ट्रम्पद्वारा चीनमाथि थप १०० प्रतिशत भन्सार घोषणा, विश्व अर्थतन्त्रमा नयाँ चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत पोस्ट गर्दै यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गर्नुभएको हो।
अब चीनबाट अमेरिका आयात हुने सामानमा कुल १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले उक्त निर्णय नोभेम्बर १ देखि लागू हुने बताएका छन्।
अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेख्नुभएको छ, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गर्नेछौँ,’ उहाँको भनाइ छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध थालेका थिए। त्यतिबेला अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। चीनले पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएर प्रत्युत्तर दिए...











