दार्चुला
२०८१ कार्तिक ०२
शैल्यशिखर न.पा. वडा न.४काडापारी निवासी बुवा हरि दत्त भट्ट (प्रधान ज्यु )का छोरा समाजसेवी महादेव भट्टले श्री भूमिराज मा.वि.तल्लो काडापारी मा अध्ययनरत बालबालिकाहरुका लागि २७६ थान टाइ र २१६ थान बेल्ट विद्यालय लाई हस्तान्तरण गरेका छन । 
महादेव भट्ट भारत को दिल्ली मा लामो समय देखि कर्म थलो बनाइ बसोबास गर्दै आएका छन उहाँ सुदुर पश्चिमेलि नेपाली समाज का सस्थापक सदस्य तथा बर्तमान अध्यक्ष पनि हुन । उनी सामाजिक सेवा मा निरन्तर लागि रहेका छन । भारत मा अलपत्र देखि दुखी बिरामी समेत लाई सस्था तथा ब्यक्ति गत तर्फ बाट सयोग गरिरहेका छन ।

