Advertisement

समाचार

सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खस्नुभएको हो। रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका करन गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो । सेती नदीमा खसेपछि गुहार माग्नुभएका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गर्नुभएको थियो । करनको शरिरभर चोट लागेको उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । घटना राति भएकाले थप विवरण आउन बाँकी छ ।...
´´सुदुर पश्चिम् नेपाली समाज  पश्चिम् अस्ट्रेलिया ले मनायो गौरा पर्व ´´

´´सुदुर पश्चिम् नेपाली समाज पश्चिम् अस्ट्रेलिया ले मनायो गौरा पर्व ´´

Breaking News 1, अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
सुदुरपश्चिम् समाज वस्ट्रेन अस्ट्रेलिया ले आयोजना गरेको गौरा पर्व विशेष सामाजिक सद्भावना सस्कृत जगेर्ना गरौ भन्दै प्रवास मा रहेका आम नेपाली विशेष गरि सुदुर पश्चिमेलि हरु लाई मध्य नजर गरि अस्ट्रेलिया को पर्थ मा यहि अगस्ट 25 तारिक सम्मपन्न भएको । सुदुर पश्चिम समाज का अध्यक्ष किस्वर कुवर ले बताएका छन । उक्त कार्यक्रम मा समाज का सम्पुर्ण पदाधिकारी को उपस्थित रहेको थियो ! आफू जहाँ रहे पनि आफ्नो कला,सस्कृती ,रितिरिवाज ,भेषभुषा लाई भुल्न हुदैन भनेर अध्यक्ष कुवर ले उक्त कार्यक्रम मा बताएका थिए । भने सुदुर पश्चिम् नेपाली समाज ले प्रवास मा रहेर पनि आफ्नो देश को कला ,सस्कृती लाई भुलेको छैन र भुल्ने छैन र साथै अशक्त असाय हरुलाइ पनि उक्त सस्थाले सयोग गर्दै आएको । सस्था का अध्यक्ष ले बताए।...
प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा कृषक संग राष्ट्रिय स्वतन्त्र पार्टी कार्यक्रम सम्पन्न भएको छ । कृषि पेशा गरिरहेका कृषकहरुलाई कृषि बारे आधारभूत ज्ञान प्रदान गर्ने उदेश्यले गरिएको सो कार्यक्रम आज कैलालीको घोडाघोडी नगरपालिका भागेश्वरी हलमा सम्पन्न भएको हो । धान खेतिमा लाग्ने विभिन्न रोगहरु र त्यसको समाधानका उपायहरु, तरकारी खेती तथा फलफूल खेती गर्ने तरिका त्यसमा लाग्ने रोग र त्यसका समाधानका उपायहरु र कृषक संग संबंधित विभिन्न कुराहरु कृषि विशेषज्ञद्वारा कृषकलाई जानकारी गराएको राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश प्रवक्ता सन्तोष जोशिले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको कृषि बिभाग र कैलाली जिल्ला समन्वय समितिको सहकार्य तथा पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सो कार्यक्रममा प्रदेश कृषि बिभाग प्रमुख कृष्ण न्यौपाने, रास्वपा कैलाली जिल्ला संयोजक महेश चौधरी, रास्वपा...
नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
१२ भदौ, धनगढी - दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।     दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् ।     खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।     नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी ट...
२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम

२४ घण्टामा एक करोड ९७ लाख सब्सक्राइबर पाएर रोनाल्डोले राखे गिनिज बुकमा नाम

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, मुख्य समाचार, समाचार, सूचना प्रविधि
१२ भदौ, धनगढी - २४ घण्टाको अवधिमा सबैभन्दा बढी सब्सक्राइबर पाएपछि स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राखेका छन् । गत साताको मङ्गलवारदेखि युट्युब च्यानल सञ्चालनमा ल्याएका रोनाल्डोले २४ घण्टामा सर्वाधिक सब्सक्राइबर पाउने क्रियटरको रेकर्ड बनाएका हुन् ।   रोनाल्डोले २४ घण्टामा एक करोड ९७ लाख २९ हजार ८२७ सब्सक्राइबर पाएर सो रेकर्ड राखेका हुन् ।   हुन त सब्सक्राइबरका सन्दर्भमा रोनाल्डोले कैयन् रेकर्ड कायम गरिसकेका छन् । तर, गिनिज बुक अफ वर्ल्ड रेकर्डले २४ घण्टामा सबैभन्दा बढी सब्सक्राइबर पाउने युट्युब च्यानलका रूपमा 'यूआर क्रिस्टियानो' लाई मान्यता दिएको हो ।   गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार रोनाल्डोले रेकर्ड राखेको प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रमाणपत्रमा फुटबल क्षेत्रका सुपरस्टार रोनाल्डो सामाजिक सञ्जालको पनि आइकन बनेको भन्द...
पुर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री राणाका लागि धनगढीमा कडा सुरक्षा

पुर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री राणाका लागि धनगढीमा कडा सुरक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
धनगढीः नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहाल (प्रचण्ड)सहित ठूलो संख्यामा नेताहरु धनगढी आउँदैछन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड दलबलसहित धनगढी पुग्दैछन्। पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि बैठकमा सहभागि हुँदैछन्। उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन्। माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक विहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी ...
वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

वडामा छैनन् वडाध्यक्ष र सचिव, न्यूज लेख्दा आरोप र धम्की

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
डोटि: डोटिको शिखर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष धिर्क बहादुर सिंहले कामना टेलिभिजनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रतिकारमा उत्रीएका छन् । कामना टेलिभिजनले गत भदौ १० गते स्थानीय संग सरोकार कार्यक्रमद्वारा ´डोटीको शिखर नगरपालिका का वडाअध्यक्ष को रजगज , वडावासी भन्छन "चुनाव जितेपछि वडाअध्यक्ष को वडा कार्यलयमा मुख हेर्न पाएको छैनौ वडामा कुनै काम पर्यो कि वडाअध्यक्ष को घर जान पर्छ कि नगरपालिका । " वडा कार्यालयमा नत वडाअध्यक्ष हुन्छन नत कर्मचारी नै हरिबिजोक ।` शिर्षकमा प्रशारण गरिएको समाचारको प्रतिकार गरेका हुन् । वडाध्यक्ष सिंहले कामना टेलिभिजन बाट प्रशारित उक्त भिडियोलाई र आफूमाथी लागेका आरोपलाई कमजोर बनाउन आफू निकटका व्यक्तीद्वारा सामाजिक संजालमा कामना टेलिभिजनका पत्रकारले आफ्ना विपक्षीद्वारा तेह्र लाख घुस खाएर समाचार लेख्को समेत आरोप लगाएका छन । को हुन् वडाध्यक्ष धिर्क बहादुर ...
भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
भदौ ११, सिलगढी । डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–७ गजडामा भालुको आक्रमणबाट ५५ वर्षीय पदम बहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार बिहान ८ बजेतिर घर अगाडी घाँस काटिरहेको समयमा साउद माथि भालुले आक्रमण गरेको हो । साउदको बायाँ कान, बायाँ हात, र दाहिने खुट्टामा घाउ लागेको र न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको जिप्रका डोटीले जानकारी दिएको छ ।...
रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

रक्सी खाएपछि अछामका समन्वय प्रमुख र कांग्रेसका नेता बिच हानाहान

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबीच झगडा हुदाँ कुँवर घाइते भएका छन् । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबीच विवादपछि कुटपिट भएको हो। कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ। घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता (डिएसपी) इश्वरीप्रसाद भण्डारीका अनुसार मदिरा सेवनपश्चात व्यक्तिगत विवादले उग्र रूप लिएपछि सरकारी निवासमै झगडा भएको थियो। प्रहरीले दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ। घटनाका दुबै जना नेपाली कांग्रेसका नेता भएकोले पार्टीभित्र समेत यो घटना बारेमा चर्चा चलेको छ। अहिले कुँवरको स्वास्थ्य अवस्था सामान्य रहेको छ।...
जापानका तीन सहरमा प्रदीप रोदनको गजल साँझ हुँदै

जापानका तीन सहरमा प्रदीप रोदनको गजल साँझ हुँदै

समाचार
१० भदौ धनगढी - साहित्यकार मोतीराम भट्टको १५९ औं जन्मजयन्तीको अवसर पारेर जापानका विभिन्न सहरमा गजल साँझ हुने भएको छ । अनेसास जापानको आयोजनामा हुने गजल साँझमा युवा गजलकार प्रदीप रोदनले प्रस्तुति दिने भएका छन् ।   अगस्ट ३१ बाट राजधानी टोकियोको ओकोबूस्थित आरएस आर्ट कोर्ट हाउसबाट गजल साँझको सुरुवात हुनेछ । सेप्टेम्बर ४ मा ओसाकास्थित जिग्री दोहोरी साँझ र सेप्टेम्बर ८ मा नागोया फुसिमीस्थित दैलो रेस्टुरेन्टमा साँझमा कार्यक्रम हुने अनेसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिए ।     नेपालीहरुबीच आत्मीयताको साँझको रूपमा साहित्यिक मनहरुलाई जोड्न कोसेढुंगा साबित हुने आयोजकको विश्वास छ ।     युवापुस्तामाझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन सामाजिक, राजनीतिक विकृतिदेखि प्रेम-विछोडका विषयलाई गजल मार्फत प्रस्तुत गर्छन् ।...
कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
०८ भदौ, धनगढी - मिति २०८१/०५/०६ गतेदेखि ०८ गतेसम्म श्री औषधि व्यवस्था विभाग कार्यालय नेपालगञ्ज शाखाका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहको नेतृत्वमा अनुगमन गर्दा औषधि व्यवस्था विभाग टिमले कैलालीमा चार अवैध औषधि पसल शिलबन्दी र १ को सम्पूर्ण औषधि जफत गरेको हो ।  औषधि पसल दर्ता नगरी सञ्चालन गरेको हुनाले सिलबन्दी हुने औषधि पसलहरू यस प्रकार छन् । हिरा प्रसाद चौधरीले चालन गर्दै आएको डाइमण्ड हेल्थ क्लिनिक बर्दगोरिया २ बौँनिया, मकरबहादुर खड्काले गोदावरी नगरपालिका ८ स्याँउले बजारमा सञ्चालन गर्दै आएको श्री राजेन्द्रश्वर स्वास्थ्य क्लिनिक, कृष्ण चौधरीले धनगढी ११ कैलालीमा सञ्चालन गर्दै आएको रविना हेल्थ क्लिनिक, बिमला साउँदले धनगढी ५ कैलालीमा सञ्चालन गर्दै आएको एम.बी हेल्थ क्लिनिक ।   त्यस्तै, धनगढी ६ कैलालीमा प्रकाश चौधरीले सञ्चालन गर्दै आएको सेती महाकाली आयुर्वेद...
तनहुँ बस दुर्घटना अपडेट : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

तनहुँ बस दुर्घटना अपडेट : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, समाचार
७ भदौ, धनगढी - तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।   उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ ।   दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए ।   उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर ने...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज