कैलालीमा असहायका लागि सहारा घर निर्माण गरिँदै
धनगढी - कैलालीमा मानसिक रोगी तथा असहायका लागि व्यवस्थित सहारा घर निर्माण गरिँदै छ।
बर्दगोरिया गाउँपालिका–२ बौनियामा असहायका लागि सहयोगी हात नेपाल नामक संस्थाले सञ्चालनमा ल्याएको सहारा घरमा आश्रितलाई राख्न व्यवस्थित भवन निर्माण हुने भएको हो।
कैलाली जिल्लाका विभिन्न सडकमा अलपत्र असहाय र मानसिक रोगी राख्न राष्ट्रिय योजना आयोगको एक करोड ५० लाख रुपियाँ लागतमा सहारा घर निर्माण गर्न लागिएको हो। ...

