे सामुदायिक वन उपभोक्ता समितिसँग गोष्ठी सम्पन्न भएको छ। तलकोट गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गरी परियोजना अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो। स्थानीय सरकारको आयोजनामा भएको कार्यक्रममा मौसम परिवर्तनसँगै देखिन थालेका जलवायु असरबारे विस्तृत जानकारी दिइयो। "समुदायमा आधारित कार्यक्रम"अन्तर्गत सञ्चालन भएको सो गोष्ठीमा जलवायु परिवर्तनले वन तथा स्थानीय जीवनशैलीमा पार्ने असरबारे छलफल गरियो। गोष्ठीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भट्टराईले समुदायको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। "तलकोटको रुपान्तरण सामूहिक प्रयासबाट मात्र सम्भव छ," उनले भने। कार्यक्रमको सञ्चालन खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा...
मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ । कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् । थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै 'विकास, न्याय र जनताको भरोसा' भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् । अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाज...
बझाङको भोपुरमा वन डढेलो सम्बन्धि अभ्यास कार्यक्रम सम्पन्न

बझाङको भोपुरमा वन डढेलो सम्बन्धि अभ्यास कार्यक्रम सम्पन्न

समाचार
  उत्तमकुमार थापा | चैनपुर, बझाङ बझाङ जिल्लाको सदरमुकाम चैनपुरस्थित भोपुरमा डिभिजन वन कार्यालय बझाङको आयोजनामा वन डढेलो सम्बन्धि अभ्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त अभ्यास कार्यक्रमले आगलागी नियन्त्रण र विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाको सक्रिय सहभागिता सुनिश्चित गरेको छ। कार्यक्रमको अवसरमा आगलागीबाट हुने संभावित क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण, डेमो प्रदर्शन र छलफल गरिएको थियो। एम्बुलेन्सको प्रयोगमार्फत घाइतेको उद्धार र जिल्ला अस्पतालसम्म पुर्‍याउने अभ्यास पनि गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, डिभिजन वन कार्यालय बझाङका प्रमुख शम्भु तिवारी, सुरक्षा निकायका प्रमुख, सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र जोशी लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। प्रमुख जिल्ला अ...
भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

Breaking News 1, बझाङ, रोजगार, समाचार
बझाङ । जिल्ला स्तरमा वितरण गरिने भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको तयारीस्वरूप कृषि ज्ञान केन्द्र बझाङले आज छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडा र ७ अन्तर्गत पर्ने खोरी क्षेत्रमा स्थलगत कृषि अनुगमन सम्पन्न गरेको छ । अनुगमन टोलीको नेतृत्व वाली संरक्षण प्राविधिक समितिका संयोजक तथा कृषि ज्ञान केन्द्र बझाङका सहायक वाली संरक्षण अधिकृत जनक सिंहले गरेका थिए । टोलीमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा कार्यरत समिति सदस्य जय बहादुर खड्का र समन्वय समितिका यज्ञ खत्री सहभागी थिए । कृषकहरूको उत्पादन प्रणाली, व्यवस्थापन सीप, प्रविधिको प्रयोग, मेहनत तथा योगदानको मूल्याङ्कन गरी बझाङ जिल्लाभरिबाट छनोट गरिने उत्कृष्ट तीन जना कृषकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितात्मक मूल्याङ्कनका आधारमा छनोटमा पर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कृषकलाई क्रमशः रु २५,००० नगद पुरस्कार प्रदान गरि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज