
कैलाली – जिम्बावेकाे दोस्रो ठूलो सहर बुलावायो नजिकै मङ्गलवार राति एउटा मिनीबस ट्रकसँग ठोकिँदा २२ जनाको ज्यान गएकाे छ । बुलावायो–बिटब्रिज रोडमा २१ जना यात्रु बाेकेकाे मिनीबस र यात्रुसहितकाे ट्रक ठाेकिँदा अन्य दुई जना घाइते भएका छन् ।
मिनिबसका चालकसहित २२ जनाको घटनास्थलमै ज्यान गएकाे र ट्रकमा सवार दुई जना घाइते भएका जिम्बावेकाे सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ । घाइते दुई जनाकाे दक्षिण–पश्चिमी सहर बुलावायाेमा उपचार भइरहेकाे खबरमा उल्लेख छ ।
जिम्बावे सडक दुर्घटना बारम्बार भइरहन्छ, जहाँ कच्ची सडकमा गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाे आराेप चालकहरूलाई लाग्ने गरेकाे छ ।