Advertisement

समाचार

मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु

समाचार
कैलाली - सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका-१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल एक/आपसमा ठोक्किएर दुर्घटना भएको हो । उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्‍याउँदा तीनै जनालाई साढे ७ बजेतिर चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी पाण्डेले बताए । मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उ...

कञ्चनपुरमा एक पुरुषको शव फेला

समाचार
कञ्चनपुर - कञ्चनपुरमा समैजी सामुदायिक वनभित्र पुरुषको शव फेला परेको छ। कृष्णपुर नगरपालिका वडा नम्बर-४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो।  नाम थर नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव बुधवार साँझ ४ः३५ बजेको समयमा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ। ...

आज हरि बोधिनी एकादशी मनाइँदै 

समाचार
धनगढी - आज हरि बोधिनी एकादशी मनाइँदैछ ।  असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइन्छ ।  हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबाेधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।...
भारतबाट ल्याइयो १५ वटा मुर्रा राँगा नेपालगन्ज पुगे ।

भारतबाट ल्याइयो १५ वटा मुर्रा राँगा नेपालगन्ज पुगे ।

समाचार
भारतले नेपाललाई सहायतास्वरुप दिएको उच्च प्रजनन क्षमताका १५ वटा मुर्रा राँगा भारतबाट आज (बुधवार) बाँकेको जमुनाहा नाका हुँदै नेपाल ल्याइपु¥याइएको छ। उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणका अवसरमा मुर्रा राँगा नेपाललाई प्रदान गर्ने घोषणा भारतले गरेको थियो। ती राँगा ल्याउनका लागि पशु सेवा विभागकी पूर्वमहानिर्देशसहित ४ जनाको टोली भारत गएको थियो। विद्यमान क्वारेन्टिन प्रक्रिया पूरा गरी नेपाल ल्याइका राँगा लहान‚ पोखरा र नेपालगञ्जको गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा व्यवस्थापन गरिने पशु सेवा विभागले जनाएको छ। भारतबाट प्राप्त राँगामध्ये राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा ७ वटा, राष्ट्रिय पशु प्रजनन कार्यालय ल...

धनगढीमा कार्यालय खोलेरै अनलाइन ठगी गर्ने ९ जना ह्याकर पक्राउ 

समाचार
धनगढी - धनगढीमा प्रहरीले ९ जना ह्याकरलाई नियन्त्रणमा लिएको छ। आज (बुधबार) सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले ह्याकरको समूहलाई नियन्त्रणमा लिएको हो। उनीहरूले धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक एक घरमा फ्ल्याट भाडामा लिएर कार्यालय नै खोलेर अनलाइन ठगी गर्ने, बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुको परिचय भने खुल्न बाकी छ। यस्तै उनीहरूको साथबाट १० वटा ल्यापटप पनि बरामद गरिएको बुझिएको छ। यस्तै घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ।...

एमालेको संकल्प यात्रा बैतडीबाट सुरु हुने

समाचार
कैलाली - नेकपा एमालले बैतडीको झुलाघाटबाट संकल्प यात्रा सुरु गर्ने भएको छ।  एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको हो। बुधवारको केन्द्रीय कमिटी बैठकले उक्त पदयात्रा कार्यक्रमको कार्ययोजना पारित गरेको एमालले बताएको छ। यात्राको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले १४ मंसिरको विहान साढे ८ बजे बैतडीको झुलाघाटमा गर्ने कार्यक्रम तय भएको छ। यात्राको समापन भने पाँचथरको चिवाभञ्ज्याङमा अभियानको सन्दर्भ झल्काउने र निश्चित स्मृति चिह्नहरूसहित हुनेछ। २१ दिनसम्म चल्ने पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरू टोलीमा रहनेछन्।...

नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा 

समाचार
कैलाली - नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवा भएका छन्। बढुवा भएकालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गत २४ कात्तिकको बढुवा समितिको सिफारिसअनुसार मंगलबार पाँचजनाको बढुवा भएको हो। जसमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई छन्। कार्यक्रममा बोल्दै महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उत्कृष्टताका साथ निर्वाह गर्न निर्देशन दिएका छन्।  संगठनप्रति बफादार, इमानदार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्यांकन गरेको चर्चा गर्दै संगठनको नीतिअनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको उनले बताए।...

काठमाडौंमा युवा संघले निकाल्‍यो राँके जुलुश

समाचार
कैलाली -  एमालेको भातृ संगठन युवा संघले काठमाडौंको प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको छ । बुधबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । युवा संघले बिहीबार ‘सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ राखेको छ। उक्त कार्यक्रम युवा संघले बिहीबार तीनकुनेमा गर्दैछ। उक्त कार्यक्रमको पूर्वसन्ध्यामा युवा संघले जुलुस निकालेको हो।...

ऋतिक रोशन बने भारतका दोस्रो धनी अभिनेता

समाचार
कैलाली - बलिउड अभिनेता ऋतिक रोशन भारतको दोस्रो धनी अभिनेता बनेका छन्।  ऋतिकसँग धेरै सम्पत्ति रहेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकसँग ४१० मिलियन डलर (३४ अर्ब १७ करोड भारू) रहेको छ। उनी एउटा फिल्मको ७५ देखि १०० करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक विज्ञापन गरेको १० देखि १२ करोड भारू लिन्छन् भने सामाजिक सञ्जालमार्फत प्रमाेशनल भिडिओ हालेको ४-५ करोड भारू पारिश्रमिक लिन्छन्।  उनीसँग आफ्नै कम्पनी छ। स्पोर्ट वियर क्लोदिङ ब्रान्ड, एचआरएक्सका मालिक हुन् उनी। यो कम्पनीको मूल्य २०० करोड भारू रहेको छ।  उनको दुई पेटहाउस पनि छ। एकको मूल्य ९८ करोड भारू छ भने अर्कोको ६७ करोड छ। उनीसँग ३ करोडको डिजाइनर भ्यानिटी भ्यान छ। उनले अभिनय गरेका फिल्महरू प्राय हिट छन्। यतिबेला उनी फिल्म 'फाइटर' को तयारीमा छन्। भारतको पहिलो धनी  अभिनेता शाहरूख खान हुन् ।...

डोटीमा १७ वर्षीया किशोरीमाथि सामूहिक करणी, तीन जना पक्राउ

समाचार
कैलाली - डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको प्रहरीले बताएको छ। उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको हो।...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

समाचार
कैलाली - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । बुधबार बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण समेत गराएका थिए ।...

अष्ट्रियासँग २-० ले जर्मनी पराजित

समाचार
कैलाली - अर्को वर्ष युरो कप आयोजना गर्ने तयारीमा रहेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ । भियानास्थित एर्न्स्ट हापेल स्टेडियममा भएको खेलमा जर्मनी घरेलु टोली अष्ट्रियासँग २-० ले पराजित भयो । अष्ट्रियाले दुवै हाफमा एक/एक गोल गरेको थियो । जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिए ।  खेलको २९औं मिनेटमा मार्सेल सबितजरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।  ४९औं मिनेटमा साने रातो कार्ड खाँदै मैदान बाहिरिएपछि जर्मनी दश खेलाडीमा समेटियो । अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनरले ७३औं मिनेटमा दोस्रो गोल गरे । सेप्टेम्बरमा मुख्य प्रशिक्षक बनेका जुलियन नागेल्सम्यानको लागि यो लगातार दोस्रो हार हो । यसअघि शनिबार जर्मनी टर्कीसँग ३-२ ले पराजित भएको थियो । नागेल्सम्यानले आफ्नो टिमले राम्रो प्रदर्शन गर्न नसकेको र अझै धेरै सुधार गर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज