Advertisement

समाचार

फेसबुक शुरु भएको २० वर्ष पूरा

समाचार
काठमाण्डौं – अहिले सबैभन्दा धेरै प्रयोगमा रहेको सामाजिक सञ्जाल फेसबुक स्थापना भएको आज २० वर्ष पूरा भएको छ ।  सन् २००४ मा मार्क जुकरवर्गले आफ्ना केही साथीहरुसँग मिलेर फेसबुकको शुरुवात गरेका हुन् । केही विद्यार्थीले दुई दशकअघि अमेरिकामा शुरु गरेको ‘द फेसबुक’ले अहिलेसम्म दर्जनौँ नयाँ डिजाइनहरु परिवर्तन गर्दै आफूलाई अब्बल बनाएको छ ।  अहिले विश्वभर फेसबुकका तीन अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् । फेसबुककै मातृ कम्पनी मेटा अन्तर्गतको वाट्सएप अहिले विश्वमा प्रयोग भएको दोस्रो सामाजिक सञ्जाल हो ।  मेटाकै इन्सटाग्राम चौथो नम्बरमा छ । संसारलाई अनलाइन सामाजिक गतिविधिको नयाँ युगमा प्रवेश गराएको श्रेय फेसबुकलाई नै जाने प्रविधिविज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...

सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

समाचार
धनगढी - सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।  अन्तर्राष्ट्रय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य प्रतिऔंस २०३९ अमेरिकी डलर कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १४१५ रुपैयाँ रहेको चाँदी आइतबार १३९५ रुपैयाँमा झरेको हो ।...

सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर

समाचार
कैलाली - नेपाल भारत सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर संकलन गरिएको छ । चलचित्र काँडेतारको च्यारिटी शोको अवसरमा धनगढीमा विशिष्ट व्यक्तिहरूबाट भारतबाट हुने अतिक्रमण रोक्न दबाब दिन हस्ताक्षर गरिएको हो । भारतको सीमा विवादलाईलाई रोक्न नेपाली भूमिमा काँडेतार लगाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको चलचित्रका नायक तथा निर्देशक नवल खड्काले जानकारी दिए ।  एमाले संसदीय दलका उपनेता प्रदेश सभा सदस्य सन्तोस थापा सर्मा, सांसद जानकी ऐर, धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, पत्रकार महासंघ प्रदेश अध्यक्ष योगेश रावलले लगायतले काँडेतारको माग गर्दै हस्ताक्षर गरेका हुन् । नेपाल–भारतको सिमा विवादमा आधारित चलचित्र हेर्दै उनीहरुले सीमामा काँडेतारको आवश्यक रहेको बताए । चलचित्र काँडेतार आउँदो फागुन २५ गते देश...

धनगढीमा एक किशोर मृत अवस्थामा फेला

समाचार
धनगढी - कैलालीको धनगढीमा एक किशोर मृत फेला परेका छन।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गीता नेपालीका १९ वर्षीय छोरा दिवान मृत फेला परेका हुन्।  उनी आफ्नै घरमा मृत फेला परेका प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ।

रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै

समाचार
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने र...

धनगढीमा कानूनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

समाचार
धनगढी - धनगढीमा प्रथम कानूनी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।  शनिबार धनगढीमा रहेको कैलाली जनपुस्तकालयको सभाहलमा प्रतियोगिता गरिएको हो। बोलन्या थलिको आयोजनामा अमेरिकी कर्नर धनगढीको सहकार्य तथा डेनोभ इन्स्टिच्युटको प्रायोजकत्वमा प्रतियोगिता गरिएको छ ।  १० वटा समूहहरु सहभागीता रहेको उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम एसपिए 'ए', द्वितीय सीसीएस प्लस टु, तृतीय एक्सीस पल्स टु र सान्त्वना एसपीए 'बी' भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय  र सान्त्वना हुने समूहलाई मेडल प्रमाणपत्र सहित सुदूरपश्चिम ऐन संग्रह नामक पुस्तक वितरण गरिएको कार्यक्रम संयोजक प्रविन चन्दले बताए ।...

‘गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै हो’

समाचार
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरेको बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरेको टिप्पणी गरेका हुन् । ‘सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति’ उनले भने ।...
धनगढीमा “जय नेपाल” कप २०८० क्रिकेट प्रतियोगिता हुँदै

धनगढीमा “जय नेपाल” कप २०८० क्रिकेट प्रतियोगिता हुँदै

समाचार
फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेशस्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरुमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए । उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरुले प्रतियोगितामा भाग लग्न सक्ने छन् । २० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ । प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना खेलाडी अनिवार्य रुपमा क्याम्पस बाहिरको हाल्नुपर्ने उनले बताए । प्रतियोगितामा सहभागि हुनका लागि प्रवेश शूल्क २५ हजार कायम गरिएको छ भने बाहिरबाट आ...

उद्योग वाणिज्य संघका महासचिवसहित चार जनामाथि अनुसन्धान हुँदै 

समाचार
धनगढी - अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्री प्रकरणमा चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चारै जना शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आफैं उपस्थित भएपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । नक्कली टिकट बिक्री प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध पनि किटानी जाहेरी दिएका थिए । उन...

केएमसीले मनायो ४४औँ स्थापना दिवस

समाचार
धनगढी - कैलाली बहुमुखी क्याम्पसले शुक्रबार ४४औँ स्थापना दिवस मनाएको छ ।  क्याम्पसमा रहेको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा एक औपचारिक कार्यक्रमकाबीच क्याम्पसको स्थापना दिवस मनाईएको हो । २०३७ सालमा तत्कालिन अञ्चलाधीशले क्याम्पस सञ्चालन गर्ने जिम्मेवारी आफुले लिई तत्कालीन राजा वीरेन्द्र शाहले धनगढी नगर पञ्चायत वडा नं ८ मा पर्ने २७ बिघा जमीन क्याम्पसको नाममा दर्ता गरी विसं २०३७ माघ १९ मा क्याम्पसको स्थापना गरिएको थियो ।  विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता मान्यता प्राप्त केएमसी हाल सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो ।  क्याम्पसको ४४औँ स्थापना दिवस कैलाली बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन केन्द्र (रिसर्च म्यानेजमेन्ट सेल)को आयोजनामा एक औपचारिक कार्यक्रम आयोजना गरि मनाईएको छ । क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टको अध्यक्षतामा अयोजना भ...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार
कैलाली - अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।...

दुई सय २६ जना सशस्त्र जवानको बढुवा सिफारिस

समाचार
काठमाडौं - सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सूची प्रकाशित गरेको छ ।  बढुवा समितिले २२६ जना सशस्त्र जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस प्रकाशित गरेको हो । सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो । ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज